भर्खरै :

इरानसँगको समस्या वार्ता र परामर्शबाट समाधान गर्नुपर्छ – पाकिस्तानी राष्ट्रपति

इरानसँगको समस्या वार्ता र परामर्शबाट समाधान गर्नुपर्छ – पाकिस्तानी राष्ट्रपति

इस्लामवाद, १८ जनवरी (सीआरआई) । स्थानीय समयअनुसार १८ तारिख पाकिस्तानी राष्ट्रपति अल्वीले इरानको सिस्तान–बलुचिस्तान प्रान्तमा पाकिस्तानको कारबाहीबारे वक्तव्य प्रकाशित गर्नुभएको छ । यस वक्तव्य अनुसार पाकिस्तानले राष्ट्रिय सुरक्षा र क्षेत्रीय अखण्डतामा सम्झौता नगर्ने र आफ्नो क्षेत्रको रक्षाका लागि आवश्यक सबै उपायहरू अवलम्बन गर्ने छ । आतङ्कवाद एक साझा चुनौती हो जसलाई उन्मूलन गर्न विश्वव्यापी प्रयास आवश्यक छ र पाकिस्तानले सबै देशको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको पूर्ण सम्मान गर्दछ । अन्य देशले पनि अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन नगर्ने आशा राख्छ । पाकिस्तान र इरान दाजुभाइ मुलुकहरू हुन् भने समस्याको समाधान गर्न वार्ता तथा परामर्शबाट समाधान गर्नुपर्छ ।
यसैबिच इरान र पाकिस्तानलाई संयम राख्न चीनको अपिल
चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता माउ निङले संयुक्त राष्ट्र सङ्घीय बडा पत्रको सिद्धान्त र नियम आधारित अन्तर्राष्ट्रिय सम्बन्धको आधारभूत नियम र अन्तर्राष्ट्रिय ऐनमा रहेर अन्तर्राष्ट्रिय सम्बन्धको व्यवस्थापन गरी विभिन्न मुलुकको सार्वभौम स्वतन्त्रता र भूभागको अविच्छिन्नताको व्यवहारिक रूपमा संरक्षण गर्न चीन अडिग रहिरहेको व्यक्त गर्नुभएको छ ।
जनवरी १७ का दिन पेचिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता माउ निङले इरानले सीमा क्षेत्रमाथि गरेको हवाई आक्रमणबारेको पत्रकारको प्रश्नमा उक्त कुरा बताउनुभएको हो । माउ निङले इरान र पाकिस्तान छिमेकीका साथसाथै इस्लामिक मुलुक पनि भएकाले दुई पक्षलाई संयम राखेर क्षेत्रीय शान्ति र स्थिरताको संरक्षण गर्न चीनले आग्रह गरेको व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *