वातावरण बचाउन नाफाखोर व्यवस्थालाई बदलौँ – १
- चैत्र ७, २०८१
पहिलो खण्ड (सन् १९५९ सेप्टेम्बर–१९६० जुलाई)
का. छ्यु छ्यु पाईसँगै का. तङ चुङ साङको तस्बिर छ । उहाँ चीनको प्रमुख क्रान्तिकारीमध्ये हुनुहुन्थ्यो । उहाँसँग का. खुन ताइ इङको तस्बिर छ । उहाँले १९३१ मा वीरगति प्राप्त गर्नुभएको थियो ।
कोठाको पाँचौँ तस्बिर थियो का. फङ पाइको । उहाँको जीवनीले साधारण व्यक्तिहरूलाई पनि क्रान्तिकारी कार्यमा भाग लिन बल मिल्दछ । उहाँ बालक कालदेखि नै गरिब किसानहरूप्रति श्रद्धा राख्नुहुन्थ्यो । उहाँ क्यान्टनको सबभन्दा ठुलो जमिनदारको छोरो हुनुभएकोले एकैचोटि सबै किसानहरूले उहाँलाई चाँडै विश्वास गरेनन् । तर, उहाँ विद्यार्थी जीवनदेखि नै क्रान्तिकारीहरूको प्रभावमा पर्नुभएकोले उहाँको निश्चल र दृढ क्रान्तिकारी विचारधाराले घर जमाइसकेको थियो । उहाँ किसानहरूको गाउँ–गाउँ, घर–घरमा गएर किसानहरूमा क्रान्तिकारी विचारधाराको प्रचार गर्नुहुन्थ्यो । तैपनि, किसानहरूले उहाँलाई विश्वास नगरेको हुँदा उहाँले आफ्नो लवाइखुवाइ जम्मै किसानहरूको जस्तै गर्नुभयो । उहाँले आफ्नो सारा व्यवहारलाई किसानहरूकै जस्तो गर्नुभयो । पछि उहाँप्रति किसानहरूको विश्वास बढ्दै गयो । हुँदा हुँदा उहाँ क्यान्टनको किसान सङ्घर्षको प्रमुख नेता बन्नुभयो । च्याङ काईशेक सरकारको विश्वासघातबाट उहाँ सहिद हुनुभयो ।
त्यसपछि का.च्याङ थाइ लीको फोटो आउँछ । उहाँ क्यान्टन कम्युनिस्ट पार्टीको सचिव हुनुहुन्थ्यो । उहाँले १९२७ को सङ्घर्षमा वीरगति प्राप्त गर्नुभयो । उहाँ पछि का. छन् यान लीन, को ओ शे, चाऊ एनलाईका चित्रहरू आउँछन् ।
फोटोहरूको नवौँ नम्बरमा का.ली पाऊ–चुको चित्र छ, उहाँ जनप्रतिनिधि सभाका उपाध्यक्ष र कम्युनिस्ट पार्टीको सदस्य हुनुहुन्छ । त्यसपछि का. खस्वाङ मिङको चित्र छ । उहाँ स्टेन्डिङ कमिटीको उपाध्यक्ष र पार्टीको सदस्य हुनुहुन्छ । बा¥हौँ चित्र हो का.ली–लि सानको । कोठामा यस स्कूलमा अध्यापकको काम गर्नुहुने शिक्षकहरूको अरु चित्रहरू पनि थिए, त्यसपछि हामी बैठकमा लगियौँ ।
इन्चार्ज महोदयले यस किसान आन्दोलन स्कूलको सम्बन्धमा भन्नुभयो, जून १९२३ को तेस्रो काङ्ग्रेसमा कोमिङताङसँग मिलेर काम गर्ने कुरा पारित भएको थियो । त्यस संयुक्त मोर्चाअनुसार त्यसबेला क्यान्टनमा क्रान्तिकारी कार्यकर्ताहरूलाई तालिम दिन २ वटा स्कूलहरू खोलिए । पहिलो बाङ्पु सैनिक स्कूल र दोस्रो यही किसान आन्दोलन स्कूल । १९२४ मा यो स्कूल स्थापना भएकै बेलामा यो एउटा प्रान्तीय स्कूलमात्रै थियो । तर, मार्च १९२६ मा सारा देशका कार्यकर्ताहरूलाई तालिम दिने स्कूलको रूपमा परिणत भयो । त्यसबेला स्कूलमा ७ वटा कक्षा चल्थ्यो र ३७० विद्यार्थीहरू थिए । विद्यार्थीहरूमा भित्री मङ्गोलिया, तिब्बत आदि क्षेत्रहरूका कार्यकर्ताहरू पनि थिए । त्यसबेला अध्यक्ष माओले ग्रामीण शिक्षा, चिनियाँ किसान समस्या र किसान सङ्घर्षको साथसाथै चिनियाँ जनसङ्घर्षको विषयमा कक्षा लिनुहुन्थ्यो ।
यस स्कूलका धेरैजसो शिक्षकहरू कोमिङताङ सरकारद्वारा मारिए । चाऊ एन लाई, लि लि–सान, को मो–रो, हस्याँरी, लि पो–हि (१९६० मा निधन) जीवित हुनुहुन्छ । तर, यस स्कूलका सबैजसो कार्यकर्ताहरू (विद्यार्थीहरू) क्रान्तिकारी नेता बने ।
इन्चार्ज महाशयले स्कूलको सम्बन्धमा बोलिसक्नुभएपछि स्कूलको भवनसम्बन्धी कुरा बताउँदै भन्नुभयो, यो स्कूलको भवन सबभन्दा पहिले कन्फ्युसियसको मन्दिर थियो । त्यसलाई डा. सन यात सेनले पब्लिक पार्क बनाइदिनुभयो । १९२४–१९२६ सम्म किसान आन्दोलन स्कूलकै रूपमा रह्यो । द्वितीय विश्वयुद्धमा जापानी साम्राज्यवादको हमलाले यो भवन करिब करिब ध्वस्त भएको थियो । उसले आफ्नो घोडा राख्ने तबेलाको रूपमा प्रयोग गयो । तर क्रान्तिपछि, १९५३ को क्यान्टन काङ्ग्रेसपछि यो ठाउँ पत्ता लगाउने निर्र्णय लिइयो । त्यसअनुसार यस ठाउँलाई पुनरुत्थान गरियो या पुनः निर्माण गरियो । १९५४ देखि यो ठाउँ एक आराम गर्न आउने ठाउँको रूपमा परिणत गरियो ।
यस स्थानको पुनःनिर्माणको काममा प्रधानमन्त्री चाऊ एन लाईले धेरै सुभ्झावहरू दिनुभयो । उहाँले ३० वर्ष पुरानो कुरालाई सम्झेर पहिले जस्तै बनाउन लगाउन धेरै मद्दत गर्नुभयो । वास्तवमा प्रधानमन्त्री चाऊ एन लाईको स्मरण शक्ति सा¥है बलियो मान्नुपर्छ ।
१९२४ मा यो किसान आन्दोलन स्कूल एक कानुनी स्कूल थियो । स्कूल कम्युनिस्टहरूको हातमा थियो । विद्यार्थीहरू पनि कम्युनिस्ट पार्टीले नै छानेर पठाउँथ्यो ।
बिहान विद्यार्थीहरूलाई सैनिक परेड गराउँथ्यो र राति सैद्धान्तिक कक्षा चलाउँथ्यो । अब यो स्कूलमा अध्यक्ष माओ र अरु नेताहरूको साधारण जीवनको विषयमा युवकहरूलाई शिक्षा दिन्छन् ।
इन्चार्ज महोदयसँग किसान आन्दोलन स्कूलको विषयमा केही प्रश्नहरू गर्यौँ । प्रश्न– उत्तरपछि धन्यवाद दिँदै बिदा लियौँ । साँझ हुन लागिरहेको थियो । चराचुरुङ्गीहरू चिरबिर गर्न लागेको थियो ।
अस्पताल लगिएँ
२२ तारिखको दिन रिजर्भभ्वायर सफा गरेको थियो– होटलमा । राति धारामा तातो पानी आएन । त्यसको सूचना मैले पहिले नै पाएको थिएँ । तर, चिसो पानीले न नुहाउने डाक्टरको सल्लाहलाई अटेर गरेर मैले राति चिसो पानीमै नुहाएँ । द्वेभाषीलाई मैले नुहाएको हुँ भन्ने कुरो थाहा थिएन । बस, भोलिपल्ट त मलाई रुघा लागिहाल्यो । जुलाई २३ तारिखको दिन पूर्व निश्चित कार्यक्रमअनुसार चीनबाट निर्यात हुने वस्तुहरूको प्रदर्शनी, मेडिकल कलेज, क्यान्टनको पुरानो कला संस्थानहरू हेर्न जानु थियो । मलाई ९९ डिग्री मात्रै ज्वरो थियो । मैले कार्यक्रममा भाग लिने कुरो भन्दा क्यान्टन विद्यार्थी फेडरेसनका साथीहरूले मलाई यसरी उत्तर दिनुभयो, “बिरामी साथीलाई हामीले कार्यक्रममा भाग लिन लगायौँ भने पेचिङ फेडरेसन र स्वास्थ्य निवास अनि तपार्इँका आमाबाबु र साथीहरूले हामीलाई दोष दिनेछन् ।”
उहाँहरूको भनाइमा पूर्ण आत्मीयता थियो । म उहाँहरूको भनाइले प्रभावित भएँ । कार्यक्रममा गइन र अरु साथीहरू मात्रै गए । अनि सन यात सेन अस्पतालमा लगिए । डाक्टरहरूले सबै जाँचिसकेपछि पूर्ण आराम गर्ने सल्लाह दिए । होटलमै डाक्टर आएर उपचार गर्न सुरु गरे । पूरा एक दिन आराम लिएँ ।
क्यान्टनको कागज कारखाना
२४ जुलाई बिहान क्यान्टनको कागज कारखाना हेर्न गयौँ । यस कागज कारखानाको स्थापना १९३३ मा भएको थियो । १९३८ द्वितीय विश्वयुद्धमा जापानले हमला ग¥यो । कारखाना जापानीहरूले कब्जा गरे । विश्वयुद्धमा जापान हा¥यो । जापानी साम्राज्यवादले कारखाना कोमिङताङ सरकारको हातमा सुम्प्यो ।
क्रान्तिभन्दा पहिले कारखाना राम्ररी चल्न सकेको थिएन । १९४९ को क्रान्तिपछि कारखानाले आफ्नो उत्पादन अटुटरूपले वृद्धि गर्न थाल्यो । १९४९ मा अथवा क्रान्तिको बेलामा कारखानामा काम गर्ने मजदुरहरूको जम्मा सङ्ख्या ९६१ थियो । क्रान्तिपछि पार्टी र सरकारको सहयोगले गर्दा मजदुरहरूले उत्पादनमा वृद्धि गरे । पार्टी र सरकारको समर्थन र सहयोगले मजदुरहरूले खुब जोशले काम गर्न थाले जसको फलस्वरूप १९५० मा दिनको १५ टन कागज उत्पादन गर्न थाल्यो । देशको पहिलो पञ्चवर्षीय योजना र १९५८–१९५९ मा यस कारखानामा नयाँ नयाँ कलपुर्जा र मेसिनहरू लगाइए । त्यसकारण, १९६० मा दिनको २७० टन कागज उत्पादन गर्यो । स्वचालित र अर्धस्वचालित कलपुर्जाहरूको जडानको अलावा क्रान्तिपछि मजदुरहरूको सङ्ख्या पनि बढेको छ । अहिले मजदुरहरूको सङ्ख्या ३२०० पुगेको छ । मजदुरहरूमध्ये ८०० भन्दा बढी मजदुरहरू महिला छन् ।
क्रान्तिपछि मजदुरहरूको आर्थिक र सांस्कृतिक स्तरमा धेरै सुधार भएको छ । मजदुरहरूको लागि पार्टी र सरकारले क्रान्तिपछि ३० हजार स्क्वायर मिटरको बस्ने घरहरू (क्वाटर) निर्माण गरेको छ । मजदुरहरूलाई अरु बाहिरी कुराको झन्झटबाट मुक्त गर्न सामूहिक भान्छा घर, नर्सरी, बालोद्यान आदिको व्यवस्था गरेको छ । मजदुरहरूको स्वास्थ्यको लागि अस्पताल र निःशुल्क उपचारको व्यवस्था मिलाइदिएको छ । मजदुरहरूको सांस्कृतिक स्तर उकास्नको लागि अवकाशकालीन स्कूल र विश्वविद्यालयको व्यवस्था गरिएको छ । कामदारहरूका छोराछोरीहरूको लागि स्कूलहरूको राम्रो व्यवस्था मिलाइदिएको छ । मनोरञ्जनको लागि कारखानाभित्रै सांस्कृतिक दल र सिनेमा टोलीको व्यवस्था छ, जसले बरोबर सांस्कृतिक कार्यक्रमहरू देखाउँछ र हप्तामा ३–४ वटा सिनेमा देखाउँछ । सिनेमाको प्रोजेक्टर चलाउने सबै कार्य ती दलका मजदुरहरूले नै गर्छन् ।
त्यस्तै, शारीरिक विकास र मनोरञ्जनको लागि फूटबल, बास्केटबल आदि खेलहरूको पूर्ण व्यवस्था छ ।
यसबाहेक सहकारी पसल, बैङ्क, नाऊको पसल (सामूहिक कपाल काट्ने पसल) आदि सबै प्रकारका सुविधाहरू पनि कारखानामा काम गर्ने मजदुरहरूलाई प्रदान गरिएको छ । महिला मजदुरहरूले पुरुषहरूले जत्तिकै ज्याला पाउँछन् र सुत्केरीको समयमा तलबसहित ५६ दिनको बिदा पाउँछन् ।
शिक्षा, उपचारजस्ता जन–कल्याणका अन्य निःशुल्क सहुलियतबाहेक साधारणभन्दा साधारण तहका मजदुरहरूले महिनामा ६५ युआन पाउँछन् । शिक्षा, उपचार, सुत्केरीको ५६ दिनको भत्तासहितको बिदा र अरु जनकल्याणकारी सहुलियतको लागि हरेक मजदुरको ६९० युआनको हिसाबले छुट्याइएको छ ।
तलब अथवा ज्यालाको वितरण कामअनुसारको सिद्धान्तमा लागु गरिएको छ । कामअनुसार भन्नाले मात्रा र गुण दुवै हेरिन्छ । पहिलो ग्रेडका मजदुरले ४० युआन पाउँछन्, अरु सुविधाहरू समान छन् । त्यसपछि ६५ र १२० युआन गरेर बढ्दै जान्छन् र आठौँ ग्रेडमा पुगेर ७०० सम्म पुग्न जान्छ । यस कारखानाका धेरैजसो मजदुरहरू नयाँ छन् र कुशल मजदुरहरू अरु कारखानामा काम गर्न पठाउँछन् । यसकारण, पहिलो नयाँ मजदुरहरू कम ज्याला पाउँछन् र पछि बढ्दै जान्छ ।
कारखानाको परिचय कारखानाका सहायक इन्चार्जले दिनुभयो । परिचयपछि सत्कार गृहबाट हामी कारखानाका विभागहरू हेर्न ग¥यौँ ।
कारखाना अत्यन्त ठुलो थियो । सबभन्दा पहिलो कोठामा हेर्न गयौँ । त्यहाँ ठुलठुला काठहरू (Pine Wood) उमाल्दा रहेछन् । एक प्रकारले काठ पेलेर त्यसको रस अथवा पल्प (Pulp) निकाल्दो रहेछ । त्यो पल्पमा फिँज र लस्सादार छ । त्यो पल्प रासायनिक झोल भएको भाँडोमा गएर मिल्छ । रासायनिक झोलमा सल्फ्युरिक एसिड हुन्छ । त्यो घोल मिश्रणबाट अन्तमा सल्ल बगेको पातलो झोल निस्केको देखियो । त्यही कपडाको तानमा कपडाजस्तै कागजको रूपमा सुक्दै जान्छ । सुक्दै गएको कागज एक रिलमा घुमेर ठुलठुलो कागजको सानो भकारीजस्तो रोल बन्छ । अनि त्यसको अङ्क अथवा पूरा कागज पुगेपछि त्यो कागजको ठुलो रोल खुत्रुक्क खसेर तराजुमा पर्छ । जोख्दै त्यो लहरी (ट्रक) बाट गोदामतिर लगिन्छ । यी जम्मै विधिहरू नियमितरूपले चल्दै जान्छ ।
काठ उमाल्दा र पेल्दासम्म सबै विधि अर्धस्वचालित थियो । रासायनिक घोलमा पल्प मिलेपछि अरु सबै कामहरू कागज तौलिने र लहरीमा खस्नेसम्म सबै काम स्वचालित हुन्छ । कागज भएर निस्कने भागमा हामीले सानो भकारीको जत्रो घेरा या गोल पाइप देख्यौँ । त्यही पाइपबाट कागज बन्ने झोल या घोल पदार्थ मेसिनभित्र पुगेर कागज बन्दो रहेछ । यस कागज बन्ने मेसिन भएको एकदम ठुलो र सानो कोठामा सबै स्वचालित मेसिन काम गर्दै थियो । त्यत्रो ठुलो कारखानामा करिब २/३ जवान जति मात्रै मजदुरहरू देखिन्थे । उनीहरू खाली मेसिनको जोर्नी जोर्नीमा लट्ठी राखेर कानले बिचबिचमा सुन्दै जान्थे । मतलब कलपुर्जाहरूले काम गरेको स्थितिको जाँच गर्दै रहन्थे । यो कारखाना पूर्णतया आधुनिक ढङ्गको रहेछ । करिब करिब यो विभागमा मजदुरहरूको काम शारीरिक थिएन बरु मानसिक थियो ।
हामी अर्को विभाग पनि हेर्न गयौँ । त्यो पुरानो मेसिन रहेछ या भन्नुपर्छ । त्यहाँ ३०–४० जवान मजदुरहरू काम गर्दै थिए । मेसिन अर्धस्वचालित भन्नुपर्छ । मतलब आधी काम हातले र आधी मेसिन आफैँ गर्छ ।
यसरी यस कारखानामा हामीले अर्धस्वचालित र पूर्ण स्वचालित कागजको कारखाना खूब राम्रोसँग हेर्न पायौँ । यस कारखानामा उत्पादित कागज त्यति उच्च गुणको थिएन बरु तल्लो तहको थियो । त्यो कागज खास गरेर अखबार र अरु साधारण काममा लगाइन्थ्यो । हामीले डुलेका या गएका कारखानामध्ये यो कागज कारखाना अलि फोहर थियो र गन्हाउँथ्यो पनि । त्यसकारण, त्यसको सूचना हामीलाई द्वेभाषीले पहिले नै गरेको थियो । तर, व्यवस्था नपुगेर फोहर भएको होइन कि यस कारखानाको कामै या कच्चा माल र खेर गएका मात्राहरू गन्हाउने नै हुन्छन् । पुरानो कागजलाई फेरि कागजै बनाउन ल्याइएका धेरै पुराना कागतका थुप्रोहरू देखेँ ।
मजदुरहरू खूब लगनसाथ काम गरिरहेका थिए । हाम्रो स्वागत कारखानाका कम्युनिस्ट लीगका सेक्रेटरीले गर्नुभएको थियो । कारखानाको विषयमा कुराकानीपछि कारखाना घुम्यौँ । कारखाना घुमेपछि एक दुई प्रश्नको उत्तरपछि धन्यवाद दिँदै बिदा लियौँ । सानैदेखि कागज र कापी कसरी बन्दा रहेछन् भन्ने कुरो जान्ने मेरो तीव्र इच्छा बल्ल शान्त भयो । त्यस दिन मलाई खुब आनन्दको अनुभव भइरहेको थियो ।
सहिद पार्क
बिहान क्यान्टनको कागज कारखाना हेरिसकेपछि दिउँसो क्यान्टनको सहिद चिहान अथवा सहिद पार्क हेर्न गयौँ ।
सहिद पार्कको गेट (मूलढोका) को अगाडि मोटर रोकियो । मोटरबाट बाहिर निस्केर हेर्दा अगाडि भव्य सहिद पार्क देख्यौँ । मूल्यवान र राम्रा ढुङ्गाको ५–१० खुड्किला माथि उक्लेपछि ठुलो गेटबाट माथि उक्ल्यौँ । भित्र पस्नासाथै लहरै बीसौँ चिहानहरू दुवैतिर देख्यौँ । चिहान अन्दाजी ६’X४’ को होलान् । चिहानहरूको चारैतिर फूलका बिरुवाहरूले घेरिएका छन् । चिहानको माथि स–साना ढुङ्गाका टुक्राहरू मिलाएर राखिएको थियो । यो सहिद पार्क सा¥है शान्त ठाउँमा थियो । पात हल्लेको आवाजसमेत सुनिन्थ्यो । हाम्रो पाइलाका आवाजले त्यहाँ शान्त वातावरणलाई बाधा दिँदै थियो ।
भित्र पस्नासाथै हामीमा एकछिन अगाडि मात्रै देखिएको खुसी र चञ्चलता कुन्नि कहाँ गएर लुप्त भयो थाहा भएन । मनमा नजानिँदो दुःख र असीम श्रद्धा उर्लेर आइरहेको थियो । ती वीर सेनानीहरूप्रति, जसले साम्यवादको झन्डा उँचो राख्न आफूलाई बलिवेदीमा होमेका थिए । सहिद पार्कको त्यो हरियो दृश्य, निस्तब्ध वातावरण र सफा सिंहमर्मरको ढुङ्गा छोपेको त्यो पवित्र स्थलले मलाई सा¥है प्रभावित पारेको थियो । मैले आफ्ना भावुकतालाई लुकाएर अरू साथीहरूको आँखामा हेरेँ । सबै मेरै अवस्थामा थिए । दुवै आँखामा आँसु । अनुहारमा गाम्भीर्यता र श्रद्धाका कैयौँ विन्दु र रेखा प्रस्ट देखिन्थ्यो । मैले चारैतिर हेरेँ टाढा टाढासम्म । यात्रुहरू मौन र गम्भीर भएर श्रद्धापूर्वक चिहानहरू एक एक गरी पार गर्दै थिए । म त्यसबेलाको दृश्यहरूको कल्पना गर्दै थिएँ, जुन बेला ती सहिदहरू शत्रुहरूसँग वीरतापूर्वक लड्दै थिए, आफ्नो कर्तव्यपथबाट अलिकति पनि विचलित नभएर लड्ने ती वीरहरूका सङ्घर्षलाई कल्पना गर्दै थिएँ ।
Leave a Reply