के शासक दलहरूको ‘कोर्ट’ मा नेपालको सार्वभौमिकता सुरक्षित होला ?
- असार ९, २०८३
भक्तपुर, ३ फागुन । एसईई २०८० का विद्यार्थीहरूलाई लक्षित गरी संस्थागत विद्यालय सङ्घ नेपाल (इसान) को आयोजनामा बिहीबार प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले हरेक विद्यार्थीले पाठ्यक्रमअनुसार अध्ययन र हरेक प्रश्नको अभ्यास जरूरी भएको बताउनुभयो ।
समय हुन्जेल विद्यार्थीमा अभ्यास गर्ने बानी नहुनु र परीक्षाको अन्तिम समयमा मात्र पढाइमा ध्यान दिने बानीले राम्रो नतिजा हासिल गर्न नसक्ने भएकोले नियमितरूपमा अध्ययन गर्नु आवश्यक भएको उहाँले बताउनुभयो ।
कार्यक्रममा स्रोतव्यक्ति सूर्यबहादुर गुरूङ, हुकुम दाहाल, चिन्तामणि पन्थीले क्रमशः सामाजिक, गणित र विज्ञान विषयमा प्रशिक्षण दिनुभएको थियो ।
कार्यक्रममा इसानका महासचिव पुरूषोत्तम ग्वाछा र कर्णबहादुर प्रजापतिले पनि बोल्नुभएको थियो ।
Leave a Reply