विल्हेम वेट्लिङबारे सङ्क्षिप्त जीवनी
- श्रावण १, २०८३
उदय बचत तथा ऋण सहकारी संस्थाको अध्ययन भ्रमणमा एक सामाजिक विषयको शिक्षकका साथै उपसमिति सदस्य भएको नाताले गत पुष २५ देखि २८ गतेसम्मको चारदिने भ्रमणमा थुप्रै प्राकृतिक तथा त्यस क्षेत्रको धार्मिक एवम् सामाजिक वस्तु स्थितिको बारेमा र सहकारीहरूको जीवन्तता जान्ने सुअवसर प्राप्त भएको छ । त्यसको लागि उक्त सहकारीलाई मुरीमुरी धन्यवाद ।
हिउँदमा हिउँ जम्ने सल्लेरी क्षेत्रमा हिउँदमै हिउँ नदिँदा हिमालहरू कालापत्थर जस्ता देखिएका छन् । विश्वमा बढ्दो तापक्रम वृद्धिको असर नेपालको हिमाली क्षेत्रमा पनि परेको प्रत्यक्ष अनुभव गर्न पाएको छ । साथै हिमालको हिउँ पग्लेर बग्ने नदीहरूमा पनि पानीको बहाब निक्कै रहेको अनभूति समेत भयो ।
सोलुखुम्बु जिल्लाको सल्लेरी बजारको दोर्पु टोलमा नेवारहरूको बाक्लो अवस्थिति छ । त्यहाँ रहेका नेवारहरू भक्तपुरबाट विभिन्न कारण विस्थापित भएर आएका हुन्, जहाँ राजभण्डारी र श्रेष्ठ थरका नेवार जातिको बाहुल्य भए पनि शेर्पा र लामा लगायत अन्य समूदायबिच सहयोगीको भावना बढेको छ ।
नेपाल एक कृषि प्रधान भएको अवस्थामा हिमाली जिल्ला सोलुखुम्बुमा पनि विभिन्न प्रकारका अन्नबाली तथा तरकारीहरूको खेती गरिँदो रहेछ । त्यहाँ मूख्यत मकै, गहँु तथा उवा जस्ता अन्नहरू उत्पादन हुन्छ । उवा हेर्दा गहुँ जस्तो देखिन्छ, त्यसलाई पिठो बनाएर नुन पानीमा आधुनिक हर्लिक्स झैँ प्रयोग गर्न सकिने कुराको जानकारी लिन पनि पाएँ ।
त्यो सँगै त्यहाँ गहुँ कार्तिकमा छर्ने र जेठमा पाक्ने तथा उवा असोजमा छर्दा बैशाखमा पाक्ने त्यहाँका कृषक दिदीबाट जानकारी लिने अवसर पनि जुत्यो । त्यहाँको मुख्य स्थानीय खाजा वा खानाको रूपमा फाल्की रहेको छ, जुन त्यही उत्पादन भएको मकै, गेडागुडीको झोलमा मुला वा मासु मिसाएर पकाइन्छ । छोटो अवधिको यात्रामा पनि फाल्कीको स्वाद लिएर त्यहाँबाट देखिने बिहानीको सुनौलो र रातो हिमाल सगरमाथाको दृष्यावलोकन गर्ने मनको इच्छा थियो । तर त्यसलाई थाति राखेर सल्लेरी बजार नजिकैको उच्च पहाडि क्षेत्र डाँडामा आफै उत्पति भएको ज्वालामाईको दर्शन तथा त्यहाँको नजिकको हरियाली वातावरण र त्यहाँका मानिसको रहनसहन अवलोकनले मननै आनन्दित भयो ।
यात्राको क्रममा बस्तीहरूमा युवाहरू न्यून संख्यामा भेटियो । तथापि यात्रामै एउटै नदीबाट ठाउँठाउँमा गरेर ६ वटा भन्दा बढी जलविधुत परियोजनाहरू सञ्चालन गरेको भए पनि १९ मेगावाटको बेनी हाइड्रोपावरको प्रत्यक्ष अवलोकन गर्ने अवसर मिल्यो । जहाँ तीन वटा टर्वाइन मध्ये एउटा मात्र सञ्चालनमा थियो । त्यो सँगै सोलुको उच्च पहाडमा रहेको ९ औँ अवतारी लामाको गुम्बा थुप्छेङ छुलुङ गुम्बाको अवलोकनमा पानीको बहाबबाट मानेहरू घुमाइरहेको दृश्यले मनै लोभ्याइएको छ ।
साथै हिमालको सौन्दर्यलाई प्रत्यक्ष अवलोकन गर्न मिल्ने सोलुखुम्बुको सोलुदुधकुण्ड नजिकको फाफ्लु विमानस्थलको अवलोकन गरियो । विदेशी पर्यटकहरूको आगमन न्यून भएको बेला त्यहाँ एउटा पनि विमान देख्न पाइएन ।
सोलुखुम्बुको प्राकृतिक तथा सामाजिक वस्तुस्थितिको अध्ययन अवलोकन पछि युगकवि सिद्धिचरण श्रेष्ठको जन्मभूमि ओखलढङ्गाको प्रत्यक्ष अवलोकन पनि गरियो । जुन एक मात्र ऐतिहासिक नगरको रूपमा परिचित छ ।
त्यो क्षेत्रमा सञ्चालित सूर्योदय साकोसले मूलत सदस्यको सहजतालाई प्राथमिकतामा राखेर ऋण लगानी गर्दा पनि ऋण चुक्ता सम्बन्धमा चुनौति बहन गर्नुपरेको अध्ययन भ्रमणले पाएको छ ।
ओखलढुङ्गा जिल्लाकै १४६.६१ क्षेत्रफलमा फैलिएको मानेभञ्ज्याङ गाउँपालिकाको जयरामघाट स्थित सुनकोसी नदीको किनारमा थकाइ पनि मारियो । यो गाउँपालिका साविकको ८ वटा गाविस मिलेर बनेको हो । यस गाउँपालिकामा राई, तामाङ, मगर, बाहुन, क्षेत्री, नेवार, कामी, दमाई, सार्की, माझी, भूजेललगायतका जातजाति र भाषाभाषिको बसोबास रहेको पाइयो ।
कृषि र पर्यटनमा आधारित उक्त गाउँपालिकाको लिब्जुभम्जु साकोस रेमिट्यान्समा आधारित भएर पनि सुलभ ठाउँमा बसाई सर्ने सदस्यहरू सहकारी भागेको हल्लाको भरमा बचत फिर्ता लिने र आर्थिक स्थिति कमजोर भएका सदस्यहरूको नियमित बचत सङ्कलनमा समस्याहरूको अध्ययन र अन्तक्रिया पनि गरियो ।
त्यसपछि खाना खाएर केत्तुके र हिलेपानीको सिद्धधाम हुँदै तेस्रो दिन विभिन्न सहकारीहरूको अध्ययन भ्रमण पछि नेवार बस्ती रहेको दिक्तेलको कुमाल गाउँतर्फ लाग्यौं । त्यहाँ पनि भक्तपुरमै पख्र्याेली घर भएका नेवारहरूसँग भेट गर्ने अवसर जुत्यो । नेवार भाषा बोल्ने नभएर त्यहाँका नेवारहरूले आफ्नो बिर्से तापनि नेवारहरूको पुख्र्योली नाच लाखे नाचलाई भने जीवन्तता दिइरहेको छ । त्यहाँ भक्तपुरमा रहेको केही थरहरू जस्तै बजिमय, सैंजू, श्रेष्ठ, जोशी, कसजू, ताम्राकार तथा शाक्य थर गरी १५६ नेवार घर रहेको छ । त्यहाँ १ किलोग्राममा ४ पाउ हुने जस्ता सामाजिक परम्पराको नापतोल रहेको छ ।
भ्रमणको चौथो दिन पूर्वको पशुपतिनाथ भनेर चिन्ने हलेसी महादेवको दर्शनमा त्यहाँ बुद्ध धर्मालम्बीहरूसमेतले त्यहाँ प्रार्थना गरेको पाउँदा धार्मिक सहिष्णुताको बलियो प्रमाण पाएँ । हलेसीको गुफामा नै भगवान शिवको बरदानलाई भष्मासुरले परीक्षण गर्न खोज्दा भगवान शिव त्यही गुफाबाट भागेको जनविश्वास रहेको छ । साथै त्यही गुफामा नै शङ्ख, श्रीपेच, नन्दी, गर्भद्वारलगायत थप्रै देवदेवता, शिवको खुट्टा आदि आकृति रहेको देख्न पाइन्छ । त्यो सँगै माथि डाँडामा रहेको ककनी मन्दिरको लागि भएको ट्रेकिङ गा¥हो भए तापनि गन्तव्यमा पुगिँदा त्यहाँबाट देखिने पहाडको सौन्दर्यले मनै लोभ्याइयो ।
चार दिने अध्ययन भ्रमणको समाप्ति पछि आफ्नै जन्मघर फर्किँदा सिन्धुलीको खुर्कोट बजार पनि घुमियो । त्यहाँ पाइने जुनार र त्यसको प्रसिद्धिले नेपाली फलपूmलमा बेग्लै स्थान बनाएको छ । साथै नेपालठोकको कुशेश्वर महादेवको दर्शनसँगै त्यहाँ भक्तपुरका सिकर्मी तथा डकर्मीले बनाएको कलात्मक मन्दिर तथा पाटीपौवाको संरचनाले अझ बढी सांस्कृतिक सौन्दर्यमा थप आकर्षित पनि गरियो ।
समग्र सहकारीको अध्ययन भ्रमणमा आर्थिक पक्ष भन्दा पनि बढी नयाँ सामाजिक वातावरण, नेपालको प्राकृतिक वातावरण, धर्मसंस्कृति लगायत मानिसहरूको रहनसहन लवाई खवाइसम्बन्धी ज्ञान प्राप्तिको लागि निक्कै फलदायी नै भयो ।
Leave a Reply