भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
विस १९९० माघ २ गते गएको विनासकारी भूकम्पको स्मरण भक्तपुरको ऐतिहासिक, सांस्कृतिक एवं सम्पदा थलो दत्तात्रयमा मङ्गलबार जनचेतनामूलक सभा तथा शैक्षिक प्रदर्शनी भयो । २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुर नगरपालिका, ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा उक्त कार्यक्रम भएको हो । उक्त सभा तथा शैक्षिक प्रदर्शनी राष्ट्रिय कार्यक्रमअन्तर्गतको हो । भूकम्प सुरक्षा दिवसको अवसरमा सन्देशमूलक सभासँगै कलेजमा अध्ययनरत विद्यार्थीहरूले शैक्षिक प्रदर्शन गरे । विगतको भूकम्पको स्मरण गर्दै त्यसबाट शिक्षा लिई भूकम्पबाट हुने क्षति न्यूनीकरण गर्ने उद्देश्यले सो चेतनामूलक कार्यक्रम भएको हो । कार्यक्रमको उद्देश्य स्थानीय स्रोत, साधन र प्रविधिको उपयोग गरी सुरक्षित संरचना निर्माण गरेर कमभन्दा कम क्षति होस् भन्ने रहेको छ ।
सभाका सबै वक्ताहरूले भूकम्पबाट सुरक्षित हुने प्रविधिको विकास गर्नुपर्ने र तद्नुसार पुनः निर्माणमा गर्नुपर्नेतर्फ जोड दिए । पुरातात्विक सम्पदा निर्माण पहिले प्रयोग गरेका कला, सीप र प्रविधि छोड्न नहुने, त्यस्ता प्रविधि र सीपको तालिम देशभरि नै दिनुपर्ने, पहिलेको प्रविधि कला र सीपको अध्ययन र अनुसन्धान गरेर व्यवहारमा ल्याउनुपर्ने, पुराना सम्पदाहरूको मौलिकता जोगाउनुपर्ने, विज्ञान र प्रविधिको नाउँमा अदूरदर्शी निर्णय गरेर सहरको बस्ती क्षतिको कारक बनाउन नहुने विचार वक्ताहरूको थियो । सरकारको नेतृत्व गर्ने दलका नेता र मन्त्रीहरूको देश विकास गर्ने खाका नै नभएको, सिंहदरबार कब्जा गरेर शासकहरूले जनतालाई धोका दिन नहुने, प्राचीन स्मारक ऐनअनुसार सम्पदा संरक्षण गर्नुपर्ने र जिम्मेवारीबाट भागेर देश नबन्ने तर्क पनि वक्ताहरूले दिए ।
कार्यक्रमको अर्काे आकर्षण जनचेतनामूलक शैक्षिक प्रदर्शनी र अन्य खोज तथा उद्धार सामग्रीका स्टलहरूको पनि हो । शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले अति मेहनत गरेर भक्तपुरको भैरवनाथको मन्दिर, पाटनको हरिशङ्कर मन्दिर, चाँगुनारायण मन्दिर, पाटनको कृष्ण मन्दिर, पचपन्न झ्याल दरबार, नवदुर्गा द्योछेँ, पाटनको सुन्दरी चोक, पाटनको इवा बही, थकाली हाउस आदि रहेका छन् । यसबाहेक भूगोल या भूबनोटअनुसार बस्ती बसाल्नुपर्ने, डाँडाकाँडाको बस्ती बसाल्ने विधि† विद्युत् प्रसारण लाइनको त्रुटि पत्ता लगाउने तरिका, सस्तोमा स्थानीय स्रोत र साधन तथा प्रविधि प्रयोग गरेर भूकम्प सुरक्षित घर बनाउने आदि प्रदर्शनीमा राखिएको थियो । आ–आफ्नो ज्ञान र सीप प्रयोग गरी धेरै महेनत गरेर बनाएका ती प्रदर्शनीहरूमा सम्बन्धित विद्यार्थीहरूले दर्शकलाई बुझाएर थप प्रशिक्षित बनाउने काम भयो । शैक्षिक सामग्री प्रदर्शनीमा मेहनत गर्ने र बुझाउने विद्यार्थीहरूप्रति आभार व्यक्त नगरी धरै छैन ।
शैक्षिक प्रदर्शनीबाहेक अर्काे महत्वपूर्ण स्टल जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरको तर्फबाट राखिएका खोजमूलक तथा साम्रगीका स्टलहरू पनि हुन् । भूकम्प, प्राकृतिक प्रकोप र अन्य सङ्कटमा परेका नागरिकलाई उदार गरिरहेको कार्यले आपत्विपत्को बेला मानवीय सेवा गर्नुपर्ने सन्देश प्रवाह गरेको छ । त्यस्तै सशस्त्र प्रहरीबल नेपाल नं. २२ गण हेडक्वार्टर गुहेश्वरी भक्तपुरले राखेको विपद् उद्धारका सामग्रीहरूको प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण र समय सन्दर्भ देखिन्छ । उद्धारको बेला प्रयोग गरिने अनेक सामग्रीहरूको सो प्रदर्शनले अर्काे राम्रो सन्देश दिएको आभास हुन्छ । यसमा कार्यक्रममा खटेका सुरक्षाकर्मी, रेडक्रस, सशस्त्र प्रहरी, आदिको सहयोग उक्त कार्यक्रमको अर्काे महत्वपूर्ण कदम मान्नुपर्छ । सारमा, भूकम्प दिवसको अवसरमा आयोजित उक्त सभा, शैक्षिक प्रदर्शनी र खोज उद्धार र सोसम्बन्धी सामग्रीको स्टल सन्देशमूलक देखिन्छ ।
Leave a Reply