अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
बाँके, १४ माघ । नेपाल मजदुर किसान पार्टी वैजनाथ गाउँ समितिको आयोजनामा शनिबार एक प्रशिक्षण कार्यक्रम भयो ।
उक्त कार्यक्रममा नेमकिपा बाँकेका अध्यक्ष बखत थापाले पार्टी स्थापनाको आधारबारे प्रस्ट पार्दै नेमकिपा काम गरी खाने बहुमत जनताको हितमा स्थापना भएको हो भन्नुभयो ।
सामन्तवादी र पुँजीवादी व्यवस्था अन्त्य गरी समाजवाद स्थापना गर्ने यात्रामा लामबद्ध हुन आग्रह गर्दै उहाँले समाजवादी व्यवस्था स्थापना भएमा जनताको गाँस, बास, योग्यताअनुसारको काम र कामअनुसारको ज्यालाको बन्दोबस्त हुने विचार व्यक्त गर्नुभयो ।
कार्यकर्ताहरू कामदारवर्गका जनताको सेवामा इमानदारीपूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले हरियो घाँसभित्र लुकेका सर्परूपी चुसाहाहरूदेखि जहिल्यै सतर्क हुनुपर्छ भन्नुभयो ।
उहाँले राजनीति कमाइ खाने भाँडो होइन त्यो त निःस्वार्थपूर्वक देश र जनताको सेवा गर्ने राजनीति हो भन्नुभयो ।
नेमकिपा वैजनाथका अध्यक्ष तुल्सीप्रसाद आचार्यको सभापतित्वमा भएको सो कार्यक्रममा पार्टी जिल्ला उपाध्यक्ष गौरीकान्त आचार्य, सुर्जा थापा र मोहनलाल थापाले पनि बोल्नुभएको थियो ।
नारायणी चौधरीले स्वागत गर्नुभएको सो कार्यक्रममा भावना शाहीको कविता वाचन र स–साना नानीहरूको नृत्य प्रस्तुत गरिएको थियो ।
Leave a Reply