भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
काभ्रे, १४ माघ । साहित्य त्रैमासिक अक्षरमार्गको पनौती काभ्रेको ११ औँ वार्षिक उत्सवको अवसरमा आयोजित सम्मान तथा पुस्तक लोकार्पण कार्यक्रम शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल साहित्यिक पत्रकार सङ्घका केन्द्रीय अध्यक्ष एवम् साहित्यकार मोहन दुवालले साहित्यकारहरूमा नैतिकता चाहिने बताउनुभयो ।
उहाँले भन्नुभयो, “साहित्यकारले लेखेपछि त्यो समाजको सरोकार हुन्छ ।”
नेपाल स्रष्टा समाजका अध्यक्ष तथा साहित्यकार श्रीओम श्रेष्ठ रोदनले भाषा, साहित्यमा धेरै सम्मान हुने गरेको, तर सम्मानका माला लाउनेहरूले मुख लुकाएर हिँड्नुपर्ने गरी हतकडी लगाएका छन् भन्नुभयो ।
पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले संस्कारी समाज बनाउन कलमको खाँचो छ भन्नुभयो ।
अक्षरमार्गका प्रकाशक तथा सम्पादक सूर्यप्रसाद लाकोजूले सबै भाषा र साहित्यको उत्थान गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नगेन्दराज शर्मा, सनत रेग्मी, केके कर्माचार्य, गायत्री श्रेष्ठ, श्रीकृष्ण महर्जन, सुभद्रा बम्जन र डा. गोपाल पौड्याल मण्डनेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा साहित्यकार एवम् साहित्यिक त्रैमासिक अक्षरमार्गका प्रकाशक तथा सम्पादक सूर्यप्रसाद लाकोजूको दुई पुस्तक ‘सिर्जना लेखन कला’ र ‘अक्षरका स्वरूप’ मुक्तकसङ्ग्रह लोकार्पण भएको थियो ।
Leave a Reply