के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, १ फागुन । भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित भक्तपुरको ऐतिहासिक भाजु पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भक्तपुर नगरपालिकाले भाजु पुखुको दक्षिणतर्फको डील निर्माण गर्ने विषयमा मङ्गलबार सम्बन्धित सरोकारवालाहरूसँग छलफल ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भाजु पुखु पुनःनिर्माण कार्य अन्तिम चरणमा पुगिसकेको बताउँदै पोखरीको चारैतर्फको डील व्यवस्थापन र सौन्दर्यकरणमा नगरपालिकाले विशेष जोड दिइरहेको बताउनुभयो ।
ऐतिहासिक भाजु पुखु र भक्तपुर क्याम्पस जनताको साझा सम्पत्ति भएको बताउँदै उहाँले भाजु पुखुको दक्षिणतर्फको डील निर्माणको लागि भक्तपुर क्याम्पसले सहयोग गर्न आग्रह गर्नुभयो ।
साझा सम्पत्तिको संरक्षण र संबद्र्धन गर्नु सबैको साझा जिम्मेवारी हो – प्रमुख प्रजापतिले भन्नुभयो ।
सैनिक क्षेत्रभित्र पर्ने भक्तपुरको रानीपोखरी पुनःनिर्माण र सर्वसाधारण जनताको लागि खुला गर्न तत्कालीन प्रधानसेनापतिको भूमिकालाई भक्तपुरका जनताले सदा सम्झिरहने बताउँदै उहाँले दक्षिणतर्फको डील बनाउन भक्तपुर क्याम्पसको तर्फबाट सकारात्मक भूमिका रहने आशा व्यक्त गर्नुभयो ।
भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख सरोजकुमार तिमिल्सिनाले भक्तपुरका सांस्कृतिक सम्पदाहरूको संरक्षणमा भक्तपुर नपा अग्रणी स्थानमा रहँदै आएको बताउँदै पोखरीको क्याम्पससँगै जोडिएको डील निर्माणको सन्दर्भमा आवश्यक सहयोग, समन्वय र सहजीकरणको लागि सधँै सकारात्मक भएको बताउनुभयो ।
उहाँले २०३३ सालदेखि नै पोखरीको दक्षिण डील भक्तपुर क्याम्पसको नाममा दर्ता रहेको उल्लेख गर्दै उक्त डील निर्माण गर्ने सन्दर्भमा त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गरी अगाडि बढ्नु उपयुक्त हुने बताउनुभयो ।
भक्तपुर क्याम्पसका सहायक क्याम्पस प्रमुख लक्ष्मीसुन्दर लवजूले भाजु पुखु पुनःनिर्माण भक्तपुरको मात्र नभई सबै देशवासीहरूको गौरवको विषय भएको बताउँदै नपाको राम्रो र स्वागतयोग्य काममा क्याम्पसको तर्फबाट सधँै साथ र सहयोग रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्री, ज्ञानकुन्ज टोल सुधार समितिका अध्यक्ष कृष्णप्रसाद दुमरु, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत अशोककुमार पोखरेल र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिले भाजु पुखुको चारैतिरको डिल निर्माण कार्य क्याम्पसको सहयोगविना पूर्ण नहुने बताउँदै उक्त क्षेत्रको सौन्दर्यकरण र पार्किङ व्यवस्थापनमा जोड दिनुपर्ने बताउनुभयो ।
Leave a Reply