भर्खरै :

संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा

संयुक्त राष्ट्रसङ्घ महासचिवद्वारा मध्य अफ्रिकी गणतन्त्रमा शान्ति सैनिक हत्याको निन्दा

संयुक्त राष्ट्रसङ्घ, १६ जनवरी (सिन्ह्वा) । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सोमबार मध्य अफ्रिकी गणतन्त्रमा संयुक्त राष्ट्रसङ्घ शान्ति मिसनका एकजना क्यामेरोनियन शान्ति सैनिकको हत्याको निन्दा गर्नुभएको छ । महासचिवका प्रवक्ताले ओहाम–पेन्डे प्रान्तमा भएको बम आक्रमणमा अन्य पाँच जना शान्ति सेना घाइते भएको र तीमध्ये दुई जना गम्भीर घाइते रहेको उल्लेख गर्नुभएको छ ।
महासचिवले पीडित परिवार र क्यामरुन सरकारप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । प्रवक्ता स्टेफेन दुजारिकले विज्ञप्ति जारी गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ ।
महासचिवले संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिकहरूलाई लक्षित गरी आक्रमण गरिनु अन्तर्राष्ट्रिय कानुनअन्तर्गत युद्ध अपराध हुन सक्ने भन्दै सम्बन्धित सबै पक्षलाई स्मरण गराउनुभएको छ । उहाँले मध्य अफ्रिकी गणतन्त्रका अधिकारीहरूलाई यस आक्रमणका दोषीहरूलाई पहिचान गरी न्यायको दायरामा ल्याउन कुनै कसर बाँकी नराख्न समेत विशेष आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *