अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २२ फागुन । भक्तपुरको स्थानीय कला, मौलिक संस्कृति तथा परम्परा, रीतिरिवाज, भेषभूषा, परिकारको साथै परम्परागत खेल, उपचार विधि आदिलाई एकै छानोमुनि देखाउने उद्देश्यले एभरेस्ट स्कूलले ख्वपको पहिचानअन्तर्गत दोस्रो बृहत् प्रदर्शनी ग¥यो ।
उक्त प्रदर्शनीलाई ख्वपको चिनारी, इतिहास, स्थानीय जातजाति, संस्कृति , प्रचलित संस्कार, स्थानीय बोलीचाली र लिपि, स्थानीय कला र सम्पदा , स्थानीय सिप, व्यवसाय र प्रविधि आदि गरी नौवटा क्षेत्रमा विभाजन गरिएको थियो ।
उक्त प्रदर्शनीमा संस्कृतिविद्हरू, इतिहास तथा भक्तपुरको मौलिक परम्पराका जानकार व्यक्तित्वहरू, स्थानीय बुद्धिजीवी, अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो । प्रदर्शनीमा किताबी ज्ञानलाई सिपमा रुपान्तरण गर्न पाउँदा विद्यार्थीहरू खुब रमाएको पाइयो ।
प्रदर्शनीमा नेवार तथा गैरनेवार समुदायका विद्यार्थीहरूको उत्साहपूर्ण सहभागिताले भक्तपुरको मौलिक परम्परा नेवारी समुदायमा मात्र नभई अन्य समुदायमा पनि हस्तान्तरण र पुस्तान्तरण भएको अनुमान लगाउन सकिन्थ्यो । प्रदर्शित सामग्रीहरू तथा क्रियाकलापले ख्वपको पहिचान अध्ययन गर्ने मात्र नभई भक्तपुरको बारेमा जान्न चाहने जिज्ञासुहरूसमेत लाभान्वित भएका थिए ।
आगामी दिनमा पनि ख्वपको पहिचान प्रदर्शनीले निरन्तरता पाउने र यसलाई अझ विस्तारित र व्यवस्थित गरिँदै लैजाने कुरा स्कूलले जनाएको छ ।
Leave a Reply