भर्खरै :

सामुदायिक विद्यालयको संरक्षण गर्नुपर्ने

सामुदायिक विद्यालयको संरक्षण गर्नुपर्ने

भक्तपुर, १८ फागुन । “विद्यालयको विकास र प्रगतिको अर्थ विद्यार्थीहरूको भर्ना मात्र नभई विद्यार्थीहरूमा आउने गुण, व्यवहार र असल आचरण पनि हो ।”
उक्त भनाइ नेपाल मजदुर किसान पार्र्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेश सदस्य सुरेन्द्रराज गोसाईले शुक्रबार सम्पन्न समाज सुधार माध्यमिक विद्यालयको ५३ औं वार्षिकोत्सव, शिक्षक सम्मान, पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रममा व्यक्त गर्नुभएको हो ।
सामुदायिक विद्यालयको संरक्षणको लागि शिक्षण पेशामा आबद्ध शिक्षक कर्मचारीहरूले समयसापेक्ष आफूलाई परिवर्तन गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “शिक्षण पेशामा इमानदार हुन नसक्ने शिक्षक विद्यार्थीभन्दा पछि पर्नेछ ।”
स्थानीय भाषाको ज्ञानका साथै विद्यार्थीहरूको भाषा पनि सिक्ने सक्यो शिक्षण प्रक्रिया अझ राम्रो हुने उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिका नगर शिक्षा शाखा प्रमुख साधुराम फुँयालले समाजमा वर्ग विभेद कायम रहेकोले कामदार वर्गका छोराछोरीलाई शिक्षाको पहुँचमा पु¥याउनुपर्ने बताउनुभयो ।
वागीश्वरी माविका प्रअ कृष्णप्रसाद धन्छाले संयुक्त परीक्षा समितिले विद्यार्थीहरूको सर्वाङगीण विकासका लागि शैक्षिक कार्यक्रम अगाडि बढाइरहेको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा विद्यालयका पूर्व प्रअ लक्ष्मीनारायण दुवाल, भनपा वडा नं ८ का वडा सदस्य रामसुन्दर बासी, विद्यालयका पूर्व विद्यार्थी रमेश प्रजापति, विद्यार्थी आर्सी बुयो, शिक्षकहरू कृष्णप्रसाद सुवाल र रेणु बाइजुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रअ जगनाथ प्रजापतिले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा अनिवार्य अवकाशप्राप्त शिक्षक दिनेश मचामसी र २५ वर्षसम्म निरन्तर अध्यापन गरेका शिक्षक सुरज दिदीयालाई दीर्घ सेवा पदक तथा विद्यालयका उत्कृष्ट १२ जना शिक्षकहरूलाई पनि सम्मान गरिएको थियो ।
एसईई २०७९ मा उत्तीर्ण विद्यार्थीलाई मायाको मायाको चिनो वितरण गरिएको उक्त कार्यक्रममा कक्षागतरूपमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूलाई सांस्कृतिक प्रस्तुति पनि देखाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *