भर्खरै :

धरानका प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर नपाको अवलोकन अध्ययन भ्रमण

धरानका प्रतिनिधिमण्डल टोलीद्वारा भक्तपुर नपाको अवलोकन अध्ययन भ्रमण

भक्तपुर, १२ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग नेवाः एकता समाज धरानका प्रतिनिधिमण्डल टोलीले शुक्रबार भेट ग¥यो । भक्तपुर नगरपालिकाको सेवा प्रवाह, विकास निर्माण तथा शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माणलगायतका क्षेत्रमा नपाले गरेका असल अभ्यासहरूबारे अध्ययन भ्रमणको लागि आएको उक्त टोलीले नगर प्रमुख प्रजापतिसँग भेट गरेको हो ।
सोही क्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले स्थानीय तहबाट हुनसक्ने अधिकत्तम सेवाहरू उपलब्ध गराउँदै आएको बताउनुभयो ।
देशको एक सुन्दर नगर बनाउने उद्देश्यअनुसार काम गरिरहेको भक्तपुर नगरपालिकालाई सङ्घ र प्रदेश सरकारको तर्फबाट समयसमयमा बाधा व्यवधान हुँदै आएको उहाँले सो अवसरमा बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाद्वारा सञ्चालित शैक्षिक संस्थाहरूमा गुणस्तरीय शिक्षा प्रदानमात्र नभई हरेक विद्यार्थीलाई देशको सार्वभौमिकता, स्वतन्त्रताबारे चिन्तन मनन गर्न सक्ने देशभक्त नागरिक बनाउने उद्देश्यबाट काम हुँदै आएको छ ।”
भक्तपुर नपाले गरिब विद्यार्थीहरूको निम्ति शैक्षिक ऋणको बन्दोबस्त, कलेजमा अध्ययनरत गरिब तथा जेहेनदार विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था र उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक ऋणको व्यवस्था गर्दै आएको उहाँले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नपाको शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण आदि विषयमा विस्तृतमा प्रस्तुतीकरण दिँदै भक्तपुर नपाले विदेशीको भर नपरी आफ्नै स्रोतसाधन र जनताको सहयोगमा भक्तपुरको विकास गरेको बताउनुभयो ।
धरानबाट प्रतिनिधिसभा सदस्य सुशिला श्रेष्ठले भक्तपुरले यहाँको मौलिकता जोगाउनु महत्वपूर्ण विषय भएको बताउँदै ख्वप विश्वविद्यालय ऐन अगाडि बढाउन आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सोही अवसरमा नेवा† एकता समाजका अध्यक्ष महेश श्रेष्ठले भक्तपुर नगरपालिकाको हार्दिक स्वागतप्रति कृतज्ञता ज्ञापन गर्दै नेपालको प्राचीन सहर भक्तपुर र भक्तपुर नपाबाट सञ्चालित कलेजहरूको अवलोकन गर्न पाएकोमा खुसी व्यक्त गर्नुभयो ।
विकास निर्माण, शैक्षिक सुधारमा भक्तपुरको असल अभ्यासबाट अन्य स्थानीय तहले पनि अनुसरण गर्न सके देश छिटो विकास हुने बताउँदै उहाँले भक्तपुरले सम्पदा संरक्षणमा गरेको काम राष्ट्रले नै अनुसरण गर्नुपर्ने विषय भएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *