अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, १४ माघ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग ताप्लेजुङ जिल्लाको सिदिङ्वा गाउँपालिकाका अध्यक्ष मानबहादुर राईले आइतबार भनपा सभाकक्षमा भेट गर्नुभयो । भेटमा उहाँहरूबिच दुई नगरपालिकाले शैक्षिक, सामाजिक, पर्यटन, आर्थिक क्षेत्रलगायतमा साझेदारी तथा प्राविधिक सहयोग गर्ने विषयमा कुराकानी भयो ।
प्रमुख प्रजापतिले गा.पा. अध्यक्ष राईलाई सांस्कृतिक नगरी भक्तपुरमा स्वागत गर्दै भक्तपुर नगरको विशेषताबारे प्रकाश पार्नुभयो ।
भक्तपुर नपाले समाजलाई बुद्धिजीवीकरण गर्ने नीतिले काम गरिरहेको बताउँदै उहाँले आकारमा सानो भए पनि भक्तपुर नपाले राष्ट्रिय स्तरमा उत्कृष्ट काम गर्दै आएको बताउनभुयो ।
भक्तपुर र सिदिङ्वा नपाबिच विभिन्न क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदान गर्न सकिने विषय उल्लेख गर्दै प्रमुख प्रजापतिले स्थानीय सरकारहरू आत्मनिर्भरताको बाटोतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।
सोही क्रममा गापा अध्यक्ष राईले ताप्लेजुङ जिल्लाको पूर्वी भूभागमा अवस्थित सिदिङ्वा गाउँपालिकाको मुख्य आयस्रोतको रूपमा कृषि, पशुपालन र जडिबुटी रहेको बताउँदै भौगोलिक विकटताले गर्दा यस गाउँपालिकाको विकास निर्माणमा ढिलाइ रहेको बताउनुभयो ।
भक्तपुरको शिक्षा मोडलबाट आफूहरू निकै प्रभावित भएको बताउँदै उहाँले सिदिङ्वा गाउँपालिकाले शैक्षिक सुधारमा विशेष ध्यान पु¥याइरहेको बताउनुभयो ।
सिदिङ्वा गाउँपालिकाका केही वडामा अझै मोटरबाटो विस्तार भई नसकेको बताउँदै उहाँले सिदिङ्वाको तिम्बुङ पोखरी पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपूर्ण स्थल रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले गापा अध्यक्ष राईलाई भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो ।
Leave a Reply