भर्खरै :

इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको ‘आतङ्कवादी अड्डाहरू’ विरुद्ध मिसाइल आक्रमण

इरानद्वारा सिरिया र इराकी कुर्दिस्तानमा रहेको ‘आतङ्कवादी अड्डाहरू’ विरुद्ध मिसाइल आक्रमण

तेहरान, १६ जनवरी (सिन्ह्वा) । इरानको इस्लामिक रिभोलुसन गार्ड्स कोरले सिरिया र इराकको कुर्दिस्तान क्षेत्रमा ‘आतङ्कवादी’ र इजरायलको गुप्तचर सेवा मोसादको अड्डाविरुद्ध ब्यालेस्टिक क्षेप्यास्त्रको ब्यारेज प्रहार गरेको जनाएको छ ।
आईआरजीसीले मङ्गलबार बिहानै सेपाह समाचारमा प्रकाशित तीनवटा विज्ञप्तिमा आक्रमणको घोषणा गरेको छ । यी आक्रमणहरू मध्यरातमा बलुचेस्तानमा हालैका ‘आतङ्कवादी हमलाहरू’ को प्रतिक्रियाको रूपमा गरिएको बताइएको छ ।
इराकी सुरक्षा स्रोतका अनुसार इराकी कुर्दिस्तानको राजधानी एर्बिलमा आईआरजीसीले गरेको मिसाइल आक्रमणमा चार जनाको मृत्यु भएको छ ।
जनवरी ३ मा, दुई ‘आत्मघाती आतङ्कवादी’ ले केरमानमा इरानी जनरल कासिम सुलेमानीको चिहान नजिकै दुईवटा बम विस्फोट गराएको बताइएको छ । त्यसको परिणामस्वरूप ९० जनाभन्दा बढीको मृत्यु भएको छ भने र २८० जना घाइते भएका छन् ।
जनवरी ४ मा भएको बम विस्फोटको जिम्मेवारी आईएस आतङ्कवादी समूहले लिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *