अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी –१
- असार १२, २०८३
भक्तपुर, २२ फागुन । ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस (मार्च ८) को अवसरमा भक्तपुर घरेलु तथा साना उद्योग सङ्घ, महिला उद्यमी समितिको आयोजनामा घरेलु तथा साना उद्योग व्यवसायमा संलग्न महिला उद्यमी तथा ती उद्योगमा कार्यरत महिला कामदार एवं अन्य महिला दिदी बहिनीहरूमा लक्षित गरी सिद्धि स्मृति महिला तथा बाल अस्पतालको प्राविधिक सहयोगमा महिला स्वास्थ्य शिविर सम्पन्न भयो ।
महिला उद्यमी समितिका अध्यक्ष देवका श्रेष्ठले महिला उद्यमीहरू घरायसी कामको साथै उद्योगको काममा पनि संलग्न भइरहँदा या आफ्नो स्वास्थ्यप्रति सजग नहुँदा विभिन्न गम्भीर रोग लाग्ने गरेको कारण महिला स्वास्थ्य शिविर सञ्चालन गरको जानकारी दिनुभयो । सिद्धि स्मृति महिला तथा बाल अस्पतालका आउटरिच अफिसर सुभद्रा मल्लले महिलाहरूमा भइरहेको समस्याबारे जानकारी लिई सोहीअनुसारको परामर्श दिने उद्देश्यले शिविर सञ्चालन गरेको र शिविरमा महिला पाठेघर, स्तन तथा मासु पलाउने समस्यासम्बन्धी जनरल परीक्षण गर्नुपर्ने खाँचो औँल्याउनुभयो । गाइनेलोजिस्ट डा. औस्ठा मल्लले जनरल परीक्षण गरेको सो शिविरमा १८ वर्षदेखि ७५ वर्ष सम्मका ८१ जना महिलाहरूले स्वास्थ परीक्षण गराएको जानकारी संयोजक सुचिता सैजुले गराउनुभयो ।
Leave a Reply