भीम रथारोहण : दीर्घायुको उत्सव
- फाल्गुन १८, २०८२
भक्तपुर, फागुन २१ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा भक्तपुरमा सांस्कृतिक बाजा प्रतियोगिता गर्ने विषयमा सोमबार संस्कृतिकर्मीहरूको भेला भयो ।
भेलामा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा निर्वाचित भएपछि निर्वाचन घोषणापत्रअनुसार नगरपालिकाले २०७४ सालमा बाँसुरी बाजा, २०७५ सालमा धाँ बाजा र २०७६ सालमा धिमाय् बाजा, २०७७ मा कोभिडका कारण प्रतियोगिता गर्न नसकेको, २०७८ मा पछिमा बाजा प्रतियोगिता र २०७९ मा प्रगतिशील भजन प्रतियोगिता गरेको अवगत गराउनुभयो ।
उहाँले भक्तपुरलाई जीवन्त सहरको रूपमा प्रस्तुत गर्न नगरपालिकाले विविध गतिविधिमा जोड दिँदै आएको बताउनुभयो ।
उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत वसन्त भटराई, शिक्षा, संस्कृति तथा स्वास्थ्य समितिका सदस्यद्वय भक्तपुर नपा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र भनपा ७ का वडाध्यक्ष उकेश कवांको पनि उपस्थिति थियो ।
Leave a Reply