भर्खरै :

लोकेश्वर साकोसमा धाँ बाजा प्रशिक्षण शुभारम्भ

लोकेश्वर साकोसमा धाँ बाजा प्रशिक्षण शुभारम्भ

भक्तपुर, ८ माघ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लिको सांस्कृतिक उप–समितिको आयोजनामा धाँ बाजा प्रशिक्षण शुभारम्भ भएको छ ।
संस्थाको १९ औँ स्थापना दिवसको अवसरमा भएको उक्त प्रशिक्षण कार्यक्रममा संस्थाका अध्यक्ष राजन जतिले समुदायमा आधारित सहकारी संस्थाहरूले वित्तीय कारोबारमात्र नभई सदस्य केन्द्रित विभिन्न तालिम, प्रशिक्षण, सहकारी भ्रमणहरू गर्नुपर्ने तथा यस संस्थाले विगतका दिनहरूदेखि नै सदस्यहरूको व्यक्तित्व विकास हुने विभिन्न सीपमूलक तालिमहरू सञ्चालन गर्दै आएको बताउनुभयो । सदस्यहरूले यस्ता प्रशिक्षण तथा तालिम लिइसकेपछि आफूमा मात्र सीमित नराखी दैनिक जीवनमा सदुपयोग गरी निरन्तर गर्दै लैजानुपर्ने कुरा उहाँले राख्नुभयो ।
संस्थाका सञ्चालक सदस्य एवं सांस्कृतिक उपसमितिका संयोजक कमलश्वरी खर्बुजाको सभापतित्वमा भएको उक्त कार्यक्रममा धाँ बाजाका प्रशिक्षक सुरेश बोयजु, उपसमितिका सदस्य एल.के. सुन्दर र दिलप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *