निर्वाचनबारे संवाद ५
- चैत्र १०, २०८२
काठमाडौं, २९ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौंका विभिन्न क्षेत्रमा नेमकिपाको चुनावी प्रचार प्रसार अभियान तीव्र भएको छ । काठमाडौं, २९ कार्तिक । आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि काठमाडौंका विभिन्न क्षेत्रमा नेमकिपाको चुनावी प्रचार प्रसार अभियान तीव्र भएको छ । बुधबार काठमाडौं क्षेत्र नं. १० को प्रदेश नं. २ चन्द्रागिरी नगरपालिका वडा नं. ८ मा कार्यकर्ता भेला भयो । भेलाले प्रदेश नं. क्षेत्र २ का उम्मेदवार हिराकाजी शाहीको संयोजकत्वमा २१ सदस्यीय प्रचार प्रसार समिति गठन ग¥यो । भेलामा पार्टीका केन्द्रीय सदस्य एवं प्रदेश क्षेत्र नं. १ का उम्मेदवार नारायण महर्जनले नेमकिपाले निर्वाचनलाई वैचारिक वर्गीय सङ्घर्षको रूपमा प्रयोग गरी जनचेतना उठाउने कार्य गरिरहेको बताउनुभयो । उहाँले निर्वाचित भएपछि देश र जनताको हितमा कानुन बनाउने र जनताको सेवा गर्ने बताउनुभयो । लोकतान्त्रिक र वाम गठबन्धन देश र जनताको हितमा नभई सत्ता स्वार्थको लागि मात्र भएको उहाँले बताउनुभयो । कार्यक्रममा प्रदेश नं. ३ का समानुपातिक उम्मेदवार प्रशान्तकुमार महर्जन, प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार बुद्धिमान महर्जन, राधिका शाही, क्षेत्र नं. ९ प्रदेशसभा १ का उम्मेदवार गुणदास महर्जन र प्रदेश नं. २ का पुरूषोत्तम महर्जन, स्थानीय रामचन्द्र महर्जन र भुयू महर्जनले पनि बोल्नुभएको थियो । त्यस्तै क्षेत्र नं. १० को कीर्तिपुरको चोभारमा पनि घर दैलो कार्यक्रम भयो । त्यस्तै घरदैलो कार्यक्रम क्षेत्र नं. ३ को गोकर्ण र जोरपाटीमा पनि भयो ।
Leave a Reply