बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
जुम्लाको प्रदेश क्षेत्र नं (ख) मा पर्ने सिंजा क्षेत्रको माथिल्लो भेकका युवालाई यतिबेला तराईतिर झर्ने चटारो छ । दिनहुँ ५० देखि ८० को हाराहारीमा युवा रोजगार तथा व्यवसायका लागि तराई झरिरहेका छन् । यो क्रम तिहारको पछिल्लो दिनबाट आजसम्म निरन्तर छ । जुम्लाको प्रदेश क्षेत्र नं (ख) मा पर्ने सिंजा क्षेत्रको माथिल्लो भेकका युवालाई यतिबेला तराईतिर झर्ने चटारो छ । दिनहुँ ५० देखि ८० को हाराहारीमा युवा रोजगार तथा व्यवसायका लागि तराई झरिरहेका छन् । यो क्रम तिहारको पछिल्लो दिनबाट आजसम्म निरन्तर छ । युवाको बाहिरिने क्रम रहर नभई बाध्यता हो । कर्णाली अञ्चलको उच्च हिमाली क्षेत्र युवा यो याममा भारत पस्नु नियत नभई नियति बनेको छ । यो समयमा गाउँमा मर्दाको मलामी र जिउँदाको जन्ती हुने युवा भेटिँदैनन्, गाउँमा । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिक मात्र भेटिने गरेको छ । आयआर्जनका लागि युवाहरू भारततर्फ लागेकाले अब एकैचोटि फागुन–चैत महिनामा आउने छन् । घर छोड्नेमा मताधिकार भएका युवा तथा प्रौढ नै रहेको छ । यसरी युवा बाहिरिनुको कारण आफ्नो देशमा रोजगार नमिल्नु नै हो । आफूले जिताएका नेता र राज्यको बागडोर सम्हालेका नेतृत्व वर्गले नागरिकको अवस्थाबारे चासो नदिएका कारण हजारौं युवा विदेशिन बाध्य हुनुपरेको कनकासुन्दरी–५ का बद्री बोहोरा उल्लेख गर्नुहुन्छ । हामी युवा, गरिब र विपन्न वर्गलाई भोट बैंक बनाएर आफ्नो कुर्सीको मात्र चिन्ता गर्ने नेताका लागि हामी भोको किन बस्ने भनेर उनीहरू विदेसिंदै छन् । यतिबेला भारत नधाए वर्षभरि लाउने र खाने समस्याले पिरोल्ने पीडा उनीहरू सुनाउँछन् । धेरै युवाले मताधिकार हुँदाहुँदै आफूले चाहेको असल नेतालाई भोट दिन नपाउँदा खिन्न लागेको बताएका छन् । सामान्यतः रोजगार भएकै कारण प्राप्त अधिकार पनि प्रयोग गर्न नपाउँदा गह्रुँगो मन लिएर अर्काको देशमा जानु परेको उनीहरू बताउँछन् । रोजगारका लागि विदेशिने युवा तथा पुरूषका लागि तत्कालै रोक्ने अचुक औषधि आफूहरूसँग नभएको तर संविधान बमोजिमको रोजगारीको हकको व्यवस्थालाई मूल मुद्दा बनाएको सम्बद्ध उम्मेदवारहरूले बताएका छन् । अहिले जुम्लाका साबिकका मालिकाठाँटा, घोडेमहादेव, रारालिही, कुडारी, महावैपाथरखोला, कालिकाखेतु, बड्की, धाँपा, नराकोट, बिराट, पाण्डवगुफा, कनकासुन्दरी, मालिकाबोता, बुम्रमाडीचौर गाविसका सयौं युवा तथा पुरूष जति सबै भारतीय भूमिमा लागेका छन् ।
– शुरबहादुर सिंह, सिंजा जुम्ला
Leave a Reply