भर्खरै :

शासक दलहरूले किन बेचे आफ्ना उद्योगहरू

शासक दलहरूले किन बेचे आफ्ना उद्योगहरू

केहीले भने, निर्वाचन जित्नको लागि शासक दलहरूले उद्योग र कलकारखानाहरू मारवाडी र भारतीय मूलका पुँजीपतिहरूलाई बेचे । केहीले भने, सोभियत सङ्घको नक्कल गरी देशको कलकारखाना वा उद्योगहरू निजीकरण गरी मजदुर र कम्युनिस्टहरूलाई कमजोर बनाउन गरेका हुन् । केहीले भने, भारतीय एकाधिकार पुँजीले समाजवादी देशहरूले दिएका उद्योग र कलकारखानाहरूको नयाँ नयाँ यन्त्रहरू र नयाँ नयाँ जानकारी लिन बेचेका हुन् ।
सन् १७७५ मा बेलायतमा औद्योगिक क्रान्ति हुँदै थियो । बेलायतले आफ्ना आधुनिक कलकारखानाका यन्त्रहरू, त्यसका नमुना र नक्कलहरू देश बाहिर जान रोक लगायो । त्यसबारे जानकार मजदुर कालीगडहरूलाई विदेशीलाई सिकाउलान् भनी देश छोड्न दिँदैनथ्यो ।
पूर्वको झ्याल ढोका बन्द गरेर प्रकाशलाई छेक्न खोजे पश्चिम दिशाको झ्याल–ढोकाको कापकापबाट प्रकाश छिरेजस्तै बेलायतका जानकार कालीगडहरू अमेरिका भागे र आफ्नै धागो काट्ने कारखाना र कपडा बुन्ने तानहरू सञ्चालन गरे । यसरी अमेरिकीहरूले १८१२–१४ सम्ममा सयौँ भापले चल्ने धागो काट्ने र लुगा बुन्ने कारखानाहरू स्थापना गरे । पछि एक एक पाइला चालेर अमेरिकाले पहिलो पुँजीवादी देश बेलायतलाई पछा¥यो ।
सोभियत सङ्घमा स्तालिनको मृत्युपछि युवा नेताहरूको नाममा गोर्भाचोभजस्ता सिद्धान्तहीन, विश्वासघाती र देशद्रोहीहरू सत्तामा पुगे । वर्षौँदेखि मेहनत र अध्ययनबाट प्राप्त अन्तरीक्ष, उद्योग, आणविक क्षेत्र र अन्य रणनीतिक महत्वका गुप्त जानकारीहरूलाई ‘ग्लासनोस्ट’ (पारदर्शिता) र पेरेस्त्रोइका’ (पुनःसंरचना) को नाउँमा उनीहरूले सबै गोप्य र उपलब्धिहरूलाई आफ्नो राजनैतिक शत्रु संरा अमेरिकालाई सुम्पे । यसबारे सुन्नमा आएअनुसार धेरै धेरै वैज्ञानिक र प्राविधिकहरूले निराश भएर आत्महत्या गरे, कति पागल भए तथा विदेशमा शरण लिए ।
आखिर शत्रुहरूको तारिफ र चिप्लो घसाइबाट फसाइएका अनुभवहीन र भावुक युवाहरूको नेतृत्वले एक महाशक्ति सोभियत सङ्घलाई रसातलमा पु¥याएरै छोडे । यसबारे गोर्भाचोभलाई टर्कीमा एक पत्रकारले ‘सोभियत विघटन र समाजवादको पतनबाट दुःख लागेन’ भन्ने प्रश्नको उत्तरमा उनले भने, “मेरो जीवनको उद्देश्य नै यही हो, मलाई केको दुःख ¤?”
पछि चर्चामा आयो – गोर्भाचोभकी पत्नी रोजीयाको बाजेले दोस्रो विश्वयुद्धमा जर्मनीलाई गुप्त सूचना चुहाएको हुँदा उनलाई ज्यान सजाय दिएको थियो ।
देश जस्तोसुकै ठुलो भए पनि, प्राकृतिक स्रोत र साधन अथाह भए पनि, विज्ञान र प्रविधि विकास अयोग्य र दुष्टहरूको हातमा गएमा एउटा पुस्ताभित्रै देश पातालमा पुग्ने उदाहरण सोभियत सङ्घ वा आजको रूस हो ।
नेपालका उद्योगहरू भृकुटी कागज कारखाना, बाँसबारी छाला तथा जुत्ता कारखाना, कृषिऔजार कारखाना, जनकपुर चुरोट कारखाना, चिनी कारखाना, नेपाल रोजिन र तारपेन्टाइन कारखाना र अन्य धेरै कारखानाहरू सा¥है सस्तोमा निजीकरण गर्दै ती कारखानाहरू विदेश पु¥याइए । मािथ उल्लेख भइसकेको छ – बेलायतले आफ्नो कारखानाबारे जानकारीसमेत दिँदैनथ्यो र जानकारहरूलाई समेत विदेश पठाउन्नथ्यो – आफ्नो उद्योग र व्यापारको विकासको निम्ति । तर, देशको अर्थमन्त्री विदेशी लगानीको निम्ति बिन्तीभाउ गर्दै छन् । दुई प्रतिशत फाइदा लिएर ९८ प्रतिशत अरूको हितको निम्ति किन विदेशी लगानी नेपालमा गराउने ?
उद्योग र सेवा होस् वा व्यापार होस् आ–आफ्नो हित प्राथमिकतामा रहन्छ । ‘चीनविरूद्ध संरा अमेरिकी व्यापार युद्धबारे’ ६० पृष्ठको पुस्तिका फागुन २०७५ मा नेपालीमा प्रकाशित भयो । ‘चीन–संरा अमेरिका व्यापार युद्धबारे – चीनको श्वेतपत्र’, स्रष्टा समाज नेपालबाट वैशाख २०७९ मा पृष्ठ १११ को पुस्तक प्रकाशित भएको थियो । यी दुई स–साना पुस्तकले नेपाली जनतालाई आ–आफ्नो देशको उद्योग र व्यापारबारे कस्तो अडान लिनुपर्ने रहेछ, प्रस्ट हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *