भर्खरै :

तेस्रो भक्तपुर कप फूटबल प्रतियोगिता २०८० उद्घाटन

तेस्रो भक्तपुर कप फूटबल प्रतियोगिता २०८० उद्घाटन

भक्तपुर, १८ फागुन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर युवा टीमको आयोजनामा सञ्चालन भएको भक्तपुर कप फूटबल प्रतियोगिताको शुक्रबार एक कार्यक्रमबिच उद्घाटन गर्नुभयो ।
महेश्वरी खेलमैदानमा सञ्चालित उक्त प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले खेलकुद प्रतियोगिता आजको लागि मात्र नभई भविष्यमा सभ्य र सुसंस्कृतिक समाज निर्माणको लागि भएको बताउनुभयो ।
समाजलाई अनुशासित र व्यवस्थित गर्ने शिलशिलामा भक्तपुर नपाले खेलकुद प्रशिक्षण, खुला व्यायामशाला, कभर्ड हल निर्माण, खेलकुद प्रतियोगिताहरू सञ्चालनमा जोड दिँदै आएको बताउँदै उहाँले नयाँ पुस्तालाई खेलकुदमा सहभागी गराउने कोसिस गर्दै आएको बताउनुभयो ।
युवालाई विकृति र विसङ्गतिबाट विमुख गर्न खेलकुद सशक्त माध्यम हुने उल्लेख गर्दै उहाँले खेलाडीहरू अनुशासित, इमानदार र देशभक्त हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले निडर र निर्भिक खेलाडी तयार गर्ने उद्देश्यले भक्तपुर नपाले खेलकुद क्षेत्रमा योगदान पु¥याइरहेको बताउँदै प्रतियोगिता सफलताको शुभकामना दिनुभयो ।
भक्तपुर जिल्ला खेलकुद समितिका अध्यक्ष दीपक थापाले भक्तपुर नपाले सञ्चालन गरेको खेलकुद प्रतियोगिताले भक्तपुर खेलकुदमय भएको बताउँदै खेलकुद प्रतियोगिता आयोजना राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा पुग्ने दबु भएको बताउनुभयो ।
भक्तपुर नपाले खेलकुद क्षेत्रमा गरेको भौतिक विकास सराहनीय भएको बताउँदै यस किसिमका गतिविधिले खेलाडीहरूलाई प्रोत्साहित गर्ने बताउनुनत्ो ।
भक्तपुर युवा टीमका संस्थापक अध्यक्ष विश्वराम कवांले युवा टीम स्थापनाको इतिहास बताउँदै युवालाई कुलतबाट बचाउने अभियानस्वरूप भक्तपुर युवा टीम स्थापना भएको बताउनुभयो ।
भक्तपुर युवा टीमका अध्यक्ष केशव त्वानाबासुको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर कप फूटबल प्रतियोगिता संयोजक सुरेश कवांले प्रतियोगितामा १६ वटा टीम सहभागी भएको अवगत गराउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *