समाज बदल्न प्रतिबद्ध बौद्धिक व्यक्तित्वहरूको अथक प्रयास आवश्यक : अध्यक्ष बिजुक्छेँ
- आश्विन २७, २०८३
रामेछाप, २ माघ । नेपाल मजदुर किसान पार्टी रामेछाप जिल्ला समितिको आयोजनामा सोमबार काठमाडाँैमा कार्यकर्तामाझ नेमकिपाको ३५ औँ केन्द्रीय परिषद्को प्रतिवेदन, प्रस्ताव र निर्णयबारे अन्तरक्रिया भयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एनबी श्रेष्ठले पार्टीका अध्यक्ष रोहितले व्यापक कामदार जनताको सेवाको लागि बढीभन्दा बढी पूर्णकालीन कार्यकर्ता बनेर पार्टीको काममा लाग्नु जरुरी भएको, पार्टीसँग जीवित सम्पर्कमा रहेर राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुसूचित हुनुपर्ने, पार्टीभित्र प्रतिक्रियावादीहरू घुस्न सक्नेबारे सचेत हुनुपर्ने, पार्टी कार्यकर्ताले अन्धविश्वासको विरोध गर्नुपर्ने, पुर्खाले सिर्जेको वास्तुकला र संस्कृतिलाई संरक्षण गर्नु आवश्यक भएको बताउनुभएको उल्लेख गर्नुभयो ।
उहाँले स्थापना दिवसको अवसरमा पार्टी र जनवर्गीय सङ्गठनको प्रत्येक तहको समितिमा पार्टी प्रकाशन, क्रान्तिकारी नेताहरूको जीवनी, विश्वका मजदुर र कम्युनिस्ट आन्दोलनहरूबारे अध्ययन र अन्तरक्रिया गर्नुको साथै पार्टीले देश र जनताको पक्षमा पु¥याएको योगदान र उपलब्धिबारे सुसूचित गर्दै जानुपर्ने परिषद्मा निर्णय भएको बताउनुभयो ।
नेमकिपा रामेछापका आरके श्रेष्ठले ख्वप विश्वविद्यालयबारे उल्लेख गर्दै भन्नुभयो, “भक्तपुर नगरपालिकाबाट सञ्चालित आठ कलेजमा ७७ जिल्लाका विद्यार्थीहरू अध्ययनरत छन् भने अध्यापनमा ४०–४५ जिल्लाका शिक्षकहरूको पनि योगदान भइरहेको छ । १५ लाख रुपैयाँमा डाक्टर पढाउने लक्ष्य राखी भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न विधेयक पेस गरेको दसकौँ भइसक्दा पनि स्वीकृतिको प्रयास नगर्नुले सत्ताधारी दल शिक्षाविरोधी प्रमाणित हुन्छ ।”
नेमकिपा रामेछापका डीके श्रेष्ठले भारतीय दूतावासले नेपालमा २० करोड रुपैयाँसम्मको योजना बनाई सिधै खर्च गर्ने र नेपालको दस हजार मेघावाट बिजुली भारतलाई दिने पुस १९ गतेको सम्झौता, कोसी, गण्डक, महाकाली, माथिल्लो कर्णालीलगायतका सन्धि सम्झौता खारेज गर्नुपर्छ भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ रामेछापका बीबी श्रेष्ठले नेमकिपाको ३५ औँ परिषद्को अन्तर्राष्ट्रिय प्रस्तावहरूबारे उल्लेख गर्दै भन्नुभयो, “प्यालेस्टिनी भूमि कब्जा र नरसंहार गरेका अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई युद्ध अपराधमा कारबाही हुनुपर्छ, प्यालेस्टिनमा तत्काल युद्धविराम हुनुपर्छ र २५० वर्ष यता संसारको ५०० भन्दा बढी ठाउँमा सैन्य हस्तक्षेप गरेको संरा अमेरिकी साम्राज्यवादको निन्दा र विरोध गर्नुपर्छ ।”
Leave a Reply