तातिरहेको पृथ्वी र रुख बिरुवा
- भाद्र ११, २०८३
फूलको कोपिला जसरी एउटा पूर्णरूपमा बदलिन्छ, त्यसरी नै एउटा भर्खरै जन्मेको नाबालक भोलिको होनहार युवामा परिवर्तन हुनु मानव जीवनका अभिन्न चक्रको रूपमा लिन सकिन्छ । कोपिलामा कुनै खराबी भएमा सिङ्गो बिरुवा कुरुप हुन्छ भने नाबालकमाथिको अभिभावकको बेवास्ताले समाजमा दाग पर्छ । नाबालकदेखि उत्तर बाल्यावस्था हुँदै किशोरकिशोरी अवस्थासम्म निगरानी या ख्याल गर्न नसकेमा झन् समस्या निम्त्याउँछ । तसर्थ, हरेक अभिभावकहरूले आफ्ना छोराछोरीहरूलाई आमाबुबाको स्नेह र ममताको छायाभित्र राख्नुपर्छ ।
सन्तानको सानातिना गल्तीलाई स्वाभाविकता मानी बेवास्ता गरेमा यसको सिमाना र दायरा अभिभावकहरूले सम्हाल्नै नसक्ने गरी व्यवहार गर्नु न्यायोचित नहोला । तर, त्यसो भन्दैमा अभिभावकले आफ्ना छोराछोरीको हरेक पाइलामा सतर्कता अपनाउनुपर्छ पनि होइन । यसले छोराछोरीका अवसरहरू कुण्ठित हुने सम्भावना पनि हुन्छ । तसर्थ, गरिब भए पनि कलङ्करहित भई हिँड्नु कुटिल मतिको बाटोमा लागेको धनीभन्दा असल हो भनेजस्तै सन्तानहरूको लागि असीमित यो संसारमा अवसर पहिचान गर्ने बाटो पहिल्याउन स्वतन्त्ररूपमा छोडिदिनुपर्छ । भविष्यमा एक सच्चा व्यक्ति बन्नेले हुने बिरुवाको चिल्लो पातसरि आजको उनीहरूको गतिविधिले प्रस्ट दर्साइरहेको हुन्छ । उमेर र वातावरण अझ भनौँ सामाजिक परिवेशले त्यसमा कहीँ उत्तारचढाव ल्याउन सक्दछ । तर, आफू र आफ्नो आत्मालाई नियन्त्रण गर्न सक्नेले स्वाभाविक अनुभव गर्दछ । गाउन नजान्ने गायकले सय ठाउँमा शरीर भाँचेर भए पनि अन्ततः एउटा परिपक्व र सफल जीवन पहिल्याएरै छोड्दछ । यसमा व्यक्तिको ज्ञान र सीपलाई ठीक समयमा ठीक ठाउँमा उपयोग गर्न जान्नुको अर्थ लाग्छ ।
जहाँ इच्छा त्यहाँ उपाय भनेझैँ सिक्ने सवालमा कसैलाई पनि केहीले छेक्छ जस्तो लाग्दैन । मनोभावनालाई बुझेर आमाबुबाले अभिभावकत्वको भूमिका निभाउन बडो चनाखो हुनु आजको महत्वपूर्ण आवश्यकता हो । खेल्ने समयमा खेलाउने, पढ्ने समयमा पढाउने, सुत्ने समयमा सुताउने, गफ गर्ने समयमा मज्जाले चपाएर खान दिने आदिले शारीरिक र मानसिक दुवै समय सापेक्ष हुन्छ । त्यसकारण, अभिभावकहरूमा आफ्ना छोराछोरीप्रति सकारात्मक सोच विकास गर्ने गराउने कुरामा ध्यान पु¥याउनु नितान्त आवश्यक भइसकेको छ । यसको लागि समाजका अभिभावकहरूले आफूलाई बदलेर हेर्नुपर्छ । अनि कालान्तरमा ताजा र मीठो फलको आशा गर्न सकिन्छ । अन्यथा बालबच्चाहरू नफर्किने गलत बाटोमा लागेपछि पछुताउनुबाहेक अर्को विकल्प हुनेछैन ।
Leave a Reply