नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)
दिवस, समारोह, आदर्श मजदुरहरू, वीर उपाधि प्राप्त व्यक्तिहरू र अन्तर्राष्ट्रिय मित्रहरूको परिचय गोष्ठीजस्ता सामाजिक सभाहरूबाहेक बालकहरूद्वारा आयोजित प्रदर्शनीहरूजस्ता सामाजिक गोष्ठीहरू स्कूलपछि सङ्गठित गर्ने गर्छन् । उनीहरू साना साना दलमा विभाजित भई वैज्ञानिक, प्राविधिक, कला र शिल्पकला सिक्ने खालका गतिविधिहरूमा भाग लिएर वास्तविक काम र प्रयोगद्वारा बालकहरूकै बिचमा आपसमा आफ्नो क्षमता र कुशलतालाई विकसित गर्छन् । अहिले ३० भन्दा बढी यस्ता दलहरू छन् । दरबारले बालकहरूका लागि सांस्कृतिक र मनोरञ्जनको केन्द्रको रूपमा सेवा गर्छ । तिनीहरू यहाँ आएर पढ्छन्, चेस र अरू खेलहरू खेल्छन्, सिनेमा र अरू यस्तै प्रकारका आकर्षक कार्यक्रमहरू हेरेर आनन्द उठाउँछन् । बालदरबारले बाल उत्सव र प्रदर्शनीहरूजस्ता नगरव्यापी बाल कार्यकलापहरूको आयोजना बरोबर गरिरहन्छ । बालदरबारको विविध योजनाहरूले एकातिर ती कार्यकलापहरूमा सिधा भाग लिन्छन्, बालकहरूलाई शिक्षित पार्दछन् जसले अर्कोतिर स्कूलहरूको सांस्कृतिक र प्राविधिक कार्यहरूका आयोजनाहरूलाई मद्दत दिन्छन् । यसको अनुभव, तरीका र निर्देशित कुराहरूले बालकहरूको स्कूलपछिका कार्यकलापहरूलाई विकसित गर्न योङ पायनियरहरूको शिक्षक र निर्देशकहरूको लागि मद्दत हुन जान्छ । बालदरबारमा ६ सय मानिसहरू अटाउने एक सभागृह, एक सिनेमा हल, एक प्रदर्शनी हल, स–साना दलहरूको कार्यकलापको लागि २० कोठाहरू, ५० भन्दा बढी देशको उपहारहरू प्रदर्शित गरिएको एक अन्तर्राष्ट्रिय मैत्री आँगन र ३०,००० भन्दा बढी पुस्तकहरू भएको एक पुस्तकालय पनि छ ।
बालदरबारको मुख्य काम घर र स्कूलद्वारा दिइएका शिक्षामा मद्दत दिनु र बालकहरूलाई एक उच्च समाजवादी चेतना र संस्कृतियुक्त कामदार जनतामा विकसित गराउनु हो ।
बाल मन्दिरमा करिब ४ बजे हाम्रो मोटर रोक्यो । मोटरबाट ओर्लनासाथै बालदरबारको अगाडि एक सानो हरियो चौर देख्यौँ । चौरमा ल्यु हु लानको एक सालिक उभिएको छ । चौर र दरबारको चारैतिरको हरियाली सा¥है मनमोहक छ ।
ल्यु हु लान चीनको एक क्रान्तिकारी केटी हुन् । उहाँको जन्म १९३२, ८ अक्टोबरको दिन चीनको शात्शी प्रान्तको वनश्वे काउन्टीको युनचोशी गाउँमा भएको थियो । त्यसबेला त्यहाँका जनता जमिनदार, ठुला कर्मचारी, युद्ध सरदार र कोमिङताङ प्रतिक्रियावादीहरूको अत्याचारमा पिसिरहेका थिए । ल्यु हु लानको जन्म र लालनपालन एक रुढिवादी मध्यम किसानको घरमा भए पनि त्यसबेला चीनमा ठुलठुला परिवर्तनहरू भइराखेका थिए । १९३६ मा ल्यु हु लान ४ वर्षको मात्र हुनुहुन्थ्यो । प्रतिक्रियावादी कोमिङताङ पतीत भएर चीनलाई बेचिरहेको थियो । जापानी साम्राज्यवादी ‘चीनको पर्खाल’ लाई पार गरेर उत्तरी चीनमा हमला गर्दै थियो । अध्यक्ष माओको नेतृत्वमा चीनका मजदुर किसानहरूको लालसेना ८,००० माइल लामो महान् अभियान समाप्त गरेर जापानी साम्राज्यवादीहरूको हमलाको मुकाबला गर्न उत्तरमा पुगिसकेको थियो ।
जनवरी १९३८ मा वनश्वे काउन्टीको केन्द्र जापानीहरूले कब्जा गरे । त्यो ठाउँ ल्यु हु लानको गाउँबाट ७ माइलमात्र टाढा थियो । त्यसबेला त्यहाँका भूमिगत कम्युनिस्ट पार्टीका सदस्यहरूले स्थानीय जनतालाई जापानको विरोधमा लड्न एक छापामार दल सङ्गठित गर्यो र वनश्वेको मैदानमा हतियार भिडेका किसानहरूको चहलपहल बढ्न थाल्यो र जनताको एक जापानविरोधी जनवादी काउन्टी सरकार कायम ग¥यो । जुन काउन्टी सरकारको मेजिस्ट्रेट १९ वर्षको एक कम्युनिस्ट युवक कु युङ थ्ये थिए । १९४५ मा जापानले आत्मसमर्पण गर्यो । १ सेप्टेम्बरको दिन आठौँ पैदल सेनाले वनश्वे काउन्टी मुक्त ग¥यो । तर, ९ सेप्टेम्बरका दिन च्याङ काईशेक र येन शी–शानको सेनाले जापानी र कठपुतली सेनाको मद्दतले मुक्त वनश्वेमाथि हमला सुरु ग¥यो । त्यसबेला युन च ओशीको उत्तरपूर्व दुई तीन माइल पर महिलाहरूको एक प्रशिक्षण गर्ने व्यवस्था गर्यो । गाउँका छात्रहरू धमाधम भर्ना हुनलागे । तर, ल्यु हु लानले जब यो कुरा थाहा पाउनुभयो, आफू पनि त्यस प्रशिक्षणमा भाग लिन घरमा अनुमति माग्नुभयो । त्यसबेला उहाँ १३ वर्षकै मात्र हुनुहुन्थ्यो । घरमा कसैले पनि उहाँलाई तालिममा जान मञ्जरी नदिएकाले ल्यु हु लान र यी–लान भन्ने एक केटी पनि घरबाट भागेर प्रशिक्षण कक्षामा सामिल हुन पुग्नुभयो ।
प्रशिक्षित भएपछि ल्यु हु लानले पार्टीले दिएको सबै कामहरू सकेसम्म छिटो र प्रभावोत्पादक ढङ्गले कुशलतापूर्वक गर्नुभयो । १९४६ मईमा भएको मुक्त क्षेत्रहरूको भूमिसुधार आन्दोलनमा दिलोज्यान दिएर काम गर्नुभयो । १९४५ मा च्याङ काईशेक प्रतिक्रियावादीहरू र येन शी शान गुटले जापानसामु आत्मसमर्पण गरिसकेको थियो । १० महिनापछि जापानसँग मिलेर १५,००० सैनिक शक्ति जम्मा गरेर तिनीहरूले वनश्वे मुक्त क्षेत्रमा फेरि हमला गरे । तर, वनश्वेका जनताले वीरतापूर्वक आफ्नो रक्षा गरे र शत्रुमाथि जबरजस्ती धक्का पु¥याए ।
त्यसबेला ल्यु हु लानले युन च ओशी महिला समितिको आठौँ पैदल सेनाको लागि चन्दा जम्मा गर्ने र मुख्यरूपले जुत्ता बनाउने काममा भाग लिनुभयो ।
१९४६ मा जब उहाँ १४ वर्षको मात्र हुनुहुन्थ्यो, कम्युनिस्ट पार्टीको सदस्यताको लागि दर्खास्त राख्नुभयो । त्यसबेला ल्यु हु लान क्रान्तिकारी काममा जसरी समय लगाउनुहुन्थ्यो, त्यस्तै कम्युनिज्म (साम्यवाद) को महान्ताको विषयमा त्योभन्दा राम्रोसँग बुझ्न लाग्नुभएको थियो । उहाँ किसान मजदुरहरूलाई आफ्नै दाजुभाइजस्तो व्यवहार गर्नुहुन्थ्यो । त्यसबेला कम्युनिस्ट पार्टीको सदस्य बनाउन १८ वर्ष चाहिन्थ्यो र वनश्वेको पाँचौँ जिल्ला पार्टीमा ल्यु हु लानको सदस्यताको विषयमा धेरैपटक बहस भयो र सङ्गठनको अधिकारीले प्रार्थनापत्रमा टिप्पणी लेख्यो, “उनी इमानदार र भरोसा गर्न लायककी केटी हुन् । जापानको आत्मसमर्पणभन्दा पहिले नै सम्पर्कमा काम गरेकी थिइन् । प्रशिक्षणपछि उनी निख्रिसकेकी (शङ्कारहित) छिन् । खालि एउटै कुरो छ अहिले उनी सा¥है सानी छे ।” फेरि उनले लेखे, युन च ओशीको महिलाहरूमा एक जना पनि पार्टी सदस्य छैन, जसले काममा रोकावट आउने गरेको छ । लामो बहसपछि १८ वर्ष पुगेपछि पूरा सदस्यता प्रदान गर्ने गरी उहाँलाई उम्मेदवार सदस्य बनाउने जिल्ला पार्टीले निर्णय गर्यो । त्यो एउटा गौरवको कुरो थियो ।
१९४६ ग्रीष्म कालमा ल्यु हु लानको घरबाट विवाह गरिदिने बन्दोबस्त गर्यो । तर, ल्यु हु लानले त्यस विवाहको विरोध गर्नुभयो । उहयेन शी शानका सैनिकहरूले ाँले आठौँ पैदल सेनाको बाङ पन कू भन्ने बा¥हौँ रेजिमेन्टको एक कम्पनी कमान्डरसँग पार्टीका साथीहरूसँग सल्लाह लिएर विवाह गर्नुभयो ।
८ जनवरी १९४७ मा युन च ओशी मातारपाङ गाउँबाट येन शी शानका सैनिकहरूले अचानक हमला गरे र गिरफ्तारी सुरु गर्न थाले । ठाउँठाउँमा मेसिनगनको पहरा थियो । १२ जनवरीको दिन उहाँ गाउँ छोड्न लाग्दा पक्राउमा पर्नुभयो र गाउँको मन्दिरमा ल्यु हु लान र अरू किसानहरूले पनि सँगै शत्रुको गोलीद्वारा वीरगति प्राप्त गर्नुभयो । शत्रुको पञ्जामा उहाँले अलिकति पनि आफ्नो शिरलाई झुकाउनुभएन र अन्तसम्ममा आफ्नो विश्वासप्रति अटल रह्नुभयो । आखिरमा शत्रुकै हातबाट वीरगति प्राप्त गर्नुभयो ।
२ फेब्रुअरीमा वनश्वे काउन्टी फेरि मुक्त भयो र विजय समारोहमा चिनियाँ कम्युनिस्ट पार्टीको तानसी श्वेश्वेन उपब्युरोले निम्न वक्तव्य प्रसारित गर्यो, “कामरेड ल्यु हु लानले पार्टीमा सामेल भएपछि आफूलाई बफादार र बहादुर साबित गरेकी छिन् । उनले पार्टी र जनताको लागि आफ्नो जीवन बलिदान गरिन् । शत्रुको अगाडि निर्भिक भएर एक कम्युनिस्ट जस्तै उज्ज्वल आदर्श प्रस्तुत गरिन् । यसको लागि हामी उनको मृत्युपछि कम्युनिस्ट पार्टीको पूर्ण सदस्यता प्रदान गछौँ ।”
चिनियाँ जनताका महान् नेता र ल्यु हु लानका सर्वाधिक सम्मानित शिक्षक, अध्यक्ष माओ त्सेतुङले यी शब्दहरूमा उनीप्रति सम्मान प्रकट गर्नुभएको छ, “महान् जीवन ! गौरवशाली मृत्यु !”
ल्यु हु लानको सेतो, निर्भिक सालिक देख्नासाथै मलाई ल्यु हु लानको गौरवमय कथा सम्झेँ र मेरो आँखाबाट श्रद्धाका दुई आँसु झरे । बालदरबारको हरियो चौरमा साँच्चै ल्यु हु लान नै उभिनुभएको जस्तो देखिन्थ्यो उहाँको सालिक ।
हामीले बालदरबारका सबै विभागहरू हेर्याैँ र बालकहरूले स्वागत गीत र नाचहरू पनि प्रस्तुत गरे । हामीले विज्ञान र अरू कोठाहरूमा विभिन्न दलहरूका आ–आफ्नो गतिविधिहरू पनि हे¥यौँ । साथै त्यहाँ एउटा प्रदर्शनी लागेको थियो ।
प्रदर्शनीमा ४ जना केटाकेटीहरूले बनाएका रेडियो कन्ट्रोल हवाईजहाज, अर्को दलले जडान गरेको मोटरको इन्जिन प्रदर्शित गरेको थियो । अरू दलहरूले पनि हेलिकप्टर रेडियो अपरेटिङ ४ वटा स–साना पानीजहाजहरू, रोक्कोन (हिँड्ने मेसिनको मान्छे जसलाई आजभोलि रोबोट भनिन्छ) आदि विज्ञानका मालसामानहरू प्रदर्शित थिए । अर्कोतिर एउटा बोर्डमा एक हिसाब गरिराखेको थियो । भनिन्थ्यो, त्यो हिसाब सा¥है गा¥हो थियो, शिक्षकहरूको लागि पनि । तर, त्यो हिसाब १३ वर्षका एक बालकले गरेको थियो । १२–१३ वर्षका एकजना अर्को केटाले सयौँ प्रकारको कीरा फट्याङ्ग्राहरू जम्मा गरेको रहेछ । त्यो एउटा बोर्डमा पिनले गाडेर नाउँसमेत दिइराखेको थियो । त्यसमा हरेक साइज र प्रकारका पुतली र कमिलाहरू पनि थिए । यस प्रकारका प्रदर्शनीमा देखाइएका वस्तुहरूको गाइड अथवा निर्देशक उनीहरू आफैँ या दलका एकजना बसिरहन्थ्यो । अर्को कोठामा हामीले एउटा टेलिभिजन सेट देख्यौँ । त्यो टेलिभिजन सेट शिक्षकहरूको सहायताले त्यहाँका केटाहरूले बनाएका थिए, जो ८९ युआनले तयार भएको थियो । त्यही ठाउँमा इलेक्ट्रोनिक प्रभावले चल्ने मेसिनहरू पनि बनाइएको थियो । त्यो पनि शिक्षकहरूकै मद्दतले बालदरबारको एक दलले बनाएको थियो । त्यो मेसिन चलिरहँदा अथवा चलिरहेको बेला कुनै खतरा भयो भने यसो हातमात्रै उठाएमा मेसिन चल्न बन्द हुन्छ र अप्रिय घटन घट्ना पाउँदैन ।
यस प्रदर्शनीको गतिविधिहरूमा भाग लिने विद्यार्थीहरूको खास योग्यता मिडिल स्कूलको मात्रै थियो । मतलब यसमा लागेका विद्यार्थीहरू खास गरेर मिडिल स्कूलसम्मका हुन्छन् । माथि उल्लेख गरेका वस्तुहरू बनाउने, सञ्चय र प्रदर्शनी देखाउने कुरा मिडिल स्कूलका विद्यार्थीहरूको लागि के ठुलो कुरो होइन ? राम्रै विचार गर्ने हो भने मलाई त सम्भव लाग्यो । तर, जब मैले प्रदर्शनीमा प्रश्नमाथि प्रश्न गर्ने र तिनीहरूबाट पाएको उत्तर पूर्णतया पक्का र पूर्ण थियो जसमा मैले बढी शङ्का गर्ने आवश्यकता देखिन । प्रश्नको उत्तरमा तिनीहरूले देखाइएका वस्तुहरूमा पार्टपुर्जालाई साना छडीले छोएर देखाई प्रस्टसँग सम्झाउँथे । यी सब कुराहरू हेरेर मलाई कम आश्चर्य लागेन ।
रेडियो कन्ट्रोल मोटर, ३७ इलेक्ट्रोनिक क्यालकुलेटर, आठ भोल्टको रेडियो, काट्ने कारखाना आदि अनेक प्रकारका वस्तुहरू देखाइएका थिए । ८ भोल्टको रेडियो १३ वर्षका केटाले बनाएको थियो र इलेक्ट्रोनिक क्यालकुलेटर मिडिल स्कूलका केटाहरूले बनाएका थिए । १७ वर्षको एक केटोले १ माउमा १११५ क्याटिज अन्न उत्पादन गर्नमा सफल भए । त्यस्तै अनेक प्रकारका रासायनिक मल र औषधिको प्रयोगले उत्पादित बिरुवाहरू र अनेक प्रकारका मालसामानहरू देखाएका थिए ।
करिब २ घण्टा प्रदर्शनी हेर्नमा लगायौँ । अरू पनि धेरै विद्यार्थीहरू प्रदर्शनी हेर्न आएका थिए– शाङ्घाईको कुनाकाप्चाबाट । सबै दर्शकहरू खूब चाख दिएर सुनिरहन्थे र निर्देशक भन्दै जान्थ्यो । स्कूलका विद्यार्थीहरू आफ्नो नोटबुकमा लेख्दै जान्थे । उनीहरू बिचबिचमा निर्देशकलाई प्रश्न पनि गर्दै जान्थे ।
यी सब कुराहरू र तौरतरिकाहरू हेरेर अचम्म लाग्यो । विज्ञान र प्राविधिक ज्ञानमा चीनले केही वर्षभित्रै ठुलो उन्नति गर्न सक्ने कुरो निर्विवाद देखेँ । वास्तवमा चिनियाँ शिक्षा नीति सा¥है राम्रो देखियो ।
बालदरबारका सञ्चालकहरूसँग बिदा लिनु भन्दा अगाडि हामी फेरि स–साना केटाकेटीहरूको सांस्कृतिक तालिम विभागमा गएर बिदाइको गीत सुन्याँै र नाच हेरौँ । विज्ञानको प्रयोगात्मक कक्षा हेर्यौँ । विद्यार्थीहरू सायद रासायनिक शास्त्रसम्बन्धी कुनै प्रश्न हल गर्दै थिए । एक शिक्षक चारैतिर दृष्टि दिँदै हुनुहुन्थ्यो । विद्यार्थीहरू आफ्नो नोटबुक हेर्दै काम गर्दै थिए । बिचबिचमा आफूलाई कठिनाइ पर्नासाथै हात उठाउँथे र शिक्षक उसको मद्दत गर्न गइहाल्नुहुन्थ्यो । कोठा पूर्णतया शान्त थियो ।
हाम्रो एक दुई वटा प्रश्नहरूको उत्तर पनि सञ्चालकहरूले दिनुभयो । त्यसपछि बालदरबारबाट बिदा लिएर हाम्रो मोटर हाङचाउको लागि रेलवे स्टेसनतिर लाग्यो ।
Leave a Reply