नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
न्होमपेन्ह, २५ फेब्रुअरी (एएफपी) । कम्बोडियाली अधिकारीहरूले आइतबार सिनेट निर्वाचनमा मतदान गरेका छन् । निर्वाचनबाट पूर्वनेता हुन सेनका लागि गत वर्ष प्रधानमन्त्रीका रूपमा पद छाडेपछि आधिकारिकरूपमा राजनीतिमा फर्कने मञ्च तयार भएको छ ।
करिब चार दशकको कट्टरपन्थी शासनपछि हुन सेनले गत अगस्टमा भएको राष्ट्रिय निर्वाचनमा कुनै ठुलो अवरोधबिना आफ्ना ठुलो छोरा हुन मानेटलाई सत्ता सुम्पनुभएको थियो । सो बेला हुन सेनले आफूले राजीनामा दिए पनि अझै पनि प्रभाव कायम राख्ने मनसाय स्पष्ट गर्नुभएको थियो ।
एकहत्तर वर्षीय विधायक तथा सत्तारूढ दलका प्रमुखले मुलुकको माथिल्लो सदन सिनेटको एक सिटका लागि आइतबार बिहान तखमाओ सहरमा आफ्नो घर नजिकै मतदान गर्नुभयो । उहाँले सिनेटको अध्यक्ष बन्ने मनसाय रहेको बताउनुभएको छ । यसबाट राजा विदेशमा हुँदा उहाँलाई राज्यको प्रमुखका रूपमा काम गर्ने अनुमति प्राप्त हुनेछ ।
सोही मतदान केन्द्रमा मतदान गर्नुभएका पार्षद छिम वानारिथले उक्त कदमको स्वागत गर्नुभयो । “यदि उहाँले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक अझ विकसित र शान्तिपूर्ण हुनेछ,” उहाँले भन्नुभयो ।
निर्वाचनमा हुन सेनको सत्तारूढ कम्बोडियन पिपुल्स पार्टी (सिपिपी), रोयलिस्ट फनसिनपेक पार्टी र अन्य दुई साना विपक्षी दलसहित चार राजनीतिक दलले भाग लिइरहेका छन् । बैसठ्ठी सिटको सिनेटमध्ये ५८ सिटमा एक सय २५ सांसद र ११ हजारभन्दा धेरै स्थानीय प्रशासकले मतदान गर्नेछन् । राजा नोरोदोम सिहामोनीले दुई सिनेटर र राष्ट्रियसभाले अन्य दुई सिनेटर नियुक्ति गर्नेछन् ।
धेरैजसो योग्य मतदाता सिपिपीका सदस्य छन् । उनीहरूले गत निर्वाचनमा सिनेटमा क्लिन स्विप गरेका थिए । यसबाट हुन सेनको जीत करिब निश्चित भएको छ ।
‘हुन सेन्स कम्बोडिया’ का लेखक सेबस्टियन स्ट्रङ्गियोले भन्नुभयो, “यो हुन परिवारको शक्ति अझ बलियो भएको सङ्केत हो । पद सम्भावित प्रतिद्वन्द्वीको हातमा नजाओस् भन्ने सुनिश्चित गर्नु राम्रो हुन्छ ।” सिनेटका अध्यक्ष बनेपछि उहाँका छोराको रक्षा हुने र परिवारको नियन्त्रण कमजोर हुनबाट रोक्न सकिने स्ट्रङ्गियोले बताउनुभयो ।
राष्ट्रिय निर्वाचन समितिलाई आधिकारिक नतिजा प्रकाशित गर्न केही साता लाग्ने अनुमान गरिएको छ । यद्यपि, राजधानी न्होमपेन्हका मतदाता हुन सेनलाई पुनः सत्तामा हेर्न चाहन्थे । कम्युन प्रमुख ओउ साइफनले भन्नुभयो, “उहाँसँग ठुलो अनुभव छ त्यसैले यदि उहाँले सिनेटको नेतृत्व गर्नुभयो भने हाम्रो मुलुक समृद्ध हुनेछ ।”
सांसदहरूले हुन सेनका कान्छो छोरा हुन मैनीलाई उपप्रधानमन्त्रीका रूपमा मञ्जुरी दिएपछि सिनेटको निर्वाचन भएको हो । सरकारमा अहिले हुन सेनका धेरै नातेदार सामेल छन् । उहाँका सहयोगीहरूका धेरै छोराछोरी पनि शीर्ष पदमा छन् ।
सन् १९८५ सत्तामा आएपछि हुन सेनले गृहयुद्ध र नरसंहारबाट ध्वस्त भएको मुलुकलाई आधुनिकीकरण गर्न सहयोग गर्नुभयो । यद्यपि, आलोचकहरूले उहाँको शासनकालमा पर्यावरण विनाश, भ्रष्टाचार र करिब सबै राजनीतिक प्रतिद्वन्द्वीहरू समाप्त भएको पनि बताएका छन् ।
Leave a Reply