भर्खरै :

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

ब्याडमिन्टन प्रतियोगिता सम्पन्न

भक्तपुर, १६ माघ । भक्तपुर नगरपालिका वडा नं. १ खेलकुद समितिको आयोजनामा भएको ब्याडमिन्टन प्रतियोगिताको समापन समारोह मङ्गलबार भयो ।
उक्त समारोहमा नेमकिपा जिल्ला समिति भक्तपुरका अध्यक्ष एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले खेलकुद क्षेत्रको विकासले देशको इज्जत राख्न र रक्षा गर्नमा टेवा पुग्ने बताउनुभयो ।
स्थापनाकालदेखि अविचलित नभई देश र जनताको पक्षमा निरन्तर अघि बढिरहेको औँल्याउँदै उहाँले काम गरी खाने वर्गको पक्षमा नेमकिपा सङ्घर्षरत भएको प्रकाश पार्नुभयो ।
युवा तथा खेलकुद समिति भनपाका संयोजक एवम् भनपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्वस्थ जीवन बिताउन खेलकुद आवश्यक भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर जिल्ला ब्याडमिन्टन सङ्घका अध्यक्ष राजेन्द्र प्रजापतिले खेलाडीहरूलाई प्रोत्साहन गर्न भौतिक पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाल क्रान्तिकारी युवा सङ्घ भनपा १ खेलकुद समितिका अध्यक्ष लक्ष्मीसुन्दर सुवालले खेलले अनुशासित र एकताको भावना जगाउने विचार व्यक्त गर्नुभयो ।
प्रतियोगितामा नःपुखु ब्याडमिन्टन क्लवका पुण्यराम स्वंगमिखा, प्रशान्त देशेमरु र विकास पञ्चको टोली प्रथम भएको थियो ।
विजयी टोली या सफल खेलाडीहरूलाई अतिथि गोसाईले प्रमाणपत्र तथा पुरस्कार वितरण गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *