नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
विन्डहोक, ४ फेब्रुअरी (सिन्ह्वा) । नामिबियाका राष्ट्रपति जी गिन्गोबको निधन भएको छ । राष्ट्रपति हेज जी गिन्गोबको आइतबार बिहान राजधानी विन्डहोकस्थित अस्पतालमा उपचारका क्रममा निधन भएको राष्ट्रपति कार्यालयले घोषणा गरेको छ । उहाँ क्यान्सर पीडित हुनुहुन्थ्यो ।
“अत्यन्तै दुःख र खेदका साथ यो जानकारी गराउँदछु – प्यारा डा. हेज जी. गिन्गोब, नामिबिया गणतन्त्रका राष्ट्रपति, आइतबार बिहान ४ बजे लेडी पोहाम्बा अस्पतालमा निधन भएको छ,” राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “नामिबियाले जनताको एक जना प्रतिष्ठित सेवक, मुक्ति सङ्घर्षका प्रतीक, हाम्रो संविधानको प्रमुख संरक्षक र सारा नामिबियाई जनताको घरको स्तम्भ गुमाएको छ ।”
शनिबारमात्रै उपराष्ट्रपति एम्बुम्बाले राजधानी सहर विन्डहोकको लेडी पोहम्बा अस्पतालमा क्यान्सरको केमोथेरापी उपचार गराएपछि गिन्गोब गम्भीर तर स्थिर अवस्थामा रहेको जानकारी गराउनु भएको थियो । उहाँ ८२ वर्षका हुनुहुन्थ्यो ।
Leave a Reply