नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
का. च्याइङ मिङले गर्वसाथ आफ्नो कम्युनको प्रगतिबारे भन्दै जान्थे र मि. ली र मिस् लि वाँ शा अनुवाद गर्दै जान्थे ।
अहिले यो कम्युनमा खेतीसम्बन्धी ज्यावल बनाउने, रासायनिक मल बनाउने आदि कारखानाहरू र सिमेन्ट कारखाना, इँट पोल्ने भट्टा र अरु मालसामानका कारखानाहरू गरेर जम्मा २६ वटा कारखानाहरू छन् । कम्युनले सुरुमा रासायनिक कारखानाको योजनाको लागि खालि २५० यानबाट सुरु गरेको थियो । तर, अहिले सबै कारखानाको एक महिनाको जम्मा उत्पादनको मूल्य ६० लाख यान छ । कम्युनले खेतीका कारखानाहरूमा मात्र प्रगति गरेको होइन बरु प्राविधिक सामानहरूमा पनि धेरै प्रगति गरेको छ । अहिले कम्युनसँग २१ वटा ट्याक्टरहरू छन् । यी २१ ट्रयाक्टरमध्ये केही अरु समाजवादी देशहरूमा बनेका छन् र केही चीनमै बनेको टुङ फाङ होङ (पूर्व रातो छ) मार्काको छ । ‘टुङ फाङ होङ’ चीनको असल ट्याक्टरमा पर्छ । ३ वटा माल बोक्ने ट्रक र लहरी एवं अरु धेरै विद्युतीय साधनहरू र अपरेटरहरू छन् । आज यी सबै कुराहरूले पूर्ण भएको कम्युनमा सहकारी खेतीको बेलामा एउटा सानो कारखानासम्म पनि थिएन । व्यक्तिगत खेतीको बेला खेती औजार सा¥है पिछडिएको थियो र उत्पादनमा खास कुनै प्रगति हुन सकेको थिएन । साथै पारस्परिक सहयोग दलको बेलामा पनि मलको केही प्रबन्धबाहेक औजारमा त्यतिको प्रगति हुनसकेको थिएन र ससाना प्राथमिक सहकारी खेती हुँदा पानी पम्पजस्ता सानातिना कुराहरूको मात्र वृद्धि भएको थियो । तर, अगाडि बढेको सहकारी खेतीको बेलासम्म एउटा ट्रयाक्टर पनि थिएन, जसले श्रमको बचत र उत्पादनमा वृद्धि गरोस् । कम्युनको स्थापनाको केही समयमै भएको उत्पादन र सामूहिक सम्पत्तिको वृद्धिले सारा किसानहरूमा कम्युनप्रति विशेष विश्वास बढ्न थाल्यो र झन् सक्रिय भएर उत्पादनको काममा सबै जुट्न लागे । त्यसैको फलस्वरूप उत्पादनले दिन दुगुना रात चौगुना वृद्धि गर्यो । का. च्याइङ मिङ बोलिसकेर चिया पिउँदै थिए र मि. लि र मिस् ली वाँ शाले अनुवाद गर्दै गए ।
“उत्पादनको क्षेत्रमा प्रगति गरेजस्तै यस कम्युनले शिक्षा र संस्कृतिको क्षेत्रमा पनि धेरै प्रगति गरेको छ । अहिले यो कम्युनमा ७३ प्राथमिक विद्यालय, ४ माध्यमिक विद्यालय र ३२ माध्यमिक प्राविधिक शिक्षालयहरू छन् । सबै गरी १०९ विद्यालयहरू छन् । क्रान्तिभन्दा पहिले यो ठाउँमा शिक्षितहरू सा¥है कम थिए । यस इलाकामा निरक्षरता र अशिक्षाको राज्य थियो । अहिले यहाँ ९५ प्रतिशत जनता साक्षर र शिक्षित छन् । क्रान्तिपछि सबै किसानहरूले पढ्ने मौका पाए तथा कम्युन स्थापनापछि किसानहरूले यस कम्युनमा १० जनाभन्दा बढी विश्वविद्यालयका विद्यार्थीहरू पाएका छन् ।
क्रान्तिभन्दा पहिले यो कम्युनको क्षेत्रभित्र एउटा पनि अस्पताल थिएन । डाक्टर थियो, तर पैसाको । यदि कसैले आधा पैसा दियो भने उसले आधी औषधिमात्रै पाउँथ्यो । मतलब आधा पैसाले अथवा अलि गरिब मानिसले औषधि गर्नु बेकार थियो । बिनापैसाले डाक्टरको घरभित्र पनि जान पाउँदैनथ्यो । क्रान्तिपछि यो क्षेत्रमा चारवटा उपचार केन्द्र खोलियो । तर, अहिले कम्युनको एउटा केन्द्रीय अस्पताल र ३३ उपचार केन्द्रहरू एवं ८ प्रसूतिगृह छन् । ती अस्पताल, उपचार केन्द्र र प्रसूतिगृहमा औषधि, खाना आदि जम्मै निःशुल्क छ । यतिमात्र होइन उपचारको लागि डाक्टर घरघरसम्म पनि पुग्छन्, पहिले बिरामीहरू डाक्टरको लागि कोसौँ धाउनुपर्दथ्यो ।
कम्युनको स्थापनापछि कम्युनले सदस्यहरूको सुविधा र स्वास्नीमानिसहरूलाई उत्पादनको काममा भाग लिने मौका दियो, सामूहिक भान्छा घर र कामको बेलामा नानीहरू राख्न शिशुशाला र बालोद्यानको पनि राम्रो प्रबन्ध ग¥यो । अहिले कम्युनमा जम्मा ३१८ सामूहिक भान्छाघर, ३१० शिशुशाला र ६१ बालोद्यान छन् ।
कम्युनको स्थापनापछि ३०० आइमाईहरूले घरको कामबाट मुक्ति पाई उत्पादनको काममा भाग लिन पाए । कम्युनको उत्पादनमा भाग लिने स्वास्नीमानिसहरू कम्युनको जम्मा श्रमशक्तिको १२ भागको १ भाग मात्र छ । कम्युनको जम्मै श्रमशक्ति १८००० छ । अर्ध श्रमशक्ति फेरि छुट्टै छ । कम्युनको स्थापनाभन्दा पहिले स्वास्नीमानिसहरू खालि घरको मात्रै काम गर्थे । भान्छाको काम र केटाकेटीको स्याहार गरेर मात्रै दिन काट्थे र देशको उत्पादन बढाउने काममा भाग लिने मौकै पाउँदैनथे । तर, कम्युन बनिसकेपछि खाना सामूहिक भान्छाघरमै खाने भयो र नानीहरूलाई कामको बेलासम्म बालोद्यान र शिशुशालामा राखेर उत्पादनको काममा भाग लिन पाए । उदाहरणको लागि याऊ स्याऊ मेन हुन् । याऊ स्याऊ मेन यस कम्युनका एक सदस्य हुन् । उनका चार छोराछोरी छन् । कम्युनको स्थापना हुनुभन्दा पहिले उनी खालि बच्चाहरू र घरकै काममा व्यस्त हुन्थिन् । तर, कम्युनको स्थापनापछि दुइटी छोरीहरू शिशुशाला र एउटा छोरी बालोद्यानमा राखेर कम्युनको उत्पादनमा भाग लिइन् । अर्का ठुली छोरीलाई निम्न माध्यमिक विद्यालयमा पढ्न पठाइन् । यसरी छोराछोरीलाई आआफ्नो ठाउँमा राखेर आफू काममा लाग्छिन् र खाना सामूहिक भान्छा घरमै खाने गर्छिन् । १९५९ मा तिनले ३०० दिन उत्पादनको काममा भाग लिएर कामको दिनको रेकर्ड उछिन्न सफल भइन् ।
आइमाईहरूलाई कम्युनको स्थापनाले पाएको सुविधा र प्रगतिले गर्दा कम्युनका लेखक, कवि र कलाकारहरूले त्यसै विषयमा कथा, कविता र गीत लेख्न थाले । एउटा कविताको केही पङ्क्ति यहाँ प्रस्तुत छ । यस माछ्याऊ जनकम्युनमा त्यो कविता सा¥है चर्चित छ । कविता त्यहाँकै एक कविले लेखेका हुन् । त्यसको भावानुवाद यसप्रकार छ –
नानीहरू थुप्रै थिए, काम गर्न दिँदैनथे,
कम्युन बन्यो, काम बन्यो, दुःख पनि हट्यो ।
छोरी हाँस्छे ‘दिदी’ सित शिशुशालामा,
छोरो खेल्छन्, हाँसीहाँसी बालोद्यानमा ।
ठुली जान्छिन् स्कूलमा पिर केही छैन,
खान, लाउन, पढ्न पनि पैसा चाहिँदैन ।
यसरी स्वास्नीमानिस र लोग्नेमानिस दुवैले उत्पादनको काममा भाग लिँदा घर घरको आम्दानी पनि बढ्यो । सन् १९५७ मा एक परिवारको वर्षको बाहिरी आम्दानी २५४ यानमात्र थियो भने १९५८ मा २५४ बाट बढेर ३८३ यान पुग्यो र १९५९ मा ४३५ यानसम्म पुग्यो । तर, १९६० को अन्तसम्ममा यो अझ धेरै बढ्ने सम्भावना छ ।
‘कम्युनको जम्मा उत्पादनको १० प्रतिशत सरकारी कर र २० प्रतिशत सार्वजनिक कल्याण, १० प्रतिशत खेती उत्पादनको लागि अथवा बीउबिजन, जल, मल, हल आदिको निमित्त बचाउँछ । अरु बाँकी उत्पादन वितरण व्यवस्थामा खर्च गर्छ । कुल वितरण अङ्कमध्ये ३० प्रतिशत निःशुल्क वितरणमा र ७० प्रतिशत हरेकलाई कामअनुसारको सिद्धान्तको आधारमा वितरण गरिन्छ, त्यसमा इनाम पनि गाभिएको छ । निःशुल्क वितरणमा खाना, औषधि, नर्सरी, बालोद्यान आदि जीवनको तल्लो आवश्यकीय कुराहरू सम्मिलित छन् ।
कम्युनको स्थापना र वितरण व्यवस्थाबाट प्रभावित भएर कम्युनकी एक कवयत्रिले लेखिन् –
कम्युनले सुनमा सुगन्ध छ¥यो,
अरु संस्थाभन्दा धेरै सुन्दर बन्यो ।
स्वर्गमा स्वर्ग बनाउने बाटो बन्यो,
समाजवादभन्दा साम्यवाद राम्रो ।
बाटो खोल्यो साम्यवादको कम्युनले,
समाजवादको सुनौला बाली रे ।
कामअनुसार पाउनेबाट जहाँ,
आवश्यकताअनुसार पाउनेमा ।
का. च्याइङ मिङले आफ्नो कम्युनको प्रगति र इतिहासको सम्बन्ध छोटकरीमा बताइसकेपछि केही बेरसम्म प्रश्न उत्तर भयो । हाम्रा प्रश्नहरूको उत्तर दिइसकेपछि एकछिन कुराकानी भयो र त्यसपछि कम्युन अवलोकन गर्न गयौँ ।
कम्युनका सदस्यहरू बस्ने आवासहरू कम्युनको अफिसबाट नजिकै थियो र हामीहरू उतैतिर गयौँ । आवास भवनहरू नयाँ प्रकारका थिए । घरहरूको वरिपरि फूलबारी थियो । घरहरू तीनतले र ती सबै घरहरू कम्युनले निर्माण गरेको थियो । हामीहरू घरमा गयौँ । घरको भुइँ तलामा लुगा धुने केही सामानहरू थिए । माथि उक्ल्यौँ । एउटी बुढी महिलाले आफ्नो नातिलाई भात खुवाइरहेकी थिइन् । हामीलाई देखेर बुढी अनकनाई परिचयपछि भारतकी महिला साथी धिराले सोधिन्, “के बुढी आमै आफ्नो नातिलाई शिशुशाला पठाउनु हुन्न ?” बुढी आमैले हाँस्दै उत्तर दिइन्, “नानीलाई मैले भर्खर शिशुशालाबाट