भर्खरै :

विश्वव्यापी आर्थिक सुशासन सुधार गर्न सी चिन फिङको विचार मनन गरौँ

विश्वव्यापी आर्थिक सुशासन सुधार गर्न सी चिन फिङको विचार मनन गरौँ

४. देशको जिम्मेवारी लिनको लागि सही भूमिका खेल्ने दृष्टिकोण
विश्व शान्तिका प्रवद्र्धक, विश्वव्यापी विकासमा योगदानकर्ता र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षकको रूपमा विश्वस्तरको केन्द्रबिन्दुमा चीनको भूमिका बढ्दै गएको छ, जसलाई अन्तर्राष्ट्रिय समुदायले सामान्यतया मान्यता दिएको छ । चीन विश्वको दोस्रो ठुलो अर्थतन्त्र बनेको छ, जीडीपी ११० ट्रिलियन युआन नाघेको छ । यो विश्व आर्थिक वृद्धिको एक प्रमुख स्थिरता र स्रोत तथा विश्वव्यापी आर्थिक शासनमा परिवर्तनको लागि एक प्रमुख शक्ति बनेको छ । सन् २०१४ मा पेइचिङमा भएको एपेक आर्थिक नेताहरूको बैठकदेखि २०१६ मा भएको G20 हाङचाउ शिखर सम्मेलन र बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसनदेखि चाइना इन्टरनेसनल इम्पोर्ट एक्स्पोसम्म, बहुपक्षीय कार्यक्रमहरूमा चीनको संलग्नता बढेको छ । चीनद्वारा प्रस्तावित धेरै पहलहरूले अन्तर्राष्ट्रिय सहमति प्राप्त गर्दै छन् र विश्वव्यापीरूपमा कार्यान्वयनमा ल्याइएका छन् ।
चीनको राष्ट्रिय परिस्थितिलाई पहिलो स्थानमा राख्नु र यो अझै विकासोन्मुख देश हो भनेर सम्झनुपर्छ । हामीले अन्तर्राष्ट्रिय जिम्मेवारी बहन गर्दा आफ्नो क्षमताभित्र रहेका व्यावहारिक समस्याहरू समाधान गर्नेतर्फ ध्यान दिनुपर्छ । हाम्रा कार्यहरूले सधैँ चिनियाँ जनता र विश्वभरका मानिसहरूको आधारभूत हितलाई फाइदा पु¥याउनुपर्दछ ।
विश्वव्यापी आर्थिक सुशासनमा परिवर्तनको प्रक्रियालाई सक्रियरूपमा मार्गदर्शन गर्दै
विश्वव्यापी आर्थिक सुशासनमा परिवर्तनलाई बढावा दिनको लागि व्यापारिक समुदायहरू महत्वपूर्ण कारक हुन् । चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनका लागि चीन परिषद् (सीसीपीआईटी) र विश्वव्यापी व्यापार तथा लगानी प्रवद्र्धन शिखर सम्मेलनको ७० औँ वार्षिकोत्सवमा महत्वपूर्ण भिडियो सम्बोधन गर्नुभयो । उहाँले विश्वव्यापी सुशासन सुधारका लागि व्यावहारिक मार्ग, आधारभूत रणनीतिको स्पष्टरूपमा उल्लेख गर्नुभयो । व्यापार र लगानीलाई पुनरुत्थान गर्न र CCPIT ले आफ्नो उत्कृष्टताको परम्परालाई नयाँ आधार तोड्न र खुला विश्वअर्थतन्त्रको निर्माणलाई प्रवद्र्धन गर्न अझ ठुला उपलब्धिहरू हासिल गर्न आवश्यक छ । विशेषगरी कूटनीतिमा सीका विचारहरूमाथि ध्यान केन्द्रित गर्दै CCPIT ले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी उनका विचारहरू अध्ययन र कार्यन्वयन गर्ने कामलाई निरन्तरता दिनुपर्छ । यसले व्यवसाय र सरकारलाई जोड्नेछ; आन्तरिक तथा अन्तर्राष्ट्रिय सम्बन्धहरू जोड्नेछ र आपूर्ति तथा मागबिचको सहज अन्तरक्रिया सुनिश्चित गर्नेछ । संस्थाले आविष्कार र सेवाका लागि आफ्नो क्षमता अभिवृद्धि गर्ने, व्यवसायहरूलाई सहयोग गर्नको लागि आफ्नो सञ्जाल विस्तार गर्ने, व्यापार र लगानी प्रवद्र्धनका लागि आफ्ना प्रयासहरूलाई निरन्तरता दिने, आफ्ना अन्तर्राष्ट्रिय सञ्जालहरू फराकिलो बनाउनुका साथै विश्वव्यापी आर्थिक सुशासन सुधारलाई अगाडि बढाउन महत्वपूर्ण भूमिका खेल्नेछ ।
१. खुला विश्व अर्थतन्त्रको निर्माणमा थप बल पु¥याउनको लागि अन्तर्राष्ट्रिय आर्थिक र व्यापार सम्बन्ध र सहयोगलाई सशक्तरूपमा प्रवद्र्धन गर्ने
१९५२ मा स्थापना भएपश्चात् CCPIT निरन्तर विकसित भएको छ । यसले चीनमा पुँजी र प्रविधिको परिचयलाई सहज बनाएको छ र महत्वपूर्ण विदेशी लगानी परियोजनाहरूलाई सहयोग गरेको छ जसको कारण चीन वैदेशिक व्यापारको पुनरुत्थान र विस्तारबाट प्रमुख व्यापारिक राष्ट्र बन्न पुगेको छ । सङ्गठनले चिनियाँ कम्पनीहरूलाई उनीहरूको विश्वव्यापी विस्तार प्रयासमा सहयोग गरेको छ र बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत संयुक्त निर्माण परियोजनाहरू प्रवद्र्धन गरेको छ । यसको अतिरिक्त यसले खुला स्थानीय अर्थतन्त्रको विकास र व्यापार वातावरण सुधार गर्न भूमिका खेलेको छ । आफ्नो इतिहासभरि CCPIT ले परिवर्तनशील समयलाई अनुकूल बनाएको छ र चीनको खुलापन नीतिसँगै अगाडि बढेको छ ।
चीनको विदेशी आर्थिक र व्यापार प्रदर्शनीको संस्थापक र मुख्य शक्तिको रूपमा, सीसीपीआईटीले १०,००० भन्दा बढी प्रदर्शनीहरू आयोजना गरेको र भाग लिइसकेको छ । संस्थाले बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन (BRF) नामक दुईवटा बैठकको तयारी र स्थापना गर्न मद्दत ग¥यो । यस समयमा भएका घटनाहरूमध्ये एक ‘बेल्ट एन्ड रोड सीईओ’ सम्मेलन थियो, जहाँ चिनियाँ र अन्तर्राष्ट्रिय कम्पनीहरूले १२५ सम्झौताहरू गरे । CCPIT को इतिहासले चीन कसरी विश्वका लागि थप खुला हुँदै गइरहेको देखाउँछ । हामी चीनलाई अन्य देशहरूसँग जोड्ने, विश्वव्यापी खाडलहरू पूरा गर्ने र सहयोगका लागि थप मञ्चहरू सिर्जना गरिरहनेछौँ । हामी व्यापार र कानुनी सेवाहरू सुधार गर्नेछौँ र नयाँ विकास प्रतिमान प्रवद्र्धनलाई प्राथमिकता दिनेछौँ । विदेशी लगानी भएका उद्यमहरूलाई राम्रोसँग सहयोग गर्न विशेष कार्यदल खटाइनेछ । हामी औद्योगिक र आपूर्ति शृङ्खलाहरू स्थिर गर्न, बेल्ट एन्ड रोड इनिसिएटिभअन्तर्गत सहयोगलाई बलियो बनाउन, क्षेत्रीय व्यापक आर्थिक साझेदारी (RCEP) लाई सहयोग गर्न र उच्च–स्तरीय स्वतन्त्र व्यापार क्षेत्रहरूको निर्माणलाई प्रवद्र्धन गर्न उत्पादन प्रदर्शनीहरू आयोजना गर्नमा ध्यान केन्द्रित गर्नेछौँ । यसको अतिरिक्त हामी व्यापक र प्रगतिशील ट्रान्स–प्यासिफिक साझेदारी (CPTPP) र डिजिटल अर्थतन्त्र साझेदारी सम्झौता (DEPA) मा चीनको पहुँचको लागि काम गर्नेछौँ ।
२. समग्र अन्तर्राष्ट्रिय परिस्थितिलाई राम्रोसँग सेवा दिन बहुपक्षीय संयन्त्र डबलीहरूमा हाम्रो प्रयासहरूलाई सुधार गर्न सक्रिय कदमहरू चाल्ने
CCPIT ले राजनैतिक र आर्थिक सम्बन्धहरू जोड्ने, सरकारी र गैरसरकारी दुवै सम्बन्धहरू बढाउने काम गरेको छ । यसले चिनियाँ र अन्तर्राष्ट्रिय व्यापारबिचको सम्बन्धलाई बलियो बनाउन, अन्तर्राष्ट्रिय आर्थिक र व्यापारिक सम्बन्धलाई बढावा दिन र राज्य–राज्यबिचको अन्तरक्रियालाई सहज बनाउन महत्वपूर्ण भूमिका खेलेको छ ।
१८ औँ सीपीसी राष्ट्रिय महाधिवेशनदेखि नै सीसीपीआईटीले जी–२० र एपेकजस्ता बहुपक्षीय ढाँचाहरूभित्रका गतिविधिहरूमा चिनियाँ व्यापार समुदायलाई सक्रियरूपमा संलग्न गर्दै आएको छ । आफ्ना हित र चासोहरू व्यक्त गरेर तथा सहमति निर्माण गरेर चिनियाँ व्यवसायी समुदायले विश्वव्यापी सुशासनमा आफ्नो सहभागितालाई उल्लेख्यरूपमा बढाएको छ । विगतमा अवलोकन मात्र हुने गरेकोमा वर्तमानमा सक्रिय योगदान दिनेतर्फ अघि बढेको छ ।
भविष्यमा हामी महत्वपूर्ण आर्थिक, जनता–जनता र सार्वजनिक कूटनीति कार्यक्रमहरू आयोजना गर्नमा ध्यान केन्द्रित गर्नेछौँ । हामी चीन–आसियान, चीन–अफ्रिका, चीन–अरब र चीन–सेलाक फोरमजस्ता संयन्त्रहरूअन्तर्गत प्रदर्शनी र फोरमहरू आयोजना गर्नेछौँ । हामी अन्य देशहरूसँगको सरकारी सहयोग संयन्त्रहरूमा पनि सक्रियरूपमा सहभागी हुनेछौँ । हाम्रा प्रयासहरूमा चीनसँग सीमित वा नयाँ कूटनीतिक सम्बन्ध भएका देशहरूमा व्यापार र लगानी प्रवद्र्धन अभियान समावेश हुनेछ । हामी समझदारी बढाउन र अविश्वास कम गर्न चीनको नीतिगत पोजिसनलाई अझ राम्रोसँग सञ्चार गर्न काम गर्नेछौँ । हामी हाम्रा विदेशी समकक्षहरूसँग घनिष्ठ सम्बन्ध र थप ठोस कार्य व्यापार सहयोग संयन्त्रहरू निर्माण गर्न हात मिलाउनेछौँ र महत्वपूर्ण आर्थिक र व्यापारिक सङ्गठन, प्रसिद्ध कम्पनी, थिङ्क ट्याङ्कहरू र विभिन्न देशहरूमा स्थानीय सरकारहरूसँग कुराकानी गर्नेछौँ ।


३. अर्थतन्त्र र व्यापार नियम निर्माणमा आफ्नो मुद्दालाई सम्बन्धित अन्तर्राष्ट्रिय संस्थाहरूमा अघि बढाउने
अन्तर्राष्ट्रिय संस्थाहरूको काममा सहभागी हुन चिनियाँ व्यापार समुदायको प्रतिनिधित्व गर्न सक्षम हुनु सीसीपीआईटीको कर्तव्य र उद्देश्य हो । १९७० को प्रारम्भमा यसले बौद्धिक सम्पत्ति अधिकार र प्रदर्शनीमा अधिकार क्षेत्र भएका अन्तर्राष्ट्रिय संस्थाहरूसँग सम्पर्क स्थापित गर्यो । सुधार र खुलापनको सुरुवातदेखि नै, अन्तर्राष्ट्रिय संस्थाहरूसँग यसको साझेदारी सञ्जाल विस्तार हुँदै गइरहेको छ, जसले चिनियाँ व्यवसायी समुदायलाई अन्तर्राष्ट्रिय नियमहरूको अनुयायी मात्र नभई नियम निर्माणमा सहभागी र योगदानकर्ता बन्न अनुमति दिएको छ ।
भविष्यको सामना गर्दै हामी बहुपक्षीय व्यापार प्रणालीलाई दृढताका साथ समर्थन गर्नेछौँ, विश्व व्यापार सङ्गठन (WTO) को सुधारको पालना गर्नेछौँ र WTO व्यापार नीतिहरूको छलफलमा गहिरो संलग्न हुनेछौँ तथा इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गर्न सदस्य राष्ट्रहरूलाई आह्वान गर्न आग्रह गर्नेछौँ ।
हामी संयुक्त राष्ट्र सङ्घको केन्द्रमा रहेको अन्तर्राष्ट्रिय प्रणालीलाई समर्थन गर्नेछौँ । हामी संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय व्यापार कानुन आयोगमा पर्यवेक्षकको रूपमा, व्यापार र विकाससम्बन्धी संयुक्त राष्ट्र सम्मेलनमा र संयुक्त राष्ट्र औद्योगिक विकास सङ्गठनको सल्लाहकार सदस्यको रूपमा सक्रियरूपमा भाग लिनेछौँ । हामी अन्य संस्थाहरूसँग पनि हाम्रो सम्पर्क विस्तार गर्नेछौँ र उनीहरूसँग सहकार्य बढाउँछौँ । यसको अतिरिक्त हामी अन्तर्राष्ट्रिय प्रदर्शनीको लागि हाम्रा कर्तव्य र जिम्मेवारीहरू पूरा गर्नेछौँ र हाम्रो अनुसन्धानको आधारमा चिनियाँ पक्षलाई सिफारिसहरू प्रदान गर्नेछौँ ।
हामी हाम्रो कामलाई इन्टरनेसनल चेम्बर अफ कमर्स (ICC) सँग नजिकबाट पङ्क्तिबद्ध गर्नेछौँ र ICC भित्रका विभिन्न व्यावसायिक समितिहरू प्रयोग गर्नेछौँ । हामी आईसीसीभित्र आफ्नो उपस्थिति बढाउने लक्ष्य राख्छौँ । हामी राजनीतिकरूपमा प्रतिबद्ध, चीनको राष्ट्रिय अवस्थासँग परिचित, विश्वव्यापी परिप्रेक्ष्य भएका र अन्तर्राष्ट्रिय नियमहरूबारे जानकार भएका व्यक्तिहरूलाई पहिचान र तालिम दिनेछौँ । यी व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय संस्थाहरूमा पद वा भूमिकाका लागि सिफारिस गरिनेछ, जसले गर्दा त्यस्ता संस्थाहरूमा चीनको प्रतिनिधित्व बढ्नेछ । हामी डिजिटल अर्थतन्त्र, हरित पहल, न्यून कार्बन उत्सर्जन प्रयास र जलवायु परिवर्तनजस्ता विषयहरूमा ध्यान केन्द्रित गर्दै अन्तर्राष्ट्रिय आर्थिक र व्यापार नियमहरूको निर्माणमा सक्रियरूपमा सहभागी हुनेछौँ । हाम्रो विश्लेषण र निर्णय क्षमताहरू सुधार गर्नुका साथै व्यावहारिक सुझावहरू प्रदान गरेर हामी थप निष्पक्ष र व्यावहारिक विश्वव्यापी आर्थिक प्रणालीको विकासमा योगदान गर्नेछौँ ।
४. चीनको अन्तर्राष्ट्रिय प्रभाव बढाउनको लागि बलियो आवाज बन्न अन्तर्राष्ट्रिय प्रसार क्षमताको निर्माण
विगत ७० वर्षमा CCPIT ले विश्व एक्स्पो, अन्तर्राष्ट्रिय सम्मेलन र फोरमजस्ता फोरमहरूको फाइदा उठाउँदै लगनशीलताका साथ, न्यानो र स्पष्टरूपमा चीनको कथा राम्रोसँग र रङ्गीन ढङ्गले प्रस्तुत गरेको छ । सन् १९८२ मा पहिलोपटक वल्र्ड एक्स्पो मञ्चमा देशको प्रतिनिधित्व गरेदेखि सीसीआईटीले १६ पटक विदेशमा चीनको राष्ट्रिय मण्डप आयोजना गरेको छ र विश्व एक्स्पो शाङ्घाईले चिनियाँ राष्ट्रको शताब्दीयौँ पुरानो वल्र्ड एक्स्पोको सपना पूरा गरेको छ ।
भविष्यको सामना गर्दै हामी चीनलाई विदेशसँग जोड्ने र अन्तर्राष्ट्रिय सञ्चारमा फाइदाको रूपमा विश्वव्यापी सञ्जालहरू बढाउने हाम्रो अद्वितीय क्षमताको लाभ उठाउनेछौँ । हामी नियमित प्रेस सम्मेलनहरू आयोजना गर्न Weibo, WeChat र समाचार अनुप्रयोगहरूजस्ता मञ्चहरूमा हाम्रो उपस्थिति विस्तार गर्न, महत्वपूर्ण विषयहरूमा हाम्रो सञ्चार कौशल सुधार गर्न र हाम्रो अन्तर्राष्ट्रिय पहुँच प्रयासहरूको अपिल, जडान र प्रभावकारिता बढाउनमा ध्यान केन्द्रित गर्नेछौँ ।
हामी प्रदर्शनी र आदानप्रदान भ्रमणजस्ता कार्यहरू प्रभावकारीरूपमा प्रयोग गर्नेछौँ जसले चीनको कथा र प्रभावलाई विश्वव्यापी, क्षेत्रीय र लक्षित क्षेत्रहरूमा पु¥याउनेछ । हामीले विकास, सुरक्षा, मानवअधिकार, पारिस्थितिकीय प्रणाली, अन्तर्राष्ट्रिय व्यवस्था र विश्वव्यापी सुशासनका बारेमा चिनियाँ दृष्टिकोणलाई विश्वव्यापीरूपमा चीनको बुझाइ व्यापकरूपमा विस्तार गर्नेछौँ । यसबाहेक, हामी उच्चस्तरीय कार्य–उन्मुख थिङ्क ट्याङ्कहरू स्थापना गर्नेछौँ र विदेशी चेम्बर अफ कमर्स, व्यापार सङ्घहरू र थिङ्क ट्याङ्कहरूसँग गहिरो सहकार्य गर्नेछौँ । युरोपियन युनियन, संयुक्त राज्य अमेरिका र अन्य प्रमुख क्षेत्रहरूका लागि व्यापार वातावरण रिपोर्टहरू, साथै बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) सँग सम्बन्धित कानुनी अनुसन्धानजस्ता हाम्रा अनुसन्धान उत्पादनको प्रतिष्ठाको सदुपयोग गर्दै हामी चीनका प्रमुख उपायहरूलाई व्यवस्थितरूपमा प्रवद्र्धन गर्नेछौँ । यसले घरेलु विकासको लागि अनुकूल अन्तर्राष्ट्रिय जनमत सिर्जना गर्न योगदान गर्नेछ ।
इतिहासले भविष्यलाई उज्यालो बनाउँछ र हाम्रो यात्रा सधैँ जारी रहनेछ । हामी कमरेड सी चिनफिङलाई केन्द्रमा राख्दै सीपीसी केन्द्रीय समितिसँग तालमेल राख्नेछौँ, आफ्नो मौलिक आकाङ्क्षा र संस्थापक लक्ष्यलाई कहिल्यै बिर्सने छैनौँ । उद्यम र लगनशीलताका साथ अगाडि बढ्नेछौँ, विश्वव्यापी आर्थिक सुशासनमा सहभागी भई असाधारण उपलब्धिहरू हासिल गर्न निरन्तर लाग्नेछौँ र अझ बढी योगदान दिनेछौँ । राष्ट्रिय कायाकल्पको चिनियाँ सपना साकार पार्न र मानवजातिको साझा भविष्य भएको समुदाय निर्माण गर्नेछौँ ।

अनुवाद : राजन
‘कन्टेपोररी वल्र्ड’ बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *