अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
उदयपुर, १४ माघ । नेपाल मजदुर किसान पार्टीको ५० औँ स्थापना दिवसको अवसरमा कटारी नपा वडा नं. ११ मा हर्देनीमा कार्यकर्ता भेला भयो ।
भेलामा नेमकिपा कोसी प्रदेश सदस्य महेन्द्र बखुन्छेले पार्टी किसानहरुको जगमा उभिएर स्थापना भएको बताउँदै नेमकिपाले देश र जनताको निःस्वार्थ रूपले सेवा गरिरहेको बताउनुभयो ।
उहाँले सार्वभौमसत्ता रक्षा गर्न रगरिबवर्गको हितमा काम गरिरहेको चर्चा गर्नुभयो । देशका ठुला कम्युनिस्ट भनिएका माओवादी, एमाले र समाजवादीजस्ता पार्टीहरु माक्र्सवाद, लेनिनवाद र माओ विचारधारामा सैद्धान्तिक विचलन आएको बारे उहाँले बताउनुभयो ।
नेमकिपा उदयपुर जिल्ला संयोजक विष्णुबहादु खत्रीले नेमकिपामा आबद्ध भई सैद्धान्तिक रूपमा परिपक्क हुन पार्टी प्रकाशनहरु निरन्तररूपमा अध्ययन गर्न जोड दिनुभयो ।
सो कार्यक्रममा पूर्ण बुढाथोकी, शिवजी त्वायनाबासु र ईश्वरबहादुर खत्रीले पनि बोल्नुभएको थियो । यसैगरी पार्टी स्थापना दिवसको अवसरमा कटारी नपा वडा नं. १४ को घुर्मीमा पनि वडा पार्टीको आयोजनामा छलफल कार्यक्रम भयो ।
Leave a Reply