ल्याएकी हुँ ।” अर्को एक साथीले प्रश्न गरिहाले, “के भ्रमणको क्रममा लेखक र धिरा एक चिनियाँ बालकसँग शिशुशालामा नानीहरूलाई खुवाउने बन्दोबस्त छैन ?” मि. लिले अनुवाद गर्दै भने, “नानीहरूलाई शिशुशालामा खुवाउने गर्छ, तर चुप लागिरहनुभन्दा नानीहरूलाई खुवाउनु बेस सम्झन्छु । किनभने मेरो केही काम छैन, अर्कोतिर शिशुशालाका ‘दिदीहरू’ लाई मद्दत दिने जस्तो पनि हुन्छ ।”
तिनी ६७ वर्षकी थिइन् । तिनले कम्युनबाट भत्ता पाउँछिन् । बिदा लिने बेला मैले प्रश्न गरेँ, “तपाईँलाई कम्युनिस्टहरू आउनुभन्दा अथवा क्रान्तिभन्दा पहिले सुविस्ता थियो कि अहिले कम्युनिस्टहरूको शासनमा ?” तिनी आश्चर्य चकित दृष्टिले मलाई हेर्दै उत्तर दिइन्, “कहाँ हुन्थ्यो अहिले र उहिले । क्रान्तिभन्दा पहिले मलाई मर्नु न बाँच्नु थियो । बस्नलाई सानो छानो पनि थिएन, मेरो तीन चारजना छोराछोरी थिए । त्यसबेला मैले तिनीहरूलाई राम्रोसँग दुई छाक पनि खुवाउन सक्दिनथेँ । तर, अहिले म यस्तो राम्रो घरमा बस्छु, मैले राम्रोसँग खान लाउन पाइरहेकी छुँ । अगाडिको कोठातिर औल्याउँदै थपिन्, यो कोठामा म बस्ने गर्छु, ऊ ती कोठाहरू मेरा छोराहरूको हो ।” उनले सँगैको अर्को केही कोठातिर औँल्याइन् ।
घर ठुलो थियो । सफा सुग्घर थियो । हरेक जवानलाई एक कोठा थियो । एक तलामा झन्डै २०–२५ भन्दा बढी कोठाहरू ठिक्क ठिक्कको थियो । त्यसमा झन्डै ५–६ परिवार बस्थे । दुई–तीन कोठाको बिचबिचमा स–साना लाउडस्पीकरहरू झुन्ड्याइएको थियो । कोठाका झ्याल ढोकाहरू खुला थिए । जम्मै कोठा खाट, दराज, मेच–टेबुल आदि सामानले सजिएका थिए । कम्युनका सदस्यहरू बस्ने कोठाहरू सन्तोषजनक लाग्यो । प्रतिक्रियावादीहरूले भनेजस्तै कम्युन गोठजस्तो थिएन, बरु मानिसहरू बस्ने राम्रो आवास नै थियो । हाम्रो देशमा सयकडा १० को पनि यस स्तरको जीवन बिताउन पाएका थिएनन् ।
अनि हामी बालोद्यान र शिशुशाला हेर्न गयौँ । बालोद्यानमा केटाकेटीहरू खेलिरहेका थिए । हामी देख्नासाथै तिनीहरू एकै आवाजमा कराउन लागे, ‘सुसु हाऊ, सु सहाऊ ।’ त्यसको अर्थ हो ‘काका नमस्ते’ । बालोद्यानमा स–साना नानीहरूको नाचगान र खेलपछि हामी शिशुशाला हेर्न गयौँ । शिशुशालामा नानीहरूको सुत्ने बेला भएको हुँदा एकैछिन पछि हामी कम्युनको अस्पताल हेर्न गयौँ ।
अस्पतालमा २०–३० शøयाको राम्रो प्रबन्ध थियो । रोगीहरू कुनै वार्डमा एकजना र कुनै वार्डमा दुई–तीन जना थिए । वार्डमा रोगीको सङ्ख्या रोगीको रोगअनुसार राखिएका थिए । अस्पतालमा एक्सरे विभाग, चिरफार विभाग (सर्जरी डिपार्टमेन्ट) र अरु रिसर्च डिपार्टमेन्टहरू पनि थिए । यस्तो गाउँको अस्पतालमा यस्तो राम्रो प्रबन्ध देख्दा मैले आफ्नो देशका अस्पतालहरू सम्झेँ – रोगीले आफ्नो रोग निको गर्दागर्दै अस्पतालको अस्वस्थकर वातावरणले अर्को रोगलाई निम्त्याउने स्थिति थियो । फेरि नर्स र डाक्टरहरूको स्याहार–सुसारको के बयान ! आकाश पातालको फरक ¤ आफ्नो देशको केन्द्रीय अस्पताल अर्थात् वीर अस्पतालमा डाक्टर र नर्सहरूको आगमनले रोगीहरू थरथर काँप्थे । अस्पतालमा भर्ना हुन डाक्टर र कम्पाउन्डरहरूको जी हजुरी गर्नुपथ्र्यो । अरु तल्ला कर्मचारीहरूलाई टक्य्राउनुपर्ने पान–सुपारीको त कुरै छोडूँ ! तर, त्यस्तो गाउँको कम्युनमा यस्तो कुनै प्रकारको भ्रष्टाचारको नामोनिशान देखिन्न । तिनीहरू डाक्टरको आगमनले हाँस्छन्, डाक्टर र नर्सहरूले पनि रोगीहरूलाई आफ्नो साथीभाइलाई जस्तै सम्झाउने बुझाउने र उत्साहित गर्छन् । त्यस अस्पतालको मुख्य डाक्टर २५–२६ वर्षका युवा थिए ।
अस्पताल हेरिसकेपछि हामी कम्युनको प्रसारण केन्द्र (ब्राउडकास्टिङ सेन्टर) मा पुग्यौँ । कम्युनको प्रसारण केन्द्रले रेडियो स्टेसनझैँ काम गर्दै थियो । त्यस केन्द्रले पेचिङ रेडियोको कार्यक्रम पनि बजाउँछ । हाम्रो बङ्गाली साथी कणीकाले त्यहाँ रवीन्द्रनाथ टैगोरद्वारा रचित एक बङ्गाली गीत गाइन् । गीतको टेप रिकर्डिङ भइसकेको थियो । हामीले रिकर्ड गरेको गीत सुन्यौँ । कणिका लजाइन् । अरु कम्युनमा जस्तै यहाँ पनि नृत्य मण्डली र सांस्कृतिक टोलीले कम्युनका सदस्यहरूको निम्ति नाचगान, सिनेमा र अरु सांस्कृतिक कार्यक्रमहरूको प्रबन्ध गथ्र्यो ।
कम्युनको मध्यमा एउटा प्रदर्शनी स्थल छ । हामी त्यहाँ हेर्न गयौँ । प्रदर्शनीस्थल सङ्ग्रहालयजस्तै थियो । अरु ठाउँका मानिसहरू पनि हेर्न आइरहेका थिए । प्रदर्शनीमा कम्युनको नक्सा थियो । त्यसमा सङ्केतले कम्युनका स्वास्थ्य केन्द्रहरू, कम्युनको जिल्ला, उद्योग केन्द्रहरू आदि महत्वपूर्ण ठाउँहरू सङ्केत चिह्नमार्फत प्रदर्शित थिए । अनि ग्राफहरूमा कम्युनको खेती, उद्योगको उत्पादन, शिक्षा र संस्कृतिको प्रगति आदि सबै देखाइएको थियो । अब आउने योजनाहरूको स्केच (खेस्रा) पनि प्रस्टसित चार्टमा तस्बिर बनाएर देखाइएको थियो ।
खेतीको विभागतिर कम्युनको कृषि विकासको प्रगतिको बारे प्रदर्शित थियो । त्यहाँ हरेक वर्षका धानका बालाहरू राखिएका थिए । वषैपिच्छे ती धानका बालाहरू ठुल्ठुला हुँदै गएको प्रस्ट थियो । सिसीहरूमा राखिएका धानका गेडाहरूले पनि वषैपिच्छे गेडाहरू पुष्ट र ठुलो हुँदै गएका दानाहरू देखाउँथ्यो । त्यसकै अगाडि कम्युनको जीवनस्तरको ग्राफ थियो । एक कुनामा चाउ थि चिङ भन्ने एक किसानको जीवनको एक झाँकी देखाइएको थियो । चाउ चि चिङ क्रान्तिभन्दा पहिले सा¥है गरीब थिए । उनको लुगा फाटेको र टालेको थियो । भाँडाकुँडा सबै माटाका र फुटेका थिए । ती सामानको माथितिर लेखिएको थियो, ‘क्रान्तिभन्दा पहिले ।’ अर्कोमा लेखिएको थियो, ‘कम्युनको स्थापनापछि ।’ त्यस लेखोटको तल एउटा खाट थियो । त्यसमाथि राम्रा राम्रा लुगा राखिएको थियो । लुगामध्ये जाडोमा न्यानो हुने लुगा र कोट पनि थियो । भाँडाकुँडा राम्रो थियो र माटाका थिएनन् । कलम, कापी, किताब, जुत्ता आदि वस्तुहरू पनि प्रदर्शित थिए । ती वस्तुहरू कम्युनको स्थापना र क्रान्तिभन्दा पहिले उनीसँग थिएनन् ।
त्यहाँ कम्युनको जनसङ्ख्या, जन्म र मृत्यु दर आदि सबै आवश्यक तथ्य–तथ्याङ्कहरूको ग्राफ र स्केचहरूको तस्बिर प्रदर्शित थियो । कम्युनले आगामी दिनमा बनाउने योजनाहरूको मोडेल (नमुना) राम्रो लाग्यो । स–साना बिजुली निकाल्ने पानीको बिजुली घर, नहरहरू, सहर आदिको नमुना प्रदर्शित थियो । प्रदर्शनीघर सङ्ग्रहालयजस्तै थियो । त्यो प्रदर्शनी स्थल वा भवन स्केच, ग्राफ पछिको योजनाका सबै नमुनाहरू हिउँदे बिदामा आएका विद्यार्थीहरूले बनाएका थिए । तिनीहरू शाङ्घाई प्राविधिक विश्वविद्यालयका छात्रछात्राहरू थिए ।
कम्युन एक किसिमले फूलबारीको भवनजस्तो लाग्दथ्यो । कम्युनको चारैतिर अरु भवनहरू थिए । भवनको दायाँ–बायाँ, अगाडि पछाडि बगैँचा बनाइएको थियो । कम्युनका केही सदस्यहरू मन लगाएर काम गरिरहेका थिए । तिनीहरूको मुखमा सन्तोष र आनन्दका रेखाहरू देखिन्थे ।
हामीले कम्युनको विभिन्न विभागहरू हेर्दै फेरि सांस्कृतिक कार्यालयमै पुग्यौँ । त्यहाँ हामीले कम्युनबारे एक–दुइटा प्रश्नहरू सोध्यौँ । उत्तरहरू पनि राम्रै आयो । हामीले नयाँ जानकारीहरू पाएको अनुभव गयौँ । अन्तमा, हामीले माछ्याऊ जनकम्युनको उत्तरोत्तर उन्नति र सुख समृद्धको कामना गर्दै बिदा लियौँ ।
कारको ढोका खुल्यो । का. च्याइङ मिङ र कम्युनका अरु साथीहरूसँग बिदाइको हात मिलाउँदै कारभित्र पस्यौँ । कार गुड्यो र झ्यालबाट बाहिर चियाएँ । कम्युनका चिनियाँ साथीहरू बिदाइका हातहरू हल्लाउँदै थिए । हाम्रो मोटर ११ महिनाभित्र बनेको मजदुरहरूको मिहो फाङ टीङ सहरको दृश्यावलोकन गर्न कम्युनलाई छोड्दै दौड्यो ।
कम्युन देखिसकेपछि मैले नेपालका एक भूपू यातायात मन्त्री गणेशमान सिंहलाई सम्झेँ । कार दौडिरहेको थियो । मेरो मनमा उनको कम्युनप्रतिका नकारात्मक टिप्पणीहरू खेलिरहेको थियो । मैले आफ्नो आँखाले देखेँ– कम्युन ‘सुँगुरको खोर’ होइन, जनताको राम्रो जीवनको नमुना थियो ।
सुनसान, फराकिलो सडकमा कार बेतोडले दौडिरहेको थियो । सडकले क्षितिज छोइरहेको थियो ।
समाप्त
Leave a Reply