युक्रेनी जग्गा कब्जा गर्दै अमेरिकी कम्पनीहरू
- पुष २८, २०८१
काराकस, १ मार्च (टेलेसुर) । बोलिभारियाली क्रान्तिको महान् राष्ट्रिय दिवस राजधानी कराकसमा राष्ट्रिय भूभागका क्रान्तिकारी प्रतिनिधिहरूको बृहत् भेलाबिच सम्पन्न भयो ।
बिहीबार भेनेजुएलाका राष्ट्रपति निकोलस माडुरोले २० वर्षअघि कमाण्डर ह्युगो चाभेजले घोषणा गरेको बोलिभारियाली क्रान्तिको साम्राज्यवादविरोधी चरित्रको प्रशंसा गर्नुभएको थियो ।
“मातृभूमिको रक्षामा कमाण्डर ह्युगो चाभेजको विचार बोलिभारियाली क्रान्तिको साम्राज्यवादविरोधी चरित्र मातृभूमिको रक्षा गर्ने पुरुष र महिलाको विचार र कार्यमा अझै पनि बलियो छ,” माडुरोले सामाजिक सञ्जाल एक्समार्फत जारी गरेको सन्देशमा भन्नुभयो ।
फेब्रुअरी २९, २००४ मा, कमाण्डर ह्युगो चाभेजले २१ औँ शताब्दीको बोलिभारियाली क्रान्तिको साम्राज्यवादविरोधी चरित्र घोषणा गर्नुभएको थियो । बोटानिकल गार्डेनबाट चाभेजले तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज बुशको उक्साहटअघि आफ्नो प्रसिद्ध साम्राज्यवादविरोधी भाषण गर्नुभएको थियो ।
राष्ट्रपति माडुरोले कमाण्डर चाभेजले कसरी भविष्यको लागि ज्योति प्रज्वलित गर्नुभएको थियो र २००४ मा ग्रेटर काराकास र देशका अन्य सहरहरूमा चरम दक्षिणपन्थी हिंसाले भरिएको अवस्था सम्झना गर्नुभयो ।
उहाँले भेनेजुयलाविरुद्ध अमेरिकाको धम्कीलाई पनि उल्लेख गर्नुभयो : “यो विरासतमा हामी यसलाई हाम्रो जीवन, हाम्रा जनतासँग मिलेर रक्षा गर्न जाँदै छौँ, ताकि हाम्रो देशको लागि, त्यो बदनाम साम्राज्यवादी देशले चाँडोभन्दा चाँडो यसको सम्मान गरोस् ।”
प्रतिकात्मक मितिको सम्झना गर्न, बोलिभारियाली क्रान्तिको महान राष्ट्रिय दिवस राजधानीमा राष्ट्रिय क्षेत्रका सबै क्रान्तिकारीहरूलाई भेला गर्दै कराकसमा आयोजित गरिएको हो ।
राष्ट्रपतिले अगाडि अमेरिकी सरकार र चरम दक्षिणपन्थी सर्कलहरूलाई चेतावनी दिँदै भन्नुभयो, “जनताको सबैभन्दा ठूलो विजयको लागि तयार होऔँ, हामी आगामी दिनमा आउने लडाइँहरूको लागि इन्जिनहरू तताउँदै छौं ।”
Leave a Reply