भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
विद्यार्थी भाइबहिनीहरूलाई गणित वा विज्ञान कतिको मनपर्छ ? विद्यार्थी भाइबहिनीहरूले गणित र विज्ञान मन लगाएर पढेका छन् छैनन् ? भाइ बहिनीहरूले के यी विषयमा गहन अध्ययन गरेका छन् ? कक्षामा शिक्षकले पढाउँदा ध्यान दिएर सुन्ने र उनीहरूले दिएका काम पूरा गरेका छन् ? अझ शिक्षकले दिएको गृहकार्य नगर्नेहरूको कुरा छोडौँ तर गरेकाहरूमा पनि आफूले के कुराको गृहकार्य पूरा गरेको भन्ने विषयसमेत दिमागमा ठम्याउन नसक्दा विद्यार्थीहरूको शैक्षिक स्तर थाहा पाउन गा¥हो हुन्छ ।
विद्यार्र्थीहरू आफूले मेहनत गरेर पढ्ने लेख्नेभन्दा अरूको हुबहु उतार गर्ने र यसैलाई गृहकार्य, परियोजना कार्र्य तथा कक्षाकार्य पूरा गरेको भन्ठान्छन् । नयाँ खोज र अनुसन्धान गरेर विज्ञान र प्रविधिको क्षेत्रमा गणित वा विज्ञानकै कारण मोबाइल फोन त आयो तर साना दूधेबालकदेखि केटाकेटी, किशोर किशोरीहरू खाँदा, बस्दा, हिँड्दा र सुत्नसमेत मोबाइल फोन चलिरहन्छन् । यसले स्वास्थ्यमा ठुलै समस्या आइरहेको अध्ययनले देखाएको छ । यसले गर्दा बालबालिकाहरूले कलिलै अवस्थामा दृष्टि गुमाउन परेको, ठुलो पावरका चस्माहरू लगाउन परेको र आँखाको प्राकृतिक दृष्टि गुमाउन परिरहेको छ । बालबच्चाहरूमा अटिजमको समस्या, स्मरण शक्तिमा ह्रास र सामाजिक विकृतिहरूको सञ्जालमा अपत्यारिलो तरिकाले फसिरहेको हामी देखिरहेका छौँ ।
आफूभित्रको सीपलाई पहिचान गर्न नसक्दा आज विश्वका विभिन्न देशहरूमा नेपाली होनहार युवाहरू बिदेशिन बाध्य परेको नभइकन बाध्य पारिएको यथार्थ पनि कसैसँग लुकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय बुँख्याचा साबित भइरहेको छ । ङातापोल्हँ मन्दिर बनाउन सक्ने कालिगड भएको, ठुलठुला ढुङ्गाहरूमा कलाकृति रचेर विश्वमा नामी बन्न सक्ने नेपाल र नेपालीले आधुनिक समयमा मध्यकालको नेपाल जति पनि उँभो नलाग्नु विडम्बना हो । यसको प्रमुख दोष साम्राज्यवादी र विस्तारवादी देशसामु शासक दल र त्यसका भ्रष्ट नेताहरू झुक्नु हो ।
समाज अनि राष्ट्रलाई शिरमा राखेर अगाडि बढ्नुको सट्टा विदेशीहरूको पैताला चात्न, देशलाई बन्धकमा राखी व्यक्ति पूजा गरेकोको परिणाम हो । देशको शिक्षा क्षेत्रलाई राजनीतिको चरम सीमामा राखेर हेर्नाले र चीनले हस्तान्तरण गरेको प्रविधियुक्त कलकारखाना, स्रोत साधन र जनशक्ति सीपलाई कौदीको मूल्यमा बिक्री गर्नाले पनि हो । सार्वजनिक सङ्घसंस्थान रहेसम्म करोडौँ अरबौँ घाटा देखाउने अनि व्यक्तिलाई बिक्री गरिसकेपछि सोही अनुपातमा मुनाफा र बोनस बाँड्न सक्ने हैसियतमा पुग्नु र पु¥याउनुले पनि यो आर्थिक चलखेलकै कुरा हो भन्ने स्पष्ट हुन्छ ।
स्वदेशकै दक्ष जनशक्ति उत्पादन गर्ने कलकारखानाको रूपमा रहेको त्रि.वि. पनि विदेशी विश्वविद्यालयको इसारामा चलाउँदा शैक्षिक माफियाहरूको चहलपहल खुलमखुला देखिएको छ । गरिब निमुखा जनताका छोराछोरीहरूले सहुलियत दरमा पैसा तिरेर माटो सुहाउँदो जनशक्ति तयार गर्न सक्नुपर्ने त्रि.वि.को हविगत देख्दा जो कसैको आँखा नरसाउला भन्न सकिन्न । देशको शैक्षिक क्षेत्र अस्तव्यस्त हुँदा आज देशका कतिपय गाउँ ठाउँ युवा शक्तिविहीन हुन पुगेका छन् । यसर्थ, हरेक विद्यार्थीहरूले अरूको आडमा होइन आफ्नै मेहनत र पसिनाले गरेको प्रगति र विकासमा अपनत्व जागृत गर्नु आजको आवश्यकता हो । यस विषयमा सबै नेपालीमा चेत खुल्नु जरुरी छ ।
Leave a Reply