विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
“शिक्षा सबैभन्दा शक्तिशाली हतियार हो,
जसको सहारामा तिमी संसार बदल्न सक्छौँ”
– नेल्सन मण्डेला
प्राचीन नेपालका निवासीहरूमा धार्मिक भावनाको प्रधानता थियो । तसर्थ, तत्कालीन शिक्षा प्रणाली र धर्मबिच घनिष्ठ सम्बन्ध हुनु स्वाभाविक थियो । त्यसको सञ्चालन देशका विभिन्न धार्मिक संस्थाहरूद्वारा गरिन्थ्यो । प्राचीन नेपालमा दुई थरीका शिक्षण संस्थाहरू रहेको प्रमाण हामी पाउँदछौँ । त्यसमा पहिलो परम्परागत बौद्धिक धर्ममा आधारित थियो, जसका सञ्चालक तथा शिक्षकहरू पनि मुख्यतः हिन्दू मन्दिरका पुजारी ब्राह्मण, पुरोहित तथा पण्डितहरू हुन्थे । तिनीहरू गृहस्थ भएर पनि विद्यार्थी जीवनमा ब्रह्मचार्य पालनमा विशेष जोड दिई नैतिकताको विकास गराई विभिन्न सांसारिक तथा व्यावहारिक शिक्षादीक्षाबाट बालकबालिकाको व्यक्तित्व विकास गराउनमा मद्दत गर्दथे ।
प्राचीन नेपालमा अर्काे थरीका शिक्षण संस्थाहरू पनि थिए । त्यसका सञ्चालक तथा शिक्षकहरू प्रायः अविवाहित बौद्ध भिक्षु तथा भिक्षुणीहरू थिए र तिनीहरू धेरैजसो बौद्ध विहारमा बस्दथे । तिनीहरूको शिक्षाको उद्देश्य बालबालिकाहरूलाई सांसारिक मोह र लोभबाट विरक्त गराई बौद्ध धर्म अँगाल्न लगाउनु र आफू जस्तै बौद्ध भिक्षु तथा भिक्षुणीहरू बनाएर विहारमा आफ्नो उत्तराधिकारी बनाई बौद्ध दर्शनको प्रचारलाई स्थायित्व प्रदान गर्नु थियो ।
प्राचीन नेपालको शिक्षा प्रणालीमा धेरै नै आदर्श कुराहरू पाइन्छ । शिक्षा र कठोर जीवनले मनुष्यले संसारमा सफल हासिल गर्नसक्छ । यसकारण, विद्यार्थीहरूलाई अश्वलायन गृह्य सूत्रमा तीन कुरामा ध्यान राख्न उपदेश दिइएको छ । पहिलो, अश्माभवः ‘तिमी पत्थर बन’ अर्थात् विद्यार्थी जीवन भोग र विलाश एवम् श्रृङ्गाररहित खादा, कडा हुनुपर्छ ।
दोस्रो, ‘परशु भव’, तिमी बञ्चरो बन’ अर्थात् विद्यार्थीहरू देश र संस्कृतिको रक्षामा आइपर्ने आपत्तिबाट रोक्न समर्थवान् बन्नुपर्छ । यसै विचारले उपनयन संस्कार व्रतबन्धमा विद्यार्थीहरूको हातमा धनुष दण्डधारण गराइन्छ । जसको उद्देश्य सधैँ कटिबद्ध भएर रहनु सैनिक शिक्षा पनि हो ।
तेस्रो, ‘हिरण्य मस्तृत भवः सुनजस्तै सधैँ चम्कँदै अघि बढ’ शिक्षाको लक्ष्य विद्यार्थीहरूलाई शारीरिक, मानसिक तथा सामाजिक गुणको विकास गरी योग्य नागरिक बनाउनु हो । गुरुकुल वा विद्यालयहरू सहरिया वातावरणदेखि अलग्ग प्रकृतिको काखमा रहन्थे । जसको छाप विद्यार्थीहरूको कोमल मस्तिष्कमा पर्नु स्वाभाविक थियो । शिक्षामा आधार निर्माणलाई सा¥है ठुलो स्थान प्रदान गरिएको हुन्थ्यो ।
प्राचीन नेपालमा शिक्षा दिनु र लिनुलाई कस्तो रूपमा हेरिन्थ्यो भन्ने कुरा यो श्लोकबाट स्पष्ट हुन्छ – ‘गुरु ब्रह्म, गुरु विष्णु, गुरुदेव महेश्वर, गुरुदेव पर ब्रह्म ।” त्यसबेला शिक्षा दिने कुनै विधान थिएन । उक्त कुरा गुरु महात्माबाट स्पष्टिन्छ । विद्या दान दिने गुरुको स्थान समाजमा सर्वाेच्च रहेको पाइन्छ ।
प्राचीन कालमा शिक्षा दिने सङ्गठित संस्थाहरू नहुँदा गुरुकुलमा ऋषि, महर्षिको आश्रममा गई शिक्षादीक्षा आर्जन गर्ने प्रचलन रहेको कुरा प्राचीन ग्रन्थबाट अवगत हुन्छ । नेपालका दक्षिण पूर्व एसियाका धेरै विद्यार्थीहरूले नालन्दा विश्वविद्यालयमा अध्ययन गरेका थिए । त्यस विद्या पीठका मूलद्वारमा नेपालका पण्डित रत्नाकार, श्रान्त नारोपो, शान्तिमा आदि विद्वान्हरू थिए । नेपालका पण्डित वागीश्वरी कीर्ति त्यहाँ अध्यापक थिए । अर्काे नेपाली पण्डित कनकश्री विक्रमशीला विद्या पीठका द्वार पण्डित थिए ।
एघारौँ शताब्दीमा पाटन, फर्पिङ, काठमाडौँ विद्याका केन्द्र थिए । पाटनका पण्डित महाकरुणाकर बडा प्रसिद्ध थिए । नेपाली विद्वान् विभूति चन्द्रले व्याकरण शास्त्रमा ठुलो पुस्तक लेखेका हुन् । धेरै विहारहरू विद्याका केन्द्र थिए । जहाँ तन्त्रशास्त्र, मूर्तिकला, पुस्तक, लेखनकला, धातुकला आदिको शिक्षा दिइन्थ्यो ।
नेपालमा लिच्छविकालमा उच्च कोटीका संस्कृत, नेपालभाषा आदि भाषामा लेखिएको शिलालेखबाट पनि जनतामा प्रशस्त शिक्षा फैलिएको थाहा पाउन सकिन्छ ।
त्यसबेलाका चिनियाँ यात्री ह्वेन साङले लेखेका लेखअनुसार नेपालका लिच्छवी राजाहरू धेरै विद्वान् थिए । अंशुवर्माले शब्द विद्यामा एक पुस्तक पनि लेखेका छन् । नेपाली जनता शिल्प विद्यामा सा¥है निपुण छन् । लिच्छविकालका शासकको झुकाव र विचारअनुरूप नै शिक्षाको ढाँचा बन्दथ्यो । खासगरी वेद उपनिषदमा आधारित शिक्षाको प्रचारप्रसार लिच्छविकालमा भएको पाइन्छ ।
शिक्षाको मुख्य लक्ष्य नै आध्यात्मिक विचारको विकासबाट जनतामा चेतना ल्याउनु थियो । त्यसबेला शिक्षाको व्यवस्थासम्बन्धी काम हेर्ने प्रशासकीय अङ्गलाई अग्रहार भनिन्थ्यो ।
शिक्षाको व्यवस्थासम्बन्धी मिलाउने सम्पूर्ण अधिकार अग्रहारलाई दिएको अध्ययनबाट देखिन्छ । विहार तथा अग्रहारलाई राखिएको गुठी जग्गाको आयस्ताबाट शिक्षा केन्द्रहरू सञ्चालन भएको देखिन्छ ।
लिच्छविकालमा दैनिक जीवनसँग घनिष्ठ सम्बन्ध राख्ने व्यावसायिक शिक्षामा जोड दिएको देखिन्छ । यसका लागि प्रमाणस्वरूप कला सूत्र शिक्षा निकै प्रचलनमा थियो । सूत्र शिक्षाको माध्यमबाट कलाकारहरू अनुपम कलात्मक मूर्तिहरू तयार पार्थे । लिच्छविकालीन शिक्षामा औषधि विज्ञानको चर्चा पाइन्छ ।
पाटनको लेलेको शिवदेवको शिला लेखमा आरोग्यशालाको उल्लेख पाइनु यसको प्रमाण हो । लिच्छवि शासकहरूले ठाउँठाउँमा आरोग्यशाला खोली जनताको स्वास्थ्यप्रति विशेष चाख लिएको देखिन्छ । यसरी प्राचीन कालको शिक्षाको उद्देश्य र आदर्श आध्यात्मिक र व्यवहारमूलक शिक्षा दिनुमा केन्द्रित रहेको स्पष्ट हुन्छ ।
Leave a Reply