निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशभरका शोषकहरुविरुद्ध नेमकिपा निर्वाचनमा खडा भएको बताउनुभएको छ । भक्तपुर, २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले देशभरका शोषकहरुविरुद्ध नेमकिपा निर्वाचनमा खडा भएको बताउनुभएको छ । नेपाल क्रान्तिकारी किसान सङ्घ, भक्तपुर जिल्ला समितिको आयोजनामा बुधबार भएको अगुवा किसान कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष रोहितले नेमकिपा कामदार वर्गको हितमा लडिरहने बताउनुभयो । उहाँले नेमकिपा सानो पार्टी होइन, यसले लिएको विचार ठूलो हो भन्नुभयो । अध्यक्ष रोहितले विरोधीले नेमकिपाको खुट्टा तान्नुमा आश्चर्य नभएको भन्दै राजनीतिक सङ्घर्षमा निरन्तर लाग्न अनुरोध गर्नुभयो । आन्दोलन र सङघर्षको इतिहास नयाँ पुस्तालाई सुनाउनुपर्ने उल्लेख गर्दै उहाँले पुराना कार्यकर्ताले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, नयाँ पुस्तालाई विगतको क्रान्तिकारी सङ्घर्षको कथा सुनाउनुस् । कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् भक्तपुर क्षेत्र नं १ का प्रतिनिधिसभा उम्मेदवार प्रेम सुवालले भारतीय विस्तारवादका दलाल पार्टीहरुको विरोधमा नेमकिपाको उम्मेदवारी हो भन्नुभयो । उहाँले सीमा अतिक्रमणको विरोध गर्नुपर्ने भन्दै गुण्डा पाल्ने पार्टीलाई पराजीत गर्नुपर्ने विचार राख्नुभयो । सचिव सुवालले भन्नुभयो, विरोधीले जतिसुकै पैसा बगाए पनि हामी चुनाव जित्छौं । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् प्रदेशसभा उम्मेदवार सरोजराज गोसाईले सैद्धान्तिक र व्यावहारिक सङ्घर्षमा खरो रुपमा उत्रिएको नेमकिपाको जीत निश्चित छ भन्नुभयो । नेपाली काङ्ग्रेस, एमाले र माओवादीले प्रतिक्रियावादीहरुलाई निर्वाचनमा उम्मेदवार बनाएको भन्दै ती पार्टीबाट जनहित असम्भव छ भन्नुभयो । गोविन्द दुवालको सभापतित्वमा भएको कार्यक्रममा उम्मेदवारहरु सुरेन्द्रराज गोसाई, प्रेमजन थापाश्रेष्ठ, नीरज लवजूलगायतले बोल्नुभएको थियो ।
Leave a Reply