यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
राजनीतिक दलगत अर्थमा गणतन्त्रवादी र धर्मप्रति तटस्थता प्रगतिशील हो भने धर्म कट्टरताको कारण हत्या, हिंसा र लडाइँको बीउ रोप्ने निहँु प्रतिगामी हो । नेपालजस्तो सानो जनसङ्ख्या, जातीय र धार्मिक विविधता भएको देशमा छिमेकी र अन्तर्राष्ट्रिय प्रभावबारे नेपाल सचेत हुनु आवश्यक छ ।
बेलायती पुँजीवादी क्रान्तिभन्दा पहिले १७ औँ शताब्दीसम्म राज्य सत्ताको उत्पत्ति राजाबाट भएको, राजा ईश्वरको अवतार र ईश्वरकै रूपमा लिएर ‘दैवी सिद्धान्त’ लाई मानिन्थ्यो । तर, बेलायती क्रान्तिपछि फ्रान्सेली क्रान्ति र रुसी क्रान्तिले ‘दैवी सिद्धान्त’ लाई अस्वीकार गरेको प्रस्ट थियो ।
अमेरिकी स्वतन्त्रता आन्दोलन बेलायती राजा र बेलायती उपनिवेशवादकै विरोधमा भएको थियो । अमेरिकी स्वतन्त्रतापछि पनि अमेरिकामा राष्ट्रपति होइन ‘राजा’ नै स्थापना गर्न खोजेका थिए त्यसबेलाका प्रतिगामी अमेरिकीहरू । तर, सैनिक विद्रोहको खतरा देखेपछि अमेरिकामा राजतन्त्रको स्थापनाको कल्पना कसैले गरेनन् ।
दोस्रो विश्वयुद्धमा जापानले सजिलै हिटलर र मुसोलिनीले जस्तै आत्मसमर्पण नगर्दा अमेरिकाले हिरोसिमा र नागासाकीमा अणु बम खसालेर लाखौँ जापानी जनताको हत्या र पुस्ताँै पुस्तालाई अपाङ्ग बनायो । अमेरिका जापानी सम्राटलाई युद्ध अपराधीको रूपमा ज्यान सजाय दिने पक्षमा थियो । तर, जापानी सेना र जनता संवैधानिक राजालाई युद्ध अपराध मानेको खण्डमा लाखौँ जापानी जनताले आत्महत्या गर्ने र सम्पूर्ण दक्षिण–पूर्वी एसियामा ‘साम्यवादीहरू’ प्रभावशाली हुने निष्कर्षले आजसम्म जापानमा ‘राजा’ र ‘राजतन्त्र’ बाँकी रहे । प्रम तोजोलाई बलिको बोका बनाइयो ।
भियतनामको राजा र राजतन्त्रलाई अमेरिकाले नै समाप्त पार्यो । कम्बोडियाको राजा सिंहानोकलाई संयुक्त राज्य अमेरिका र फ्रान्सले नै अपदस्त गरे र ज्यान सजायको घोषणा गराए । जनताको सङ्घर्षले अमेरिकीहरू कम्बोडियाबाट पुच्छर लुकाए भागे । अरू धेरै देशका राजा महाराजाहरूलाई बेलायत र अमेरिकी उपनिवेशवादले नै रसातलमा पु¥याए ।
मानिस र व्यवस्थाका प्रकारहरू
सामान्यतः मानिस दुई प्रकारका हुन्छन् । पहिलो, अरुलाई पछि हुने दुःख थाहा पाएर सहयोग गर्ने । दोस्रो, अरूलाई दुःख दिएको कारण पछि प्रतिकार भएपछि मात्रै आफ्नो बिराम थाहा हुने ।
राजनैतिक र सामाजिक व्यवस्था पनि दुई प्रकारका छन् । इतिहासमा दासहरूले पाएको दुःखलाई दास मालिकहरूले दुःख सम्झने गर्दैनन् । दासहरूको हत्या हुँदा आफ्नै सम्पत्तिको क्षति सम्झनुपर्छ भन्ने दास मालिकहरूलाई समेत ‘दासपक्षीय’ भनी शत्रु सम्झन्छन् । सामन्त र पुँजीवादी व्यवस्थामा पनि भू–दास, किसान, मजदुर र अन्य शोषितबारे शत्रु नै सम्झेर दमन गर्छन् ।
त्यसको परिणाम दास विद्रोहहरू भए । बेण राजाको बध दासहरूबाट भयो । रोम, ग्रिस र संयुक्त राज्य अमेरिकामा पनि ठुलाठुला दास विद्रोहहरू भए । पछि मालिक, सामन्त, पुँजीपतिवर्ग आफ्नो र व्यवस्था जोगाउन अनेक सुधार र सम्झौताहरू गर्न बाध्य भए ।
सभ्यताको विकास सँगसँगै मानिसले अनेकौँ भौतिक प्रगति गरे । उनीहरूले नयाँ नयाँ सहर, सडक (भूमि), जल र आकाशमा गुड्ने, चल्ने र उड्ने अनेकौं प्रकारका बाहन उड्ने वस्तुहरू बनाए† सहर र ज्ञान–विज्ञानका अनेक प्राविधिक आश्चर्यहरूको आविष्कार गरे । मानिसले मानिसलाई मार्ने हातहतियार र विध्वंसात्मक यन्त्र संयन्त्र र विनाशका वस्तुहरू बनाएर भविष्यमा आफैँमाथि तेर्सिने वस्तु बनाए । तर, संयम, धैर्य र अरूको दुःखबाट पछि हुने प्रतिकारबारे नसोची बाँदर बुद्धिले मानव विकास र सभ्यता नै एक ठुलो अन्योल र नसुल्झिएको विषय बन्यो ।
टाढा जानु पर्दैन, कोरिया, हिन्द–चीन, इराक, लिबिया, सिरिया र अफगानिस्तानको दुःखको कारण विदेशी हस्तक्षेप नै जिम्मेवार देखियो । प्यालिस्टिन र इजरायल साना देश, राज्य, धर्म र फरक संस्कृतिको कारण प्यालेस्टिनी र गाजाका जनताका दुर्दान्त दुःख पीडाले संसारका मानिसको हृदयलाई चिमोटेको छ । सबैले एकै आवाजमा भन्दै छन्, इजरायली प्रधानमन्त्री नेतन्याहु र अमेरिकी राष्ट्रपति बाइडेन के रगत र मासुले बनेका मानिस होइनन् ? उनीहरू पछि हुनेबारे सोच्दैनन् ?
क्याथरिन रसेल, युनिसेफका कार्यकारी निर्देशकले लेखे– ‘अकल्पनीय पीडाबिच गाजामा बालबालिका’ (नयाँ पत्रिका– १६ फागुन २०८०) । अल जजिराको समाचारलाई मजदुर दैनिकले साभार गर्यो – वासिङ्टन डिसीमा १५ फागुन २०८० को दिन ‘इजरायली दूतावास बाहिर आत्मदाह गर्ने अमेरिकी वायुसेना जवानको मृत्यु ।’ १६ फागुन २०८० को नयाँ पत्रिकाले एक समाचार छाप्यो । त्यसको शीर्षक छ – ‘एक साताभित्र इजरायल हमासबिच युद्धविराम हुने बाइडेनको दाबी ।’
Leave a Reply