भर्खरै :

साम्राज्यवादी आक्रमण र जातिवादी विध्वंशको विरोध गरौँ !

एउटा उखान छ, ‘सर्प मर्छ तर उसको पुच्छर हल्लिरहन्छ ।’
रूसमा पुटिन वा वर्तमान सरकारविरोधी नेता भनिने एलेक्सी नाभाल्नीको जेलमा हत्या गरेको प्रचार पश्चिमी प्रचार माध्यममा चर्चा भइरहेको छ ।
नयाँ पत्रिका, १८ फागुन २०८० मा ‘के रूसमा विपक्षी समाप्त भएकै हो ?’ भने लेख बाथ विश्वविद्यालयका रूसी एवं उत्तर सोभियत राजनीतिका उपप्राध्यापक स्टेफन हलले लेखे ।
हुन त कुनै पनि देशमा एक प्रतिपक्षी दलका नेता मर्दैमा वा मार्दैमा न ‘प्रजातन्त्र’ समाप्त हुन्छ न त प्रजातान्त्रिक आन्दोलन र ‘विपक्षी’ समाप्त हुन्छ ।
वर्तमान यूरोप सोभियत सङ्घ र पूर्वी यूरोपका समाजवादी देशहरूमा पुँजीवादको पुनःस्थापनापछि संरा अमेरिकी साम्राज्यवाद मैमत्त हात्तीजस्तै अति अहङ्कारी र घमण्डी भएको कुरा युक्रेनको काँधमा बन्दुक बिसाएर रुसमाथि हान्दा र इजरायलले प्यालेस्टिन (गाजा) मा जातीय नरसंहार गर्न हातहतियार र अन्य सहयोग दिएकैबाट थाहा हुन्छ ।
तर, रूसमा २०० सय वर्ष अगाडि नै जारतन्त्रको विरोधमा र प्रजातन्त्र एवं भूदास प्रथालाई समाप्त पार्न जारको विरोधमा षड्यन्त्रमूलक ढङ्गले विद्रोह गरेका थिए । तिनीहरूमध्ये ५–७ जनालाई फाँसी दिइएको थियो र धेरै अरूलाई हिँडेर जाँदा सय दिनमा पनि नपुग्ने र घोडा बग्गीमा १५ दिन लाग्ने साइबेरिया वा कालापानीमा २० वर्ष निर्वासन वा ज्यान सजाय दिइएको थियो । (रूसको डिसेम्बर विद्रोह– जारविरूद्ध षड्यन्त्र)
क्रान्तिको बेला लडाइँमा मानिस मर्ने सङ्ख्या निश्चय पनि बढी नै हुनेगर्छ । तर, क्रान्तिको विजयपछि क्रान्तिका नेता लेनिनलाई देशी र विदेशी प्रतिक्रियावादीहरूले गोली हानेर मारे ।
त्यस्तै स्तालिनलाई ढिलो लाग्ने विष खुवाएकोबारे धेरै पछि थाहा पाए, त्यस हत्या काण्डमा गृहमन्त्री र पार्टीभित्र घुसेका अन्य नेताहरूसमेत तानिएका थिए । त्यो भन्दा पहिले स्तालिनपछिका नेता किरोभलाई उनकै निवासमा उनका अङ्गरक्षकहरू समेत हातमा लिई हिटलरको जर्मनी वा नाजीवादी (राष्ट्रिय समाजवाद) हरूले हत्या गरेका थिए । किरोभलाई कुनै पनि हालतमा स्तालिनसमक्ष नपु¥याउने उद्देश्यले क्रेमलिनका हरेक तल्लामा हत्याराहरू तयार गरिएका थिए । ती हत्याराहरू र बन्दूकहरूसमेत जर्मनीबाट पठाइएको थियो ।
किरोभको ‘हत्यारा’ को दोष स्तालिनलाई दिनेजस्ता कुटिल राजनीति गरेपछि जर्मन गुप्तचरहरूबाटै त्यस हत्या काण्डहरूमा ट्रोत्स्की, जिनेभियम, कामेनेभ, बुखारिनजस्ता अन्य नेताहरू पनि सरिक भएको तिनीहरूकै अदालतको बयानबाट प्रस्ट भएको थियो ।
तर, त्यस अदालती कारबाहीमा अमेरिकी राष्ट्रपति रूजवेल्टका अमेरिकी राजदूत आफै उपस्थित थिए र अमेरिका पुगेपछि उनले पनि ती अपराधीहरूले स्वेच्छाले बयान दिएको बताएका थिए । (गुप्त दस्तावेजहरू)
स्तालिनको मृत्युको बेला र स्तालिनका बानी व्यहोरा र सरकारभित्र घुसेका शत्रुहरूको बारे स्तालिनका अङ्गरक्षक ए.टी. रेबिनले आफ्नो संस्मरणमा लेखे । (स्तालिनसँग – ए.टी. रेबिन)
ट्रोत्स्की, कामेनेभ, जिनोभित्, बुखारिनहरूको देशविरोधी, समाजवाद र पार्टीविरोधी गतिविधिबारे ‘गुप्त दस्तावेज’ र ‘बोल्सेभिक कम्युनिस्ट पार्टीको इतिहास’ मा प्रस्ट लेखिएको छ । तिनीहरूका ‘राहदानी’ समेत जर्मन गुप्तचर विभागसँग थियो ।
यसरी दोस्रो विश्वयुद्ध हुनुभन्दा पहिले र पछि रूस र यूरोप अनेक हत्याकाण्ड लडाइँहरूको रक्तरञ्जित इतिहास छ । त्यसो त संरा अमेरिका पनि राष्ट्रपतिको हत्या र अनेक षड्यन्त्रका कथाहरू भएको देश हो ।
युक्रेनलाई संरा अमेरिका र नाटोले रूसमाथि आक्रमण गर्न दिएको सिलसिलामा यूरोपमा मालसामानको भाउमा वृद्धि तथा किसानहरू युरोपका किसानहरू आन्दोलनमा छन् । ‘यूरोपमाथि किसान आन्दोलनको आन्तर्य’ नयाँ पत्रिका, १८ फागुन २०८० । तसर्थ, युद्धको विरोध गरौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *