क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
अमेरिका लडाइँको नयाँनयाँ निहुँ खोज्दै !
प्यालेस्टिनमा अमेरिकी योजना तथा उक्साइबमोजिम ७ अक्टोबर सन् २०२३ बाट थालिएको इजरायली नृशंस हमलाले सय दिन नाघिसकेको छ । करिब २५ हजार प्यालिस्टिनी जनताको हत्या भइसकेको छ । जसमध्ये १० हजारभन्दा बढी बालबालिका र ७ हजारभन्दा बढी महिला हुन् । ६२ हजारभन्दा बढी घाइते भइसकेका छन् भने ८ हजारभन्दा बढी पुरिएका या हराइरहेका छन् । युनिभर्सिटी अफ प्यालेस्टिन बमले उडाएको छ । गत जनवरी १७ मा क्षणभरमै विश्वविद्यालय भवन बमले उडाएको भिडियो सार्वजनिक भएपछि संसारभर त्यसको विरोध भइरहेको छ ।
अमेरिका र बेलायतले यमनमाथि हमला तीब्र पार्दै छन् । दक्षिण रातो सागरमा यतिखेर तनाव बढ्दो छ । दक्षिणी लेबननमा इजरायलले निरन्तर बम प्रहार गर्दै छ । यमन र लेबननले प्यालेस्टिनलाई समर्थन तथा ऐक्यबद्धता जनाएकै आधारमा हमला गरिएको हो । मध्यपूर्वको आजको सानो तस्बिर यही नै हो ।
अरब—चीन सम्बन्ध तथा आर्थिक आदानप्रदानमा भएको अभूतपूर्व प्रगति, अरब—इरान द्वन्द्व समाधानमा चीनले खेलेको भूमिका आदिले अमेरिकालाई झस्काइदिएको र आफ्नो प्रभुत्व कायम राख्न अमेरिकाले इजरायललाई प्रयोग गरेको राजनीतिक पर्यवेक्षकहरूको भनाइ छ ।
अबको केही हप्तामा युक्रेन युद्ध सुरु भएको २ वर्ष नाघ्दै छ । अमेरिकी साम्राज्यवादले युक्रेनलाई नाटोको सदस्य बनाएर मस्को र पेचिङमाथि थप दबाब दिने तथा घेराबन्दी गर्ने उद्देश्यका साथ सो युद्ध २२ फेब्रुअरी २०२२ मा थालिएको थियो । रुस एक्लैले प्रत्याक्रमण गर्दै छ । अमेरिकाको रणनीतिक चालबाजीको प्रतिक्रियास्वरूप मस्को र पेचिङले विशेषगरी आर्थिक तथा व्यापारिक क्षेत्रमा समन्वय एवम् सहकार्यलाई झन् बलियो बनाउँदै लगेको छ । आर्थिक क्षेत्रमा अभूतपूर्व ढङ्गमा आदानप्रदान अगाडि बढाइँदै छ । साथै, अन्तर्राष्ट्रिय मञ्च तथा सिरिया, प्यालेस्टिनलगायका सवालहरूमा एउटै स्वर दिन थालेका छन् । सन् १९७० को दशकपछि रुस र चीनबिच यो खालको समन्वय, सहकार्य देखिएको यो पहिलो पटक हो भन्दा फरक नपर्ला ! यसलाई इतिहासले सिकाएको पाठ भन्नु अन्यथा नहोला ! साथै, अमेरिकाका निम्ति यो एउटा गतिलो जवाफ साबित हुँदै छ ।
अभैm पनि नचेतेको अमेरिकी साम्राज्यवाद लडाइँका नयाँनयाँ निहुँ खोज्दै छ । बहुधु्रवतिर लम्किन खोजिरहेको विश्वलाई हठात् रोकेर एक ध्रुवीय विश्व कायम राख्न अमेरिका अनेकौँ चालबाजी गर्दै छ । तसर्थ, उदाउँदो एसियामा अर्को युद्ध भड्काउने तयारी हुँदै छ । स्वतन्त्र देशहरूको आन्तरिक मामिलामा हस्तक्षेप तीव्र पार्दै छ । पुनः औपनिवेशिकरणको खतरा बढाउँदै छ । विभिन्न देशहरूमा रहेका आफ्ना पुराना एजेन्टहरूलाई सक्रिय बनाउँदै छ । आफ्नो तखतमा बस्न अस्वीकार गरेपछि लडाइँ सुरु गर्ने साम्राज्यवादी चरित्र नै हो । साम्राज्यवादी देशले कुनै पनि देशलाई पूर्ण स्वतन्त्रता नदिने यथार्थ आज छर्लङ्ग हुँदै छ ।
अमेरिकाको साम्राज्यवादी चरित्रबारे विश्वका जनता स्पष्ट हुँदै छन् । विश्वका व्यापक न्यायप्रेमी जनता यतिखेर साम्राज्यवादी तथा फासीवादी युद्धको विरुद्धमा र शान्ति, एकता तथा समुन्नतिको पक्षमा उभिँदै छन् । वासिङ्टन डीसी, न्युयोर्क, लण्डन, पेरिस, टोरोन्टो, सिड्नी, मेल्बर्न, बर्लिनलगायत युरोप र अमेरिकाका मुख्यमुख्य सहरहरूमा युद्ध, नरसंहारको विरोधमा ठुलाठुला विरोध भइरहेका छन् । एसिया, अफ्रिका, अरव देशहरूमा प्यालेस्टिनमाथि भइरहेको दमन तथा युहुदीवादी हमलाको व्यापक विरोध भइरहेको छ । दक्षिण अफ्रिकाले अन्तर्राष्ट्रिय अदालतमा इजरायलले मचाइरहेको जातीय नरसंहारविरुद्ध मुद्दा दायर गरेको छ र त्यसमाथि बहस सुरु भइसकेको छ । दक्षिण अफ्रिकाको साहस तथा कदमलाई धेरै देशले समर्थन तथा स्वागत गरेका छन् । अमेरिका इतिहासमा फेरि एकचोटि बदनाम हुँदै छ र नराम्ररी उदाङ्गिदै छ ।
थाइवानतिर अमेरिकी गिद्धे दृष्टि !
इतिहासदेखि नै थाइवान चीनको अभिन्न भूभाग हो । सन् १९४९ अक्टोबर १ मा चिनियाँ समाजवादी क्रान्तिको सफलताको घोषणासँगै आफ्ना केही सेना र समर्थकसहित तत्कालीन शासक चिच्याङ काई सेक थाइवान भागे । उनले त्यहाँ अमेरिकी दलाल सरकार गठन गरे । अमेरिकी साम्राज्यवादकै सहयोग तथा योजनाबमोजिम उनले त्यो काम गरेका थिए । चीन र चिनियाँ क्रान्तिविरुद्ध भविष्यका लागि एउटा काँडा बाँकी राख्ने त्यो अमेरिकी षड्यन्त्र थियो ।
प्राचीन कालदेखि एक भएर बसेका चिनियाँ जनतालाई विभाजित गर्ने कुत्सित उद्देश्यका साथ पछिल्लो समय संरा अमेरिकाले चीनको थाइवानमा दबाब एवम् हस्तक्षेप बढाउँदै लगेको प्रस्ट छ । चीनको गम्भीर आपत्ति एवम् कडा विरोधका बिच विगतमा पटक—पटक थाइवानलाई गरेको हातहतियार बिक्री, सैन्य सहयोग तथा अमेरिकी अधिकारीहरूको औपचारिक भ्रमणका साथै गत जनवरी १३ मा सम्पन्न निर्वाचनमा संरा अमेरिकाले गरेको व्यापक चलखेल, प्रचारबाजी र विखण्डनकारी शक्तिहरूलाई गरेको खुलेआम पक्षपोषणले अमेरिकी साम्राज्यवादको वास्तविक चरित्र उदाङ्ग्याएको छ ।
यी गतिविधि संरा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सन पेचिङ पुगेर आपैmँले हस्ताक्षर गरेको सन् १९७२ को साङ्घाई घोषणाको ठाडो उल्लङ्घन हो । साथै यो विभिन्न अवसरमा दोहो¥याएको ‘एक चीन नीति’ को प्रतिबद्धताविपरीत छ । थाइवानको विषयमा दोहोरो चरित्र देखाउनु स्वयम् संरा अमेरिकाका निम्ति प्रत्युत्पादक साबित हुने निश्चित छ ।
थाइवानको समस्या चीनको आन्तरिक मामिला हो । त्यस विषयमा निर्णय गर्ने चीन र चिनियाँ जनताकै सम्प्रभु अधिकार हो । विश्वमा एउटै चीनको मात्र अस्तित्व छ । साथै, चीन एकीकरणको पूर्णताको पर्खाइमा विश्वका जनता छन् । जसरी हङकङ, मकाउको समस्या शान्तिपूर्ण तरीकाबाट समाधान भयो त्यसरी नै थाइवानको पनि त्यस्तै उपायबाट हुने विश्वका न्यायप्रेमीहरूको अपेक्षा छ । चीनको पनि त्यही चाहना भएको छ । र त्यस उद्देश्यमा पुग्न आपूm दृढसङ्कल्पित रहेको राष्ट्रपति सी चिन फिङले बारम्बार प्रस्ट्याउनुभएको छ । राष्ट्रपति सीले थाइवानको मामिला चीनको आन्तरिक विषय भएको र बिनाबाहिरी हस्तक्षेप एकीकरण गर्न चीन सक्षम एवम् स्वतन्त्र रहेको विभिन्न अवसरमा प्रस्ट पार्नुभएको छ ।
इजिप्टको भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले जनवरी १४ को दिन भन्नुभयो, “एक चीन नीतिको उल्लङ्घन गर्ने विश्व समुदायका जुन कुनै देशले चीनको आन्तरिक मामलामा हस्तक्षेप गरेको र चिनियाँ सम्प्रभुतालाई हाँक दिएको मानिनेछ र त्यस्ता देशले चिनियाँ जनता र विश्व समुदायको संयुक्त प्रतिक्रिया सामना गर्नुपर्नेछ ।” चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले थाइवानको प्रश्नलाई चीनविरोधी अस्त्र नबनाउन चेतावनी दिए ।
थाइवानको निर्वाचन परिणाम सार्वजनिक गरिएपछि चिनियाँ प्रवक्ताले भनेका छन्, “राष्ट्रिय पुनः एकीकरण सफल पार्न हामी दृढ छौँ ।” चीनले थाइवानको विषयमा कुनै खालको सम्झौता नहुने र चीनको यो अति उच्च प्राथमिकताको विषय तथा संवेदनशील चासोप्रति बेवास्ता गरेसम्म संरा अमेरिकासँग विश्वासको वातावरण तयार नहुने चिनियाँ अधिकारीहरूले दोहो¥याएका छन् ।
चीनजस्तो विशाल तथा शक्तिशाली देशलाई दबाब दिन पछि नहट्ने अमेरिकी साम्राज्यवादले स—साना देशहरूलाई स्वतन्त्र छोड्ला भन्ने विश्वास गर्नु आत्मघाती हुनेछ । चीनबाट थाइवानलाई अलग्याउने अमेरिकी षड्यन्त्रअन्तर्गतका पछिल्लो खेलले पूर्वउपनिवेशका सारा जनता पुनः एकजुट हुनुपर्ने शिक्षा दिँदै छ । अन्य देशमा समेत यस खालका हस्तक्षेप हुनसक्ने सम्भावनालाई ध्यानमा राखी हरेक स्वतन्त्र देशले अमेरिकी नीतिको विरोध गर्नुपर्ने तथा स्वतन्त्रता रक्षामा हातेमालो गर्नुपर्ने बखत आएको छ ।

Peoples Republic of China, PRC, gray political map. Area controlled by China in yellow color, and claimed but uncontrolled regions shown in brown. English labeling. Illustration over white. Vector.
अमेरिकाको थोत्रो ‘थाइवान’ कार्ड !
अमेरिकाले आफ्नो स्वार्थ परिपूर्ति गर्न चीनको थाइवान, तिब्बत, सिन्चियाङ, हङकङ आदि विषयलाई समय समयमा उछाल्ने गर्दै आएको छ । यो कुनै नयाँ विषय होइन ! तिब्बत र सिन्चियाङमा धार्मिक विद्वेष पैmलाउने, थाइवानका विखण्डनकारी शक्तिलाई मलजल गर्ने, हङकङका अराजक तत्वलाई समर्थन गर्ने जस्ता चीनविरोधी गतिविधि अमेरिकाले आजभन्दा निकै अगाडिदेखि गर्दै आएको हो । कहिले प्रजातन्त्रको आवरण, कहिले मानवअधिकार त कहिले नागरिक स्वतन्त्रताको आवरणमा अमेरिकाले यी र यस्ता कार्यलाई निरन्तरता दिँदै आएको हो । जे जस्तो भने तापनि अमेरिकाको स्वार्थ या उद्देश्य भनेको चिनियाँ क्रान्तिलाई तुहाउने, चिनियाँ समाजवादलाई असफल पार्ने र चीनलाई कहिल्यै माथि उठ्न नदिने नै हो । सन् १९८९ अप्रिल १५ मा ‘प्रजातन्त्र’ को नाउँमा अमेरिकी उक्साइमा भएको थियानमन उपद्रोले त्यस कुराको पुष्टि गर्दछ । त्यस बखत सफल हुन नसकेपछि उसले सारा शक्ति सोभियत समाजवाद ढाल्न प्रयोग गरेको थियो जसमा ऊ सफल भयो । सन् १९९१ डिसेम्बर २५ को दिन सोभियत समाजवाद विघटनको घोषणा भयो । सोभियत सङ्घको विघटनसँगै विश्व एक ध्रुवीय बन्यो । अमेरिकी प्रतिद्वन्द्वी तथा पहिलो शत्रु परास्त गर्ने आफ्नो षड्यन्त्रमा अमेरिका सफल भयो । अमेरिकी पुँजीवादी राजनीतिशास्त्री फ्रान्सिस फुकुयामाले ‘इतिहासको अन्त्य’ भएको घोषणा गरे† समाजवाद अब फेरि कहिल्यै नफर्किने घोषणा गरे† उदारवादी पुँजीवादको विजयको घोषणा गरे । यद्यपि, ३४ वर्षपछि फेरि विश्वको राजनीतिक—आर्थिक परिदृश्यमा बदलाव आएको छ । विश्व फेरि बहुध्रुवतिर अग्रसर हुँदै छ । अमेरिका अब आर्थिक राजनीतिक हिसाबले नब्बेको दशकको अमेरिका रहेन ¤ चीन आर्थिक राजनीतिक रूपमा आफ्नो सुझबुझ तथा परिपक्वता देखाउँदै छ । कूटनीतिक क्षेत्र, अन्तर्राष्ट्रिय सम्बन्ध तथा आदान प्रदानमा चीन ‘सुनिने एवम् देखिने’ बनिसकेको छ । विश्वका अधिकांश देश चीनसँग आर्थिक सम्बन्धको विकासमा आपूmलाई सुरक्षित महसुस गर्दै छन् । चीन विश्व दबुमा रचनात्मक भूमिका बढाउँदै स—साना तथा विकासशील देशहरूको असल मित्र, सहयोगी तथा ‘सङ्कटको साथी’ बन्दै छ । ढिलै भए पनि चीन ल्याटिन अमेरिका पुगेकोमा ३३ वटा क्यारिवियाली तथा ल्याटिन अमेरिकी देशहरूमा बेग्लै उत्साह छाएको अनुभव गरिँदै छ । ५४ वटा अफ्रिकी देशमध्ये ५३ देशहरू चीनको मित्र बन्न पाएर खुसी व्यक्त गर्दै छन् ।
थाइवानमा राष्ट्रपति निर्वाचनको नाटक मञ्चन भएको ठीक दुई दिनपछि गत जनवरी १५ मा दक्षिण प्रशान्तको एउटा सानो राष्ट्र नाउरुले ‘एक चीन नीति’ को सिद्धान्तलाई स्वीकार्दै थाइवानसँगको कूटनीतिक सम्बन्ध त्यागेर जनवादी गणतन्त्रसँग औपचारिक सम्बन्ध गाँसेको छ । नाउरुको सरकारले आउने दिनमा थाइवानसँग कुनै सम्बन्ध नगाँस्ने र कुनै औपचारिक आदानप्रदानसमेत नगर्ने घोषणा गरेको छ । नाउरुको सो कदमको अमेरिकाले विरोध गरेको छ भने चीनले स्वागत गर्दै आपसी हितमा ध्यान दिने घोषणा गरेको छ । यो पछिल्लो घटनाले पनि थाइवान विषयको संवेदनशीलता तथा त्यसमा अमेरिकी स्वार्थ छर्लङ्ग पार्दछ ।
यतिखेर पनि अमेरिकाले उही थोत्रो भइसकेको ‘थाइवान कार्ड’ प्रयोग गरेर चीनलाई अप्ठ्यारो पार्ने र विश्वजगतमा चीनको बदनाम गर्ने चाल चाल्दै छ । त्यसको जवाफ अरुको त कुरै छोडौँ, एउटा सानो मुलुक नाउरुले समेत सशक्त ढङ्गमा दियो । वाण उल्टै अमेरिकातिर सोझिँदै छ ! यसैलाई भनिन्छ, सिस्नु रोपेर तुलसी उम्रिन्न !
नेमकिपाको न्यायोचित समर्थन
संरा अमेरिकाले मञ्चन गरेको थाइवानी निर्वाचनको नाटक पटाक्षेप भएसँगै संसारभरबाट क्रिया प्रतिक्रियाको ओइरो लाग्यो । धेरै देशका राष्ट्राध्यक्ष वा सरकार प्रमुखहरू, राजनीतिक दल तथा नेताहरूले एक चीन नीतिको समर्थन गरे । त्यस विषयमा नेपाल मजदुर किसान पार्टीको केन्द्रीय सचिवालयको बैठक पुस २९ गते बस्यो र अमेरिकी साम्राज्यवादको दोहारो चरित्रको विरोध गर्दै वक्तव्य प्रकाशित ग¥यो । वक्तव्यमा प्रस्ट भनिएको छ, “विश्वमा थाइवानसहितको एउटै चीनको मात्र अस्तित्व छ । थाइवानको समस्या चीनको आन्तरिक मामिला हो । नेपाल मजदुर किसान पार्टी थाइवानमा अमेरिकी हस्तक्षेपको विरोध गर्दछ र बिनाबाहिरी हस्तक्षेप पुनः एकीकृत चीनको समर्थन गर्दछ ।” थाइवानको पछिल्लो विषयलाई लिएर प्रस्ट विचार तथा अडान वक्तव्यमार्पmत सार्वजनिक गर्ने नेपाली राजनीतिमा नेमकिपामात्र देखिएको बौद्धिकहरूबिच चर्चा छ । नेमकिपाको व्यापक दृष्टिकोण उन्नत राजनीतिक संस्कारको परिणति हो भन्नु अतिशयुक्ति नहोला !
नेमकिपाको सातौँ महाधिवेशनको पाँचौँ केन्द्रीय परिषद्ले पारित गरेको अन्तर्राष्ट्रिय प्रस्तावमा पनि एक चीन नीतिको प्रस्ट भाषामा समर्थन गरिएको छ ।
‘श्रमिक’ साप्ताहिकले २ माघको अङ्कमा ‘नेमकिपा एक चीन नीति एवम् थाइवानलाई चीनको एक अभिन्न अङ्ग मान्छ’ शीर्षकको सम्पादकीय प्रकाशित ग¥यो । सम्पादकीयमा भनिएको छ, “….. चीनको प्रगति र विकासलाई इष्र्या गर्दै संयुक्त राज्य अमेरिकी साम्राज्यवादले स्वतन्त्र थाइवानलाई निहुँ बनाएर फेरि चीन र थाइवानको जलडमरु एवम् दक्षिणपूर्वी चीनकै क्षेत्रमाथि हस्तक्षेपलाई बढाउँदै युद्धको स्थितिमा पु¥याउने जालसाजी गर्दै छ । ती सबै षड्यन्त्रहरूमा अमेरिकी साम्राज्यवाद जसरी पहिले असफल भएको थियो त्यस्तै अहिले पनि पहिलेभन्दा बढी लज्जास्पद हार व्यहोर्नेछ । यसकारण, नेपाल मजदुर किसान पार्टी दक्षिणपूर्वी एसिया वा एसियाको कुनै पनि भागमा गरिने हस्तक्षेप र कुकृत्यको विरोध र निन्दा गर्दछ ।”
नेपाली पत्रकारिता जगतमा पछिल्लो जल्दोबल्दो अन्तर्राष्ट्रिय सवालमा यति गहिरो विचार र यति स्पष्ट दृष्टिकोण व्यक्त गरिएको सम्भवतः यही नै पहिलो हुनुपर्छ ! कमसेकम ‘श्रमिक’ ले राजनीतिक सुझबुझ देखायो र अन्तर्राष्ट्रिय धर्म निर्वाह ग¥यो । ‘श्रमिक’ ले नेपाली पत्रकारिताको इज्जत जोगायो ! ‘श्रमिक’ ले नेपाली कामदार जनता तथा साम्राज्यवादविरोधी जनताको आवाज मुखरित ग¥यो ।
जिउँदो मानिसको फेला पर्ला !
अमेरिका फेरि नयाँ ढङ्गमा शीतयुद्ध थाल्दै छ । विश्वका निम्ति त्यो कुनै आधारमा पनि हितकर नहुने स्पष्ट छ । विश्वमा देखिएका सामाजिक आर्थिक सङ्कट समाधानका लागि सहकार्य, आपसी सहयोग तथा सम्मान आवश्यक भएको विश्व संवेदनशील समुदाय अनुभव गर्दै छ । विश्वका न्यायप्रेमी समुदायको यही नै भावना हो । एकले अर्काको गल्ला रेट्ने खेलले कसैको पनि हित नहुने इतिहासले दिएको पाठ हो ।
यस्ता यथार्थ अस्वीकार गरी यदि अर्को विश्वयुद्धको जालो फिँजाउँछ भने त्यसको सबैभन्दा ठूलो मूल्य अमेरिका स्वयम्ले नै चुकाउनुपर्ने निश्चित छ । थाइवानका दलालहरूलाई प्रयोग गरेर युद्ध उत्तेजना पैmलाउने या युद्ध भड्काउने जालसाजी गर्दै गरेको बाइडेनले कोरिया युद्ध, भियतनाम युद्धको इतिहासको पृष्ठ फेरि एकचोटि पल्टाउनु श्रेयस्कर हुनेछ । अन्यथा, यो पटक जिउँदो मानिसको फेला पर्ने निश्चित छ ।
Leave a Reply