तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
‘हातका मैला, सुनका थौला के गर्नु धनले ?
साग र सिस्नु खाएको वेश आनन्दी मनले ।’
महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘मुनामदन’ खण्डकाव्यमा रूपक अलङ्कारमार्फत धन कमाउन भोट जान लागेका मदनलाई पत्नी मुनाको मुखबाट अभिव्यक्त गराएको यो पङ्क्तिले नेपाली समाजको बाध्यकारी विगत र उस्तै वर्तमानको यथार्थतालाई अभिव्यक्त गरेको छ ।
स्व.महाकवि देवकोटाले देखे भोगेको नेपाली समाज र सय वर्षयताको नेपाली समाजमा धन कमाउन विदेसिनै पर्ने प्रवृति र बहाना एकै किसिमको पाइन्छ । खण्डकाव्यको कथाअनुसार व्यापार गरी पैसा कमाउने उद्देश्य लिई घरमा तरुनी स्वास्नी र बुढी आमालाई छाडेर मदन ल्हासा जान्छन् । मदनको धनार्जन गर्ने उद्देश्य बुढी भएकी आमाले बुढेसकालमा सुख प्राप्त गरुन्, मीठोमसिनो जुटोस्, इच्छाएका धार्मिक र सामाजिक÷सांस्कृतिक कृत्य पूरा गर्न पाइयोस्, ऋणमुक्त भइयोस् अनि सुख समृद्धिपूर्वक जीवनयापन होस् भन्ने देखिन्छ ।
करिब ८० वर्षअघि स्व. देवकोटाले आफ्नो कृति मुनामदन खण्डकाव्यको मुख्य पात्र मदनमा धन कमाउन र पारिवारिक कर्तव्य पूरा गर्न विदेशिनै पर्ने जुन बाध्यकारी अवस्था चित्रण गर्नुभएको छ ठ्याक्कै त्यस्तो अवस्था अहिलेको नेपाली समाजमा नभए पनि प्रवृति भने उही रहेको पाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभागका अनुसार सन् २०२३ मा १६ लाख तीन हजार आठ सय, ३६ जना नेपाली विदेशमा पुगेका छन् । अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार आठ लाखभन्दा बढी रोजगारीको लागि मात्रै विदेश गएका छन् भने अरु आठ लाख नेपालीहरू अध्ययन तथा अन्यप्रयोजनका लागि विदेश गएका हुन् ।
के भन्छन् विदेश गएका युवा : कस्तो छ त्यहाँको अवस्था ?
बर्सेनि यतिधेरै नेपालीहरू विदेशिनुको कारण देशमा रोजगार नपाएर, आयआर्जन र जीविकोपार्जनको कुनै सम्भावना नै नदेखेर वा विदेश नगए घर व्यवहार नै चलाउन नसक्ने अवस्था आएर भने होइन ।
नेपालको स्थायी जागिर नै छोडेर, राम्रैसँग चलेको व्यापार व्यवसाय बन्द गरेर, पुर्खौदेखि कमाउँदै आएको खेतबारी बाँझै छोडेर र आफ्नै गाउँघर र सदरमुकामका स्कूल कलेजमा पढेर ‘ए प्लस’ र ‘ए’ जिपिए ल्याउन सकेका युवायुवतीहरू पनि छोटो समयमा अझ धेरै पैसा कमाउने, छरछिमेकी र साथीभात्न्दा धनी देखिने र विदेशमा गुणस्तरीय शिक्षा आर्जन गरी स्तरीय जीन्दगी बिताउने उच्च महत्वकाङ्क्षाका साथ विदेशिने गरेको पाइएको छ ।
हाल अमेरिकामा रहनुभएका म्याग्दीको मङगला गाउँपालिकाका विराज सापकोटाले विदेशमा आएपछि नेपालमा अवसर र सम्भावना नै नदेखेर आएँ भन्नु झूट बोल्नु हो भन्नुभयो । “आँट र जाँगर हुने हो भने नेपालमा सम्भावनै सम्भावना छ । नदीको ढुङ्गा बालुवादेखि वनका झाडी र जटिबुटीसम्ममा पैसैपैसा छ । गाउँमा छँदा ती सम्भावनाहरूलाई पहिचान गर्न सकिएन, विदेश आएर पछुताउनु परेको छ” सापकोटाले भन्नुभयो ।
आफ्नो विगत र वर्तमानको अवस्था बुझाउँदै सापकोटाले भन्नुभयो, “नेपालमा मलाई राम्रै थियो, घर पायक परेको शिक्षकको जागिर, परिवारसँग बसेर रमाइलैसँग दिनहरू बिताएको थिएँ । रु. ६४ लाख खर्च गरेर अमेरिका आएँ, यहाँ आएर तीन महिना हण्डर खाएपछि बल्ल काम पाएको छु । महिनाको साढे दुई लाख जति बच्छ, ऋणको ब्याज तिर्न ठिक्कै छ ।”
सापकोटाले तल्लोबाटो (गैरकानुनी बाटो) हुँदै अमेरिका आउनुभन्दा आफ्नै गाउँ ठाउँको सानो कमाइमा नै रमाउनु बढी बुद्धिमानी हुने बताउनुभयो । विदेश सोचेजस्तो सजिलो नभएको बताउँदै सापकोटाले भन्नुभयो, “कानुनीरूपमा प्रक्रिया पु¥याएर यहाँ आएकाहरू पनि सन्तुष्ट छैनन् । फेसबुकमा समुद्र किनारमा डुलेको, कारमा घुमेको, रमाएको, मीठामीठा परिकारहरू खाएको, सफा अनि महँगा कपडाहरू लगाएको देखिए पनि वास्तविक जीवन भने सोचेभन्दा फरक छ ।”
क्यानडाको ब्रह्मापोटनको कलेजमा अध्ययनरत म्याग्दीकी अङ्किता उपाध्यायले पछिल्लो समय (सन् २०२३ सेप्टेम्बर यता) क्यानडामा अध्ययनका लागि आएका विद्यार्थीहरू काम नपाएर घरबाट पैसा मगाएर खाने र कोठा भाडा तिर्ने बाध्यतामा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सन् २०२३ यता आएका नेपालीहरूको बिजोग छ । एक वर्षको फिलगायत अन्य गरी २०/२५ लाख खर्च गरेर अध्ययन र कामका लागि यहाँ आएका नेपालीले कामै नपाएपछि अर्को सेमिस्टरको फि कसरी जम्मा गर्ने, कोठा भाडा कसरी तिर्ने र के खाने ? भन्ने समस्याले पिरोलिएका छन् । सजिलो छैन विदेश, हामीले दुःख पाए पनि अरुले नछोड्नु होला आफ्नो देश ।”
त्यसैगरी, हाल साउदी अरबमा रहनुभएको सुजन मगरले जति राम्रो काम र आकर्षक तलब भनेर विदेश आए पनि मेनपावर कम्पनीले भने जस्तो केही नहुने गरेको बताउनुभयो । मगरले भन्नुभयो, “यहाँ १२ घण्टाको काम भए पनि १८ घण्टाको खटाइ हुन्छ, कम्पनीले भनेको जस्तोसुकै कुरा पनि मान्नैपर्छ, आफूले भनेको कुरा कसैले सुन्दैन, बिरामी भएको बेलामा समेत मेडिकलमा जाने छुट्टी पाइँदैन । सेफ्टिी एक्युप्मेन्ट सुरक्षित र भरपर्दो नहुने, एग्रीमेन्टको पालन नगरिने, कैयौँ विषाक्त रसायन भएको ठाउँमा काम गर्नुपर्नेजस्ता कैयौँ समस्यासँग जुधेर काम गर्दा पनि सम्झौताको कागजमा उल्लेख गरिएको पारिश्रमिक नपाउने जस्ता समस्या रहेका छन् ।”
पछुताउनुबाहेक छैन उपाय
अध्ययन होओस् वा रोजगारी जुनसुकै उद्देश्यले विदेश गए पनि त्यहाँ भनेजस्तो नभएपछि बल्ल नेपालको अवसर र सम्भावनालाई सम्झेर पछुताउनेहरू धेरै छन् । हाल अस्ट्रेलियामा रहनुभएका प्रेम खत्रीले भन्नुभयो, “विदेश जान पाए ‘लाइफ बन्थ्यो’ भन्नेहरू विदेश आएर भनेजस्तो नभएपछि धुरुधुरु रोएको मैले देखेको छु । मैले यहाँ आएर बुझेँ, पढ्न सक्ने र गर्न सक्ने हो भने नेपालमा अवसरको कमी छैन । आफ्नो देशमा आफ्नै स्वाभिमान हुन्छ । इज्जत, मान, सम्मान सबै पाइन्छ । दुःख पर्दा आफन्तको साथ हुन्छ, सा¥है गा¥होमा सहयोगी हात हुन्छन् । तर, विदेशमा यी सबै कुराहरू कल्पेर बस्नुबाहेक अरु केही पाइँदैन ।”
विसं २०६२/६३ को ऐतिहासिक जनआन्दोलन र त्यसपछि प्राप्त राजनीतिक परिवर्तनले देशमा प्रशस्तै अवसर र सम्भावनाहरूको ढोका खोलेको भए पनि धेरै नेपालीले ती सम्भावना र अवसरहरूभन्दा उच्च महत्वकाङ्क्षा र विदेश गए छिट्टै धनी बनिन्छ भन्ने बुझाइलाई महत्व दिँदा अहिलेको युवा पुस्ता देश छोडेर विदश उड्ने गरेको उहाँले बताउनुभयो ।
गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशम जुग्जालीले देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भैसकेपछि योग्य व्यक्तिलाई अवसरको कुनै कमी नरहेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “विदेश गएर प्रशस्तै पैसा कमाउने र छिट्टै धनी बन्ने महत्वकाङ्क्षाले अहिलेका युवाहरूले देशमा सम्भावना छैन भनिरहेका छन् । तर, देशमै छन् प्रशस्तै सम्भावनाहरू । हामीले विदेश गएका युवाहरूले फेसबुकमा हालेका समुद्रका किनारमा रमाएका फोटामात्र देख्छौँ, उनीहरूले त्यहाँ भोग्नुपरेका समस्या र बाध्यताहरूलाई देख्दैनौँ । ती समस्या र बाध्यताहरू हामीले देख्यौँ र बुझ्यौँ भने विदेश जाने विषयमा हामी एक पटक गहिरिएर सोच्न बाध्य हुन्छौँ ।”
नेपाली काङ्ग्रेस म्याग्दीका नेता क्या.मिनबहादुर कार्कीको पनि समान धारणा छ । कार्कीले भन्नुभयो, “देश सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेपछि दु्रतरूपमा भइरहेको विकास र उत्पन्न भएका आयआर्जनका अवसरहरूलाई हामीले प्राथमिकतामा राख्नै सकेनौँ । राजनीतिक सङ्किर्णता हावी हुँदै गयो, प्राप्त स्वतन्त्रताको सदुपयोगभन्दा दुरूपयोग गर्ने प्रवृत्ति बढ्दै गयो । युवा पुस्तामा छिटो धनी बन्ने र सुखसयलको जिन्दगी जिउने उच्च महत्वकाङ्क्षाका कारण देश छोडेर विदेश जाने क्रम बढ्दै गएको हो ।”
नेपालमा स्तरीय स्कूल/कलेजहरूको सङ्ख्या बढेको छ तर कलेजमा अध्ययन गर्ने विद्यार्थीहरूको सङ्ख्या घट्दै जाँदा स्नातक र स्नातकोत्तर तहका कलेजहरू खाली हुँदै गएका छन् । के वि एकेडेमीका प्रिन्सिपल बिमल शर्माले भन्नुभयो, “विद्यालयहरूमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकहरूको अभाव देखिन थालेको छ । प्राविधिक शिक्षालयहरूमा निर्धारित कोटा पूरा हुन सकेका छैनन् । चिकित्सा शास्त्र र इन्जिनियरिङ कलेजहरूको अवस्था पनि यस्तै छ । सरकारले शिक्षा क्षेत्रमा यति धेरै लगानी गरेको छ । लोक सेवा आयोग र शिक्षा आयोगले बर्सेनि परीक्षा लिने र पदपुर्ति गर्न थालेको छ । तर, युवाहरू भने नेपालमा सम्भावना नै छैन भनेर विदेशतिर जाँदैछन्, यो देशका लागि पनि राम्रो सङ्केत होइन ।”
बाहिरिँदै गयो सम्पत्ति र जनशक्ति
नेपाल राष्ट्र बैङ्कले हालै प्रकाशित गरेको एक तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको मङ्सिर मसान्तसम्म नेपालबाट विदेशमा पढ्न जाने विद्यार्थीसँगै ४७ अर्ब ३५ करोड रूपैयाँ विदेशिएको छ । बैङ्कका अनुसार चालु आ.व. २०८०÷८१ को पहिलो पाँच महिनामा भ्रमण व्ययतर्फ ७५ अर्ब ७३ करोड रूपैयाँ विदेशिएको छ । यसमध्ये शिक्षाका लागि मात्र ४७ अर्ब ३५ करोड रूपैयाँ विदेशिएको हो । यो रकम अघिल्लो वर्षको यसै अवधिको तुलनामा रु. १८ अर्ब ५४ करोड बढी हो । गत वर्ष पाँच महिनामा शिक्षामा रु. २८ अर्ब ८१ करोड विदेशिएको थियो ।
यसरी बर्सेनि देशबाट जनशक्ति र सम्पत्ति दुवै बाहिरिने क्रम बढ्दै जानु देशकै लागि घातक भएको सरोकारवालाहरूको भनाइ रहेको छ । प्रतिनिधिसभा सदस्य खमबहादुर गर्बुजाले देशमा भएका अवसर र सम्भावनाहरूलाई युवाहरूले चिन्नुपर्ने बताउनुहुन्छ । उहाँले भन्नुभयो, “अब देशमा अवसरको कमी छैन, उच्च महत्वकाङ्क्षा लिनुभन्दा पनि पूरा गर्न सक्ने सपना युवाहरूले देख्नुपर्छ । देशले दक्ष जनशक्ति मागेको छ, अब विदेश होइन आफ्नै गाउँठाउँलाई परिवर्तन गर्नेतर्फ युवाहरू लाग्नुपर्छ ।”
६ महिनामा पाँच सय ३९ जनाको मृत्यु
नियति देवकोटाकै मुनामदन खण्डकाव्यको कथानक जस्तै छ । फरक के छ भने मुनामदनमा धन कमाउन विदेश (भोट) गएका मदन बिरामी परेर बाटोमा नै ज्यान गुमाउने अवस्थामा पुग्छन् । मदनलाई एक जना भोटेले घरमा राख्छ, औषधिमुलो गर्छ । सकेसम्मको सहयोग गर्छ तर अहिले विदेशमा त्यस्ता मनकारी व्यक्तिहरू भेटिँदैनन् । विदेश गएका कतिपयको काम गर्दागर्दै उपचार नपाएर मृत्यु भएको छ ।
वैदेशिक रोजगार बोर्डका अनुसार चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीका क्रममा पाँच सय ३९ जनाको मृत्यु भएको छ । त्यसैगरी, वैदेशिक रोजगार बोर्डको तथ्याङ्कअनुसार वैदेशिक रोजगारीको क्रममा बिरामी तथा अङ्गभङ्ग हुनेको सङ्ख्या दुई सय २१ रहेको छ । बोर्डका कार्यकारी निर्देशक द्वारिका उप्रेतीका अनुसार वैदेशिक रोजगारीमा जानेले स्वास्थ्य जाँच गराए पनि त्यहाँ पुगेपछि परिवर्तित वातावरणका कारण बिरामी तथा मृत्यु हुने गरेको घटना बढेका हुन् । मुख्यगरी मुटुसम्बन्धी रोग, सडक दुर्घटना, कार्यस्थल दुर्घटना, मिर्गौला रोग, हृदयाघात, क्यान्सर र अन्य विभिन्न कारणले वैदेशिक रोजगारीमा गएका नेपाली बिरामी र घाइते हुने गरेका पाइएको छ । रासस
Leave a Reply