भर्खरै :

भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्र सम्मानित

भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्र सम्मानित

काठमाडौँ, १२ माघ । भक्तपुर नगरपालिकाको भक्तपुर ब्यासीस्थित पर्यटक सूचना तथा सेवा केन्द्र ४५ औँ पर्यटक प्रहरी दिवस २०८० बाट सम्मानित भएको छ ।
नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्रले धेरै वर्षदेखि पर्यटकहरूलाई भक्तपुरलगायत देशभरिका सूचनाहरू प्रदान गर्नुका साथै आवश्यकताअनुसार पर्यटकहरूलाई सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले भक्तपुर नगरपालिका पर्यटन सूचना तथा सेवा केन्द्र प्रमुख गौतमप्रसाद लासिवालाई सम्मानपत्र हस्तान्तरण गर्नुभएको थियो ।
भक्तपुर नगरपालिकाले भक्तपुर नगरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न पर्यटक सेवा केन्द्र र सूचना केन्द्रहरू स्थापना गरेको छ । नगरको कला, संस्कृति र सम्पदा संरक्षणलगायत शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि जनताको सेवा गरी भक्तपुरलाई ज्ञान विज्ञानको केन्द्रको रूपमा विकास गरिरहेकोमा पर्यटन मन्त्रालयको ध्यान आकृष्ट भएको र यहाँको स्थानीय पथप्रदर्शक र हाते व्यापारीहरूलाई पनि व्यवस्थितरूपले परिचालन गरिएकोमा आयोजकले धन्यवाद ज्ञापन ग¥यो ।
भक्तपुर नगरपालिकाको पर्यटक सूचना तथा सेवा केन्द्रसहित ललितपुर महानगरपालिका पर्यटक सेवा केन्द्र, नेपालस्थित बेलायतको कूटनैतिक कार्यालय र मुस्ताङ जिल्लाको पर्यटक सूचना केन्द्रबाट पर्यटकहरू अवलोकन भ्रमणलाई सहज र सुरक्षित बनाएकोमा सम्मान गरिएको हो ।
त्यस्तै पर्यटक प्रहरी दिवसको अवसरमा उत्कृष्ट पर्यटक प्रहरीहरूलाई नगद पुरस्कारसहित सम्मान गरिएको थियो भने खेलकुद प्रतियोगितामा विजयी प्रहरी खेलाडीहरूलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँती, सचिव डा. दीपक काफ्ले, प्रमुख प्रहरी महानिरीक्षक बसन्त कुँवर, होटल व्यवसायी सङ्घका अध्यक्ष विनय शाह, पर्यटन विभाग महानिर्देशक चक्रबहादुर बुढा र पर्यटक प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवरले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *