भर्खरै :

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

मध्य गाजामा इजरायली बमबारीमा ४० को मृत्यु

गाजा, २३ फेब्रुअरी (सिन्ह्वा) । मध्य गाजापट्टीमा इजराइली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु र एक सय जना घाइते भएको गाजामा हमासद्वारा सञ्चालित सरकारको मिडिया कार्यालयले जनाएको छ ।
प्यालेस्टिनी सुरक्षा स्रोतका अनुसार इजराइली विमानहरूले दिर अल–बाला सहरमा धेरै आवासीय घरमा हमला गर्दा घरहरू पूर्णरूपमा क्षतिग्रस्त भएका छन् ।
हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले पीडितहरूको शवलाई अल–अक्सा सहिद अस्पतालमा सारिएको बताएको छ । सुरक्षा स्रोतहरूले इजराइली आक्रमणमा छिमेकमा गम्भीर क्षति पु¥याएपछि मानिसहरूलाई बचाउन एम्बुलेन्स र नागरिक सुरक्षा टोली आक्रमण भएको स्थानमा पुगेको बताएका छन् ।
चिकित्सा स्रोतहरूका अनुसार अल–अक्सा सहिद अस्पताल अहिले हजारौँ घाइते, बिरामी र विस्थापित मानिसहरूले भरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *