भर्खरै :

सरकारको सफलताको नापो के हो ?

हरेक सरकारहरूले आफ्नो सरकार सफल भएको र आफ्नो काम अरूको तुलनामा अझ राम्रो भएको दाबा गर्ने गर्छन् । तर, दाबीमा सत्यता हुँदैन । संसद्मा मन्त्रालयले गरेका कामको विषयमा के कति सफलता हासिल ग¥यो ? प्रश्न–उत्तर र ध्यानाकर्षणको कार्यक्रममा बताउनुपथ्र्यो । वर्तमान शिक्षामन्त्रीले आफ्नो सफलता दाबी गरेमा विभिन्न प्रश्नहरू उठ्नेछन् – देशका सबैजसो कलेजहरू खाली हुनुमा को दोषी ? पहिलेका सरकारहरूले गलत नीति लिएको हो भने आफू सरकारमा जानासाथ गलत नीतिलाई फेर्न लोकमत तयार गर्ने र नयाँ नीति ल्याउन विशेषज्ञहरू तयार गर्नुपर्ने थियो, त्यो भएन । यसकारण, शिक्षामन्त्री पूर्णरूपले असफल छन् ।
व्यक्ति जुनसुकै राजनीतिक दलको भए पनि प्रधानमन्त्री प्रणालीमा त्यसको दोषी प्रधानमन्त्री नै हुन्छ । कि त त्यस्ता मन्त्रीलाई नैतिकताको आधारमा राजीनामा दिन लगाउनुपथ्र्यो ।
भारतबाट आउने विषादीयुक्त तरकारी रोक्न नसक्ने, दूध र अन्य खाद्यान्न पनि रोक्न नसकेको हुँदा कृषिमन्त्री पनि नालायक छन् ।
मन्त्रीको अर्थ चस्मा लाउने, कोट, टोपी राम्रो लाउने, फुर्तीफार्ती गर्ने होइन, समस्याको समाधान गर्ने क्षमता हुनु हो । यदि मन्त्रीले “म त भर्खर आएको अध्ययन गर्न समय लाग्छ” भन्छ भने त्यो उत्तर उपयुक्त होइन । मन्त्रीको कुर्सीमा बस्नुभन्दा पहिले नै आफू जाने मन्त्रालयसँग सम्बन्धित समस्या र त्यसको समाधान गर्ने उपायहरू लिएर मन्त्रालय जानुपर्ने हो र त्यसको भोलिदेखि समाधान गर्ने हो ।
यो सरकारको सबभन्दा आलोच्य व्यक्ति अर्थमन्त्री पनि हुन् । देशमा कृषिको बेहालको कारण आर्थिक नीति नै हो । मन्त्री नियुक्तिको मापदण्ड कुनै पश्चिमी देशको एउटा विश्वविद्यालयले दिएको विद्यावारिधिको ‘छाप’ होइन । अर्थमन्त्रीको ज्ञान पश्चिमा देशको एउटा विषयमा होला । नेपालसँग सम्बन्धित विषय पढेका विद्यावारिधिले नेपालको अर्थतन्त्रको समस्यालाई समाधान गर्नसक्नेछैन ।
नेपालका उद्योगपति र व्यापारीहरूले प्रधानमन्त्री र अर्थमन्त्रीसँग भेट गर्दा देशको उत्पादन र व्यापारघाटाको कुरा गर्नुभन्दा आ–आफ्नो उद्योगधन्दाबारे कर घटाउने वा माफी दिन लगाउने, बैङ्कलाई तिर्नुपर्ने ब्याजको दर घटाउने कुरा गर्छन् ।
यदि उद्योग बर्बाद भएमा र उद्योग बन्द गर्ने हो भने उद्योगलाई दिएका सबै सहुलियत फिर्ता लिनु आवश्यक छ ।
व्यापारीहरूले बाहिरबाट मालसामान चोर बाटोबाट ल्याउने; करोडौँ र अरबौँ रुपैयाँ भन्सार नतिरी व्यापारमा घाटा भयो भन्ने तर बजारमा महँगो बेच्ने बहाना झूट, देश रजनताविरोधी हुन् । उद्योगपति र व्यापारीहरू झन्झन् धनी हुँदै नयाँ नयाँ बैङ्कहरू स्थापना गर्दैै जाने फेरि उद्योग र व्यापारबाट साहुमहाजन बर्बाद भयो भनी अर्थमन्त्री र प्रधानमन्त्रीलाई दुखेसो पोख्नेहरू ‘राजाको नयाँ लुगा बुन्ने ठग’हरू हुन् ।
सरकारी अस्पतालमा रहेका लाखौँलाखको स्वास्थ्यसम्बन्धी उपकरणहरू वर्षौँदेखि काम नलिई त्यतिकै थन्काएको हल्ला सबैले सुनेकै छन् । नयाँ स्वास्थ्यमन्त्रीले पनि सुनेकै होलान् । पदासीन हुनुभन्दा स्वास्थ्यसम्बन्धी त्यस विषयमा जानेका र बुझेका अनि समस्या समाधान गर्ने उपायहरू जानकारहरूबाट प्राप्त गर्नु आवश्यक छ ।
यस काममा बारम्बार मन्त्री पदको भागबन्डामा सहभागी हुने दल र नेताहरूले अयोग्य व्यक्ति, विषयवस्तुबारे अनभिज्ञ व्यक्तिलाई किन मन्त्रालयको नेतृत्व गर्न पठाउने ?
घोडा कहिले नचढेका व्यक्तिलाई चढ्न र प्रतिस्पर्धामा पठाएपछि के होला ? यसमा प्रधानमन्त्रीहरू जिम्मेवारीबाट पन्छिन सक्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *