भर्खरै :

चीनले विश्वको विकासका लागि अझ शक्ति थप्ने

चीनले विश्वको विकासका लागि अझ शक्ति थप्ने

पेइचिङ, २१ फागुन (सीआरआई) । विभिन्न देशका गन्यमान्य व्यक्तिहरूले चीनका दुई अधिवेशनमाथि उच्च नजर पु¥याएर उक्त झ्यालमार्फत चीनको अझ बढी आवाज सुन्ने प्रतीक्षा गरिरहेका छन् ।
बोलिभियाका राष्ट्रपति लुइस आर्सेले चीनका दुई अधिवेशनमाथि निकै ध्यान दिएको विचार व्यक्त गर्नुभएको छ । उहाँका अनुसार, अर्थतन्त्र, विज्ञान तथा प्रविधिलगायत क्षेत्रमा चीनले ठुलो विकास गरेको छ । यो विश्वका लागि ज्यादै महत्वपूर्ण छ । ल्याटिन अमेरिकी र क्यारेबियाली देशहरूले चीनसँगको सहयोगलाई सबल पारेर उन्नत प्रविधिबाट औद्योगिकीकरण पार्ने आशा गरेका छन्  ।
चीनको राष्ट्रिय जन काङ्ग्रेस व्यवस्थाले विभिन्न क्षेत्र र जातिका जातिको फाइदाको संरक्षण गरेको रूसी राष्ट्रिय ड्युमाअन्तर्गत अन्तर्राष्ट्रिय मामिला समितिका पहिलो उपाध्यक्ष दिमित्री नोभिकोभले बताउनुभएको छ । चीनको सफलताले चिनियाँ राजनीतिक व्यवस्थाको प्रभावकारिता पुष्टि गरेको छ । राष्ट्राध्यक्ष सी चिनफिङको नेतृत्वमा रहेका विविध नीति सर्वसाधारणबाट व्यापक तथा बलियो समर्थन पाएको छ । पूरै समाजले एउटै लक्ष्यतिर प्रयास गरेर साझा समृद्धि बढाइरहेका छन् ।
निकारागुआको वित्त र सार्वजनिक क्रेडिट मन्त्री तन अकोस्टा मोन्टालवनका अनुसार, दुई अधिवेशन चीनको ठुलो मामिला मात्र नभई विश्वले ध्यान दिने मामिला पनि हो । चीनले विदेशमा लगानी बढाउनुका साथै नयाँ प्रविधि तथा उपलब्धि बाँड्दै छ । चिनियाँ शैलीको आधुनिकीकरणको निर्माणले विभिन्न देशको साझा विकासलाई अगाडि बढाउनेछ । राष्ट्राध्यक्ष सी चिनफिङबाट प्रस्तुत विश्वव्यापी विकास प्रस्ताव , “बेल्ट एण्ड रोड” को साझा निर्माण गर्ने प्रस्ताव आदिले विभिन्न देशको जनजीवनको सुधार र साझा समृद्धि बढाउनेछन् ।
चीनको सफलताको कारण चिनियाँ नेतागण र सरकारले आर्थिक विकासको वैज्ञानिक योजना बनाउनु हो भन्ने ठहर चिलीका सांसद जुआन कार्लोस ब्रेडोले लिनुभएको छ । उदाहरणका लागि ‘चौधौँ पञ्चवर्षीय योजना’ को कार्यान्वयन । जसले विश्वका लागि ज्यादै महत्वपूर्ण छ । किनकि उक्त योजनाका धेरै विषय विश्वलाई प्रभाव र फाइदा पार्नेछ ।
ग्रीसको युरोप तथा कूटनीतिक नीति कोषका वरिष्ठ अनुसन्धानकर्ता जोगोपुलसले चिनियाँ वैज्ञानिक तथा प्रविधिक नविन्ताले आधुनिकीकरणको निर्माण र अर्थतन्त्रको उच्च गुणस्तरीय विकास बढाउने विषयबारे ज्यादै ध्यान दिएको बताउनुभएको छ । चीनले विश्वको विकासका लागि अझ शक्ति थप्ने प्रतीक्षामा रहेको व्यक्त गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *