कृष्णभिर नेपालका शिखर प्राविधिक र सरकारलाई नैतिक चुनौती
- भाद्र २७, २०८३
भक्तपुर, २८ कार्तिक । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नयाँ पुस्तालाई राजनैतिक रुपमा प्रशिक्षित गर्नसकेमात्र देश र जनताको सेवा गर्न सकिने बताउनुभएको छ । महान् अक्टोबर समाजवादी क्रान्तिको अवसरमा मङ्गलबार आयोजित शिक्षक भेलामा उहाँले सन् १९०५ र सन् १९०७ को क्रान्तिबाट सिकेर सन् १९१७ को अक्टोबर क्रान्ति सफल भएको हो भन्नुभयो । राजनीति भनेको प्राज्ञिक विषय हो, राजनीतिलाई हुनेखानेको पहुँचमा छोडेमा जनताले दुःख पाउँछन्, अध्यक्ष रोहितले भन्नुभयो । नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालले २०४६ सालको परिवर्तन भनेको एक चम्चाको पानी हो, जनताको प्यास एक चम्चा पानीले नमेट्ने भएकोले अक्टोबर क्रान्तिको तयारी गरौं भन्दा एमालेले नमानेको कारणले देशमा पूँजीवादी व्यवस्थाले निरन्तरता पाएको हो भन्नुभयो । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरका उपाध्यक्ष सुरेन्द्रराज गोसाईले महान् समाजवादी क्रान्तिको शताब्दी वर्ष भएकोले यो वर्षभरि नै अक्टोबर समाजवादी क्रान्तिको बारेमा अन्तरक्रिया, छलफल, सभा गर्दै नयाँ पुस्तालाई समाजवादी व्यवस्थाको बारेमा व्यापक जनताको बीचमा लैजानुपर्दछ भन्नुभयोे । नेक्राशिसङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले अक्टोबर क्रान्तिको महत्वबारे प्रकाश पार्दै भन्नुभयो,– राजनैतिक चेतना, छलफललाई गौण मानी भौतिक विकासको विषयलाई मात्र प्राथमिकता दिने हो भने राजनैतिक क्रान्ति ओझेलमा पर्नेछ र राणा र राजाहरूको विरुद्धको आन्दोलन निरर्थक हुने सन्देश जान्छ । नेक्राशिसङ्घ जिल्ला समिति भक्तपुरका अध्यक्ष जगनाथ सुजखुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेक्राशिसङ्घ भक्तपुर जिल्ला समितिका सचिव गणेशराम थुसाले पनि बोल्नुभएको थियो ।
Leave a Reply