भर्खरै :

नेक्रामसङ्घको प्रथम जिल्ला सम्मेलन तयारी समिति गठन

सुर्खेत, ६ माघ । नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतको चौथो जिल्ला भेला वीरेन्द्रनगरमा सम्पन्न भयो ।
भेलामा नेमकिपा जिल्ला समिति सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराले पार्टीको ३५ औँ केन्द्रीय परिषद्बाट पारित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रस्ताव र निर्णयहरूको जानकारी दिँदै मजदुर आन्दोलनबाट विश्वमा ठुल्ठुला परिवर्तन गरेकोले मजदुरहरूको हक अधिकार प्रवद्र्धन गर्न मजदुरहरूलाई सङ्गठित गर्नुपर्ने बताउनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घका उपाध्यक्ष लालबहादुर थापा, नेमकिपा वीरेन्द्रनगर नगर समिति अध्यक्ष शेरबहादुर शाही, नेक्राकिसङ्घका विजुकला राना, व्यवसायी समाजका लालबहादुर सिजापति, कर्मचारी समाजका अङ्गबहादुर शाही र तिलकबहादुर शाहीले पनि बोल्नुभएको थियो ।
उक्त भेलाले नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका सदस्य शान्ति शर्माका ससुरा बुबा डिल्लीप्रसाद शर्माको ८१ वर्षको उमेरमा निधन भएकोले शोक प्रस्ताव पास गरेको थियो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ सुर्खेतका अध्यक्ष अकल रानाको अध्यक्षतामा सम्पन्न भेलाले निरकबहादुर शाहीको संयोजकत्वामा १५ सदस्यीय प्रथम सुर्खेत जिल्ला सम्मेलन तयारी समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *