भर्खरै :

कीर्तिपुरमा स्थापना दिवस

कीर्तिपुरमा स्थापना दिवस

काठमाडौँ, १४ माघ । नेपाल मजदुर किसान पार्टी कीर्तिपुर नगर समितिको आयोजनामा ५० औँ पाटीृ स्थापना दिवस कीर्तिपुर नगरपालिका वडा नं. ५ मा आइतबार प्रवचन कार्यक्रम गरी मनायो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सनकमान महर्जनले नेमकिपा स्थापनाको इतिहसा, आधारहरू र उद्देश्यबारे प्रस्ट पार्दै नेमकिपा पुँजीवादी सरकारमा गएर फोहोर पानीले नुहाउने काम गर्दैन भन्नुभयो ।
उहाँले पुँजीवादी सरकारमा जानु पँुजीपतिहरूको सेवक बन्नु हो भन्दै ३४ वर्षको वहुदल गणतन्त्रबाट अन्य पार्टीको चरित्रले देखाएको छ भन्नुभयो ।
उहाँले नेमकिपा अन्तर्राष्ट्रियवादी पार्टी भएकोले विश्वमा अएको अन्याय, अत्याचार, सानो देशमाथि गरिने हस्तक्षेपको विरोधमा आवाज उठाउँदै आइरहेको बताउनुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं काठमाडौँ जिल्ला अध्यक्ष नारायण महर्जनले नेमकिपाको स्थापना नेपालको कम्युनिस्ट आन्दोलनमा देखापरेको संशोधनवाद र अवसरवादमा लिप्त ोटा विचारको कारणले भएको बताउनुभयो ।
उहाँले कम्युनिस्ट आन्दोलन जोगाउन धेरै पटक नेतृत्वमा बस्नेले सैद्धान्तिक र वैचारिक सङ्घर्ष गर्दा पनि नसुध्रेकोले पटन हुनुभन्दा फुट गरी नयाँ पार्टी स्थापना हुनु बुद्धिमानी काम गरेको बताउनुभयो ।
केन्द्रीय सदस्य राजवीर डंगोलले पार्टी स्थापनाको उद्देश्यबारे स्पष्ट पार्दै पार्टीका सबै कार्यकर्ताहरू जनताको घरदैलोमा पुगी राजनीतिक प्रशिक्षण दिनुपर्ने बताउनुभयो ।
आयोजक समितिका प्रशान्त महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा कृष्ण महर्जन, हरिकुमार महर्जन, अविरमान महर्जन, वाशमान महर्जन, विन्द्रा महर्जन, कान्छाबाबु महर्जनले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *