भर्खरै :

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण बन्धक परिवारद्वारा नेतन्याहूलाई सम्झौता गर्न आग्रह

इजरायलद्वारा गाजाको दक्षिणमा आक्रमण बन्धक परिवारद्वारा नेतन्याहूलाई सम्झौता गर्न आग्रह

गाजा पट्टी, प्यालेस्टिनी क्षेत्र, माघ ८ (एएफपी) । इजरायली सेनाले गाजामा युद्धको नयाँ केन्द्रबिन्दु खान युनिसमाथि सोमबार बमबारी गरेको छ । हमासले बन्धक बनाएका व्यक्तिका परिवारले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई उनीहरूको रिहाइका लागि सम्झौतामा पुग्न आग्रह गरेका छन् ।
प्रत्यक्षदर्शीहरूले दक्षिणी गाजाको सबैभन्दा ठूलो शहर खान युनिसमा रातभर घातक आक्रमण भएको र इजरायली सैनिक र हमास लडाकूहरूबिच भीषण भिडन्त भएको बताएका छन् ।
गत अक्टोबर ७ मा इस्लामिक आन्दोलनका लडाकुहरूले गरेको आक्रमणमा परी करिब एक हजार १४० जनाको मृत्यु भएपछि नेतन्याहुले हमासमाथि ‘पूर्ण विजय’ हासिल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । हमासका लडाकूले बन्धक बनाएका करिब २५० जनामध्ये १३२ जना अझै पनि गाजामा हमासको नियन्त्रणमा रहेको इजरायलले बताएको छ ।
इजरायली सेनाका अनुसार युद्धले व्यापक तनाव बढाउने डरलाई बढावा दिएको छ । लेबनानको सीमा नजिक उत्तरी इजरायलमा रातारात साइरन बजाइएको छ । लेबनानमा इजरायली सेना र इरान समर्थित हेजबुल्लाह आन्दोलनबिच दैनिकजसो गोली हानाहान हुने गरेको छ भने दक्षिणी लेबनानका कैयौँ क्षेत्रमा रातारात आक्रमण भएको छ ।
इजरायलको यस्तै एउटा आक्रमणमा लेबनानी हेजबुल्लाहसमूहका एक लडाकूको मृत्यु भएको हमास सम्बद्ध स्रोतले जनाएको छ । इजरायलको कब्जामा रहेको वेस्ट बैङ्कमा पनि हिंसा बढेको छ । यमनका हुथी विद्रोहीहरूले ‘रेड सी’ को महत्वपूर्ण व्यापारिक मार्गहरूमा इजरायल–सम्बद्ध जल यातायात मार्गमा आक्रमण गरेका छन् । यसले प्रतिशोधात्मक अमेरिकी र बेलायती आक्रमणहरू निम्त्याएको छ । प्रायः सिरिया र इराकमा आक्रमणहरू इजरायलमा अमेरिकी समर्थनको विरोध गर्दै गरिएको इरान–सम्बद्ध लडाकूहरूले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *