भर्खरै :

नाटोमा फूट, बहुध्रुवीय महाशतिmको उदय, तेस्रो विश्व युद्धको सँघारमा

नाटोमा फूट, बहुध्रुवीय महाशतिmको उदय, तेस्रो विश्व युद्धको सँघारमा

अमेरिकी साम्राज्यवादले सैनिक शक्तिको रूपमा प्रयोग गर्दै आएको नाटो फूटको सङ्घारमा पुगेको छ । फेब्रुअरी २०२३ मा सुरु भएको रुस र युक्रेनको लडाइँमा नाटो छद्मयुद्ध लड्दै छ । नाटोसँग खुलेर युक्रेनको लडाइँमा आउन सक्ने तागत रहेन । युक्रेनका राष्ट्रपति जेलेन्स्की भन्दै छन् “हामीमाथि ढोका भयो । युक्रेनमाथिको हस्तक्षेप संरा अमेरिका र नाटोको हस्तक्षेप हो । हामी कुनै पनि मूल्य चुकाउन तयार छौँ भनी आश्वासन दिने अमेरिकी महाशतिm र नाटो आज निरीह बनेका छन् । जेलेन्स्की रोईकराई नाटो राष्ट्रहरूको घरदैलो चहारी हतियार र सहयोगको भिख मागिरहेका छन् । यस्तो अवस्था आउनुको कारण नाटो सदस्य राष्ट्रभित्रका हङ्गेरी, स्लोभाकिया, टर्कीजस्ता देशहरू रुसविरुद्धकोे नाटोको प्रस्तावको विरुद्ध उभिएका छन् ।
युक्रेनलाई ५५ अरब डलर सहयोग गर्ने नाटोको प्रस्तावलाई हङ्गेरीले भिटो प्रयोग गरी असफल बनाई दिएको छ । टर्की, हङ्गेरी स्लोभाकियाले रुसमाथिको आर्थिक प्रतिबन्धको विरोध गर्दै आएका छन् । जर्मनी, फ्रान्सजस्ता देशहरूले रुसमाथि लादिएको नाकाबन्दी चिरेर प्राकृतिक ग्यास, तेल, गहुँजस्ता खाद्यवस्तु रुसबाटै खरिद तथा आपूर्ति गर्दै आइरहेका छन् । रुसमाथिको नाकाबन्दीलाई अस्वीकार गरिरहेको नाटो राष्ट्रहरूको कार्यलाई टुलुटुलु हेर्न संरा अमेरिका विवश छ । नाटोभित्रका कुनै पनि सदस्य राष्ट्रको विरोधस्वरूप भिटो प्रयोग गरेको अवस्थाले गर्दा रुसविरुद्धको नाकाबन्दी असफल हँुदै आएको छ । फ्रान्सका राष्ट्रपतिले हामी अमेरिकाको कर्मचारी होइनौँ भनी टिप्पणी गरेका छन् । रुससँग शत्रुता मोल्न फ्रान्स तयार देखिँदैन । आज युक्रेनलाई कसैले फाइटर प्लेन दिन तयार छैन । युक्रेन रुसको युद्धपश्चात् एकध्रुवीय महाशक्ति अमोरिकाको प्रभाव विश्वबाट अन्त्य भइसकेको छ । विश्वमा अनेक राष्ट्रमा रहेको अमेरिकी सैनिक अखडा सुरक्षित छैन । इराक र सिरियामा रहेको सैनिक अखडामा बारम्बार मिसाइल आक्रमण भएको छ । २७ जनवरीमा जोर्डनको सैनिक अखडामा भएको आक्रमणमा ३ सैनिकको मृत्यु र पचासौँ सैनिक घाइते भएका छन् । यसको दोष इरानमाथि लगाइएको छ । अमेरिकी राष्ट्रपति बाइडेनले उक्त आक्रमण इरानको लागि घातक हुने चेतावनी दिएका छन् । सिरियामा रहेको अमेरिकी सैनिक क्याम्पबाट फर्काउँदै छ । अहिले अमेरिकी एकध्रुवीय महाशक्तिको अन्त्यसँगै बहुध्रुवीय महाशक्तिको उदयको सङ्केत देखिन थालेको छ । प्राकृतिक तेलमा धनी मध्यपूर्व खाडी राष्ट्रहरूबिच अमेरिकी महाशक्तिविरुद्ध इरान खुलेर अगाडि भिड्न तयार भएको छ । इरान खाडी अरब भूमिलाई अमेरिकाबाट मुक्त गर्न शङ्खघोष गर्दै छ ।
आफ्नो शत्रु राष्ट्रसँग १० औँ वर्ष युद्ध गरिसकेको इराकले इरानसँग मित्रताको हात बढाएर दुई देशबिच अमेरिकाविरुद्ध सैनिक मोर्चा बनाउन सफल भइरहेको छ । यसले दुई देशबिच समधुर सम्बन्धको विकास गरेको छ । हालसालै चीनको मध्यस्थतामा अरबको एक शक्तिशाली देश साउदी अरबसँगको दुश्मनी अन्त्य गरेर इजरायलविरुद्धको सङ्घर्षमा अरबी देशहरू सँगै रहन बाध्य तुल्याएको छ । अरब भूमिबाट साउदी अरबजस्तो शक्तिशाली देश अमेरिकी हातबाट गुमिसकेको छ । खाडी राष्ट्रहरूमध्ये एक शक्तिशाली देश टर्की अरब भूमिको विभिन्न राष्ट्रहरूमा रहेको सैनिक अखडा जोगाउन विश्वयुद्ध गर्नसमेत तयारीको अवस्थामा पुगेको कुरा धेरै राजनैतिक विश्लेषकहरूले बताउन थालेका छन् । यसरी नै अमेरिकी साम्राज्यविरुद्ध अर्को ध्रुव अगाडि आउँदै छ । जुन अमेरिका, बेलायत, युरोपिय युनियनको लागि टाउको दुखाइको विषय बन्दै छ । २०२३ फेबु्रअरी २४ मा युक्रेन र रुसको युद्धपश्चात् अमेरिका, बेलायत र नाटोविरुद्ध रुस, चीन, उत्तर कोरिया, भेनेजुयला, चिली, क्युवालगायतका देशहरूको मोर्चाबन्दी सुरु भइसकेको छ । पुटिनको चीन भ्रमणमा रुसी सैनिक टेक्नोलोजी चीनलाई दिनेजस्ता सैनिक सम्झौताहरू गरिसकेको छ ।
यसरी अब अमेरिकी साम्राज्यवादको अन्त्य हुन लागेको छ । विश्वमा तेस्रो निर्धन राष्ट्रहरूको जनवादी आन्दोलनले समाजवादी आन्दोलनको सफलता नजिकिँदै छ । तेस्रो अविकसित राष्ट्रहरूमाथि विस्तारवादी, साम्राज्यवादी देशको हस्तक्षेप अब हुनसक्दैन । अब समाजवादी क्रान्तिको दिशालाई दमन र हस्तक्षेपको कारण डुब्न लागेको अमेरिकी महाशक्तिको विरुद्ध प्रतिरोध गर्ने शक्तिको निर्माण तयार गर्दै छ । प्रत्यक्ष या अप्रत्यक्षरूपमा स्वतन्त्र देशहरूमाथि हस्तक्षेप गर्ने विस्तारवादी, सामाज्यवादी देशसँगको लडाइँमा अर्को बहुध्रुवीय शक्तिले न्यायोचित सङघर्षमा साथ र सहयोग पाउने सम्भावना बढेको छ । प्रतिक्रियावादी सरकारलाई जनताले फाल्ने समय नजिकिँदै छ । समाजवादी क्रान्ति सम्भव छैन भन्नेहरूले आजको विश्वको राजनीति कता गइरहेको छ भन्ने बुझ्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *