भर्खरै :

फागुन २९ देखि चैत ३ गतेसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने

फागुन २९ देखि चैत ३ गतेसम्म अन्तरनगर महिला कबड्डी प्रतियोगिता हुने

भक्तपुर, २७ फागुन । फागुन २९ देखि चैत ३ गतेसम्म हुने अन्तरनगर महिला कबड्डी प्रतियोगिताबारे जानकारी दिन भक्तपुर नगरपालिकाले आइतबार भनपाको सभाकक्षमा पत्रकार भेटघाट कार्यक्रम ग¥यो ।
उक्त भेटघाट कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले पार्टीको घोषणापत्र, चुनावी प्रतिबद्धताअनुसार अन्तरनगर महिला कबड्डी प्रतियोगिताको आयोजना गरेको विचार व्यक्त गर्नुभयो ।
खेललाई हरेक नागरिकको जीवनको अभिन्न अङ्ग बनाउने उद्देश्यले विद्यालयस्तरीय र अन्तरनगरस्तरीय खेलकुद प्रतियोगिता गरिरहेको उल्लेख गर्दै उहाँले खेलकुद प्रतियोगिता गर्दा र प्रतियोगितामा सहभागी गराउँदा राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी तयार हुने बताउनुभयो ।
मानिस स्वस्थ भए अस्पताल र स्वास्थ्य केन्द्रहरूमा उपचार गराउने बिरामीको सङ्ख्या कम हुने औँल्याउँदै कम आलोचना आउने गरी प्रतियोगिता सफल पार्न सञ्चारकर्मी तथा सम्बन्धित व्यक्तिहरूको साथ र सहयोग आवश्यक हुन्छ भन्नुभयो ।
पत्रकार भेटघाट कार्यक्रममा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले नगर महिला कबड्डी प्रतियोगिता नेपालको पहिलो प्रतियोगिता भएको बताउनुभयो ।
प्रतियोगितामा पहिलो हुने टीमलाई रु. १ लाख ५० हजार, दोस्रोलाई रु. १ लाख र तेस्रो तथा चौथो हुनेलाई रु. ५०÷५० हजार नगद पुरस्कारको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले हालसम्म २० वटा नपाले भाग लिएको जानकारी दिनुभयो ।
कबड्डी प्रतियोगिता सहिद स्मृति खेल मैदानमा हुनेछ । प्रतियोगिताको उद्घाटन हुनुअघि भनपा वडा नं. ९ स्थित दत्तात्रयबाट ¥याली सुरू हुनेछ । ¥याली बजार परिक्रमा गर्दै सहिद स्मृति खेल मैदानमा पुगी उद्घाटन समारोहमा परिणत हुनेछ ।
समितिका सदस्य रामसुन्दर बासीले खेलको औचित्यताबारे प्रकाश पार्नुभयो ।
स्मरणीय छ, नगर प्रमुख प्रजापतिको संयोजकत्वमा १५१ सदस्यीय मूल समिति र अन्य ११ वटा उपसमिति बनाइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *