भर्खरै :

शासक दलका आश्वासन गुलियो पोतिएको विष

भक्तपुर २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी सभाहरूको आयोजना थालेको छ । बुधबार कटुञ्जेमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् क्षेत्र नं २ को प्रदेश क्षेत्र १ का उम्मेदवार सरोजराज गोसाईले नेमकिपाको विजय सुनिश्चित भएको धारणा राख्नुभयो ।  भक्तपुर २९ कार्तिक । नेपाल मजदुर किसान पार्टीले चुनावी सभाहरूको आयोजना थालेको छ । बुधबार कटुञ्जेमा आयोजित सभामा नेमकिपाका केन्द्रीय सदस्य एवम् क्षेत्र नं २ को प्रदेश क्षेत्र १ का उम्मेदवार सरोजराज गोसाईले नेमकिपाको विजय सुनिश्चित भएको धारणा राख्नुभयो ।  उम्मेदवार गोसाईले नेपाली काङ्ग्रेस, एमाले, एमाओवादीजस्ता पार्टीहरूले राजनीतिक डकैती गरिरहेको भन्दै ती पार्टीले पूँजीपति, ठेकेदार, जग्गा दलालजस्तालाई उम्मेदवार बनाएबाट ती पार्टी के हुन् भन्ने प्रस्ट भएको बताउनुभयो । उहाँले शासक पार्टीहरूले जनतालाई गुलियो पोतिएको विष खुवाउन खोजेको भन्दै लोभमा कोही फस्न नहुने धारणा राख्नुभयो ।  नेमकिपा, प्रदेश निर्वाचन परिचालन समितिका संयोजक महेन्द्र बखुञ्छेले भारतीय दलाल पार्टीहरूलाई पराजीत गर्नुपर्ने विचार राख्नुभयो ।  कार्यक्रममा नेमकिपाका राजेन्द्र बखुञ्छेंले एमालेबाट विजयी हुने जनप्रतिनिधि भ्रष्टाचारमा संलग्न भएबाट त्यो पार्टी के भन्ने बुझिने उल्लेख गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *