भर्खरै :

युवा जनशक्ति वैदेशिक रोजगारमा लालायित

युवा जनशक्ति वैदेशिक रोजगारमा लालायित

सर्वसाधारण नेपालीको बिचमा आर्थिक, सामाजिक, राजनीतिक तथा विविधखाले तीव्र असन्तुष्टि बढिरहेको बेला स्कूले बालबालिकादेखि लिएर करिब ५० काटेका प्रौढसमेतको मन विदेशतिर जान लालायित भएको देखिन्छ । विगत केही वर्षअगाडि अन्तर्राष्ट्रिय विमानस्थल काठमाडाँैमा दैनिक, साप्ताहिक, मासिक र वार्षिक कति जना विदेशतिर गए भन्ने एक किसिमको तथ्याङ्क समाचार माध्यमले निकाल्ने गर्थे । तर, हालसालैका वर्षमा भने प्रत्येक गाउँ र विद्यालयका १६ वर्षमुनिका बालबालिकाहरूमा पनि विदेशी भाषा सिक्ने कुरामा बढी मोह जागेको र विद्यालयको प्रारम्भिक शिक्षा पढ्न छोडेर विदेशी भाषा सिक्न गएको गाउँबस्तीका विद्यालयको विद्यार्थी सङ्ख्या अनुपस्थितले जनाएको छ । यसले गर्दा तत्काल विद्यार्थी तथा नेपाली युवाहरूको वैदेशिक रोजगारमा जानेको वृद्धि त बढेकै छ तर यकिन गर्न तत्कालको लागि केही अलमल हुने देखिन्छ । जे भए पनि विद्यार्थीहरूको भविष्यको लक्ष्य के भनी जिज्ञासा राख्दा उनीहरूको जवाफ हुन्छ, “विदेश नै जानु पर्ला, पढेर काम के छ, नेपालमा बसेर के गर्ने ?, म् नचबमभ भए पुग्छ ।”
गत वर्ष २०७९/८० को वैदेशिक रोजगार विभागको तथ्याङ्कले करिब ७ लाखभन्दा बेसीले नेपाल छोडेको तथ्याङ्क सञ्चारमाध्यमहरूले सार्वजनिक गरे । विगत लामो समयदेखि प्रतिवर्ष विदेश जानेको सङ्ख्यामा ¥हास होइन वृद्धि हुँदै छ । रोकथामका उपायहरू नअपनाएको खण्डमा विदेश जाने नेपालीको सङ्ख्यामा तीव्रता आउने निश्चित छ । अहिले नेपालभरिका ७५३ वटै पालिका अपवादको रूपमा केही एक दुईवटा पालिकामा नेपाली नागरिक विदेश जाने विषयका बारे केही नियम कानुन र नियमन गरेको भए पनि स्थानीय प्रशासनदेखि लिएर केन्द्रीय प्रशासनसमेत मूकदर्शक भएको र उल्टै विदेश पठाउने कुरामा सक्रिय भएको बुझिएको छ । युवा तथा विद्यार्थीहरू कति गाउँमा शून्य छन् । विभिन्न तवर र तरिकाबाट जान सक्नेहरू दैनिक विदेश उडान भइरहेका छन् भने बाँकी प्रतिस्पर्धात्मक तवरले व्यापक तयारीमा जुटेका छन् ।
यसै विषयलाई केन्द्रित गरेर दैलेखको आठविस नगरपालिका वडा नं. ९ मा रहेको पशुपति माध्यमिक विद्यालयका कक्षा ९ देखि १२ सम्मका करिब २८८ विद्यार्थीको मनसाय बुझ्दा कुल विद्यार्थीको ३४.७२ प्रतिशत अर्थात् २८८ मा १०० जना विद्यार्थीहरूको लक्ष्य वैदेशिक रोजगारको लागि प्रेरित भएको बुझियो । यसमध्ये केही विद्यालयमा झर्को मानी पढिरहेका छन् भने केही विद्यार्थी कक्षामा उपस्थित नै नभई तयारीमा लागेको विभिन्न स्रोतबाट बुझिएको छ । यो एउटा साधारण नमुना सर्वेक्षण भए पनि सत्य साबित हुने कुरा प्रस्ट छ । यो एक प्रतिनिधिमूलक उदाहरणमात्र हो । दैलेख र दैलेखको आठविसमा मात्र होइन देशैभरिको अवस्था यस्तै छ । विदेश जानेको लहर र मानसिकता बढिरहेको नै छ ।
विद्यार्थीहरू आफ्नो परीक्षा र प्रारम्भिक पढाइप्रति प्रेरित भएका छैनन् । उनीहरू पटक्कै चासो देखाउँदैनन् । पढाइप्रति उनीहरूको वितृष्णा बढिरहेको छ । यसले गर्दा विद्यालयमा पढाउने शिक्षकलाई समेत एक किसिमको चुनौती बढेको छ । विद्यार्थीको पढाइप्रति प्रेरणा जगाउने कुरामा कोही पनि सरोकारवाला र जिम्मेवार पक्ष जवाफदेही भएको देखिँदैन । केही त अभिभावकसमेत विदेशतिर जाने कुरामा प्रफुल्ल नै छन् । एक किसिमको बाध्यात्मक परिस्थिति पनि छैन भन्न मिल्दैन । तर, यसका लागि सम्बन्धित सरोकारवालाहरूको ध्यान त्यतातिर जाँदैन । उनीहरू यसबारेमा बेखबर नै देखिन्छन् ।
युवा र विद्यार्थीमात्र होइन गाउँबस्ती रित्तिने कारण अन्य मुलुक जान सम्भावना नभएका श्रीमान् श्रीमती बालबालिकासहित सपरिवार भारतका विभिन्न ठाउँमा गएर परिश्रम गरी गुजारा गर्नेको सङ्ख्या पनि दिनानुदिन बढिरहेको छ । यस्तोखाले विविध समस्याबारे स्थानीय जनप्रतिनिधिहरू पनि जिम्मेवार छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